त्यो ‘ज्यानमारा टेलिफोन’: जो ८० वर्ष अघि बनेको थियो लाखौँको मृत्युको कारक

कुनै फोन लाखौँ मान्छेको मृत्युको कारण बन्ला? सुन्दा अचम्म लाग्ला। तर, विश्वमा यस्ताे घटना पनि भएकाे छ।

यो टेलिफोन सन् १९४५ को हो। सन् २०१७ मा अमेरिकामा यस फोनको लिलामी भएको थियो। जसमा यो करीब सवा ३ करोडमा विक्री भएको थियो। 


Advertisement

यद्यपि यो फोन कसले खरिद गरेको थियो भनेर खुलाइएको छैन।

यो टेलिफोन जर्मनी तानाशाह हिलटरको थियो। यिनी विश्वका सबैभन्दा क्रूर तानाशाहका रुपमा गनिन्थे।


Advertisement

मूल रूपमा यो फोन कालो रंगको थियो, जसलाई पछि रातो रंगमा रंगाइयो। यो फोनमा हिटलरको नाम र स्वास्तिक पनि थियो।

रिपोर्टअनुसार दोस्रो विश्व युद्ध अन्त्य भएपछि सन् १९४५ मा यस टेलिफोनलाई बर्लिनमा हिटलरको बंकरबाट बरामद गरिएको थियो।

त्यसपछि सन् २०१७ सम्म यस फोनलाई एक बासकमा राखियो। 

हिटलरलाई यो फोन वेरमेचले दिएका थिए। भनिन्छ- ४० काे दशकमा हिटलरले यस फोनबाट दोस्रो विश्व युद्धको क्रममा आफ्ना सैनिकलाई आदेश दिन्थे। र, सैनिकहरु मान्छेलाई बन्धक बनाएर गोली हानेर वा ग्यास च्याम्बरमामा जलाएर मार्दथे।

हिटलर यहूदीका कट्टर दुश्मन थिए। भनिन्छ कि दोस्रो विश्व युद्धका बेला पोल्यान्डमा हिटलरका सेनाले बनाएका यातना शिविरमा करीब १० लाख मान्छेले ज्यान गुमाएका थिए। जसमा धेरैजसो यहूदी थिए। 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्