×

NMB BANK
NIC ASIA

हिजो दिनभर : प्रधानमन्त्री ओली, गोकुल बाँस्कोटासहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी, संविधान संशोधन गर्न नेकपाले बनायो कार्यदल

फागुन १२, २०७६

NTC
Premier Steels

हाम्रो काम देशको विकास र जनतालाई सहुलियत दिने हो - प्रधानमन्त्री ओली

Muktinath Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत् पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ विकासका काम अघि बढाउनु नै सरकारको मुख्य लक्ष्य रहेको बताए ।


Advertisment
Nabil box
Kumari

आफू झण्डै ५० वर्षअघि यासोक र रानीगाउँ क्षेत्रमा हिँडेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सबै क्षेत्रको विकास सरकारको उत्तिकै प्राथमिकतामा परेको बताए ।

Vianet communication

'हाम्रो काम सकेसम्म देशको विकास र जनतालाई सहुलियत दिने हो,'  प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले टाढाबाट कम्मरमा पानी बोकेर ल्याउनुपर्ने पीडा र दुःखसँग आफू साक्षात्कार रहेको बताउँदै मोटरबाटो, विद्युत्, खानेपानी जस्ता अत्यावाश्यक सेवा उपलब्ध गराउन सरकारले दूरगामी महत्वका आयोजना अघि बढाएको बताए ।

प्रधानमन्त्री ओलीले पूर्वी नेपालमा ठूला सडक आयोजनासहित तमोर जलाशययुक्त आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताए । 'विकास, बिजुली, बाटो, शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगारी यिनै कुराहरुसँग जनताको सुखसुविधा जोडिएको छ,'  प्रधानमन्त्री ओलीले भने, 'यिनै कुरामा हाम्रो ध्यान गएको छ ।'

प्रधानमन्त्री ओलीले यहाँ महिलाको दुःख अन्त्य भएकामा बधाई ज्ञापनसमेत गरे । प्रधानमन्त्री ओलीले खानेपानी आयोजना सञ्चालनका लागि विद्युत् महसुलमा छुट दिन आफू सकारात्मक रहेको बताए ।

प्रधानमन्त्री ओलीले सुखसुविधा पुगेका स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न स्थानीयवासीलाई आग्रह गरे ।

'उता हपहप गर्मी भएका बेला यहाँको शीतल हावा खान तराईका सबै मानिसहरु आउँछन्,' प्रधानमन्त्री ओलीले भने, 'तपाईंहरुले त्यस खालको वातावरण निर्माण गर्नुहोस् ।'

सो अवसरमा प्रधानमन्त्री ओलीलाई सहभागीले उहाँको ६९औँ जन्मदिनको सामूहिक शुभकामना व्यक्त गरेका थिए । शुभकामना व्यक्त गर्ने सबै सहभागीलाई प्रधानमन्त्री ओलीले धन्यवाद ज्ञापन गरे ।

उनले आफ्नो उपचारमा सहयोग गर्ने डा रमेशसिंह भण्डारी, डा दिलीप शर्मालगायतलाई धन्यवाद ज्ञापन गर्दै सहभागीमाझ परिचय गराएका थिए ।

कार्यक्रममा खानेपानीमन्त्री विना मगरले मुलुकभर खानेपानीको व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै समृद्धिका लागि स्वच्छ खानेपानीको उपलब्धत गराउन सरकार प्रयत्नशील रहेको बताइन ।

'खानेपानी दैनिकीसँग जोडिएको अत्यावाश्यक विषय रहेकाले यसको सही व्यवस्थापनलाई पहिलो खुड्किलोका रुपमा लिएका छौँ,' मन्त्री मगरले भनिन्, 'ठूला खानेपानी आयोजनाहरुलाई सफल बनाउन विशेष ध्यान दिएका छौँ ।'

उनले खानेपानी आयोजनाहरुको विस्तार र सुधारमा समेत सरकारले सहयोग गर्ने बताइन् । सो अवसरमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समेत धारणा राखेका थिए ।

यासोक सुक्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजना उद्घाटन प्रधानमन्त्री ओलीले चार वर्षअघिदेखि निर्माण शुरु भई हालैदेखि सञ्चालनमा आएको यासोक सुक्खा क्षेत्र तमोर पम्पिङ खानेपानी आयोजनाको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री ओली, गोकुल बाँस्कोटासहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, नेपाल टेलिकमको फोरजी विस्तार, भू–उपग्रह खरिद, कम्युटर ल्याब र अप्टिकल फाइबर विस्तारमा अनियमितता भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । 

पूर्वप्रशासक आनन्दराम पौडेल र भ्रष्टाचारविरोधी अभियान्ता प्रेमबहादुर शाही (प्रेम कैदी)ले आइतवार अख्तियारमा प्रधानमन्त्री ओली, निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा, तत्कालीन सञ्चार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरुङ र सुरक्षण मुद्रण विभागका कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध उजुरी दर्ता गराएका हुन् । 

उजुरी ०२६९८७ नम्बरमा दर्ता भएको उजुरीकर्ता पौडेलले लोकान्तरलाई जानकारी दिए ।

प्रधानमन्त्री ओलीसहित चारैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०६९ को दफा ३, ६, ८, २०, २१ र २२ को कसुर गरेको आरोप लगाइएको छ ।

‘अडियो टेपबारे प्रधानमन्त्री ओलीलाई पहिल्यै थाहा भएपनि कारवाही गर्न कुनै कदम नचालेकाले अख्तियारमा गएका हौं,’ पौडेलले भने ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड मोलमोलाइ गरेको अडियो रेकर्ड बाहिर आएपछि गोकुल बाँस्कोटाले सञ्चार मन्त्रीको पदबाट बिहीवार राजीनामा दिएका थिए ।

छायाँ सरकारको पहिलो बैठक - मन्त्रालयहरूमाथि निगरानी गर्ने निर्णय

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको छाया मन्त्रीमण्डलको पहिलो बैठकले मन्त्रालयहरूमा हुने नीतिगत भ्रष्टाचारमा सम्बन्धित छायाँ मन्त्रीहरूले निगरानी बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

गत जेठमा गठन भएको कांग्रेसको छायाँ सरकारको पहिलो बैठक आइतवार अपराह्न बसेको थियो । बैठकमा निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो टेप प्रकरणले सरकार भ्रष्ट रहेको पुष्टि गरेको कुरा उठेको थियो ।

बैठकमा सहभागी छायाँ सरकारकी श्रममन्त्री डाक्टर डिला संग्रौला पन्तले सरकारका हरेक कामहरू निगरानी गर्नुपर्ने बैठकको निष्कर्ष रहेको बताइन् ।

'सरकार भ्रष्ट छ भन्ने पुष्टि भइसक्यो,' संग्रौलाले भनिन्, 'छायाँ सरकारका सम्बन्धित मन्त्रीहरूले सरकारका मन्त्रालयहरूमाथि निगरानी बढाउनुपर्ने कुरा उठेको छ । हामी त्यही अनुसार काम गर्छौं ।'

उनले मन्त्रालयमा हुने नीतिगत भ्रष्टाचारमा स्वयं प्रधानमन्त्रीको समेत संलग्नता रहेको भन्दै बैठकमा यसलाई सिरियस्ली लिनुपर्ने कुरा उठेको बताइन् ।

बैठकमा यही १३ गतेदेखि बस्ने प्रतिनिधिसभाको बैठकमा कांग्रेसले कस्तो रणनीति तय गर्ने भन्नेबारे पनि छलफल भएको थियो ।

संग्रौलाले भ्रष्टाचारविरोधी अभियानलाई अझ सशक्त गर्दै संसद र सडकबाट कांग्रेसले सरकारको भ्रष्ट आचरणको प्रतिरोध गर्ने बताइन् ।

गोकुल बाँस्कोटाको बहिर्गमनपछि खतिवडाले सम्हाले सञ्चार मन्त्रालयको कार्यभार

अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका छन् ।

तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि राष्ट्रपति कार्यालयले सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री खतिवडालाई तोकेको थियो ।

मन्त्री खतिवडाले आइतवार सिंहदरबारस्थित मन्त्रालयमा कार्यभार सम्हालेका हुन् । मन्त्री खतिवडालाई कर्मचारीहरुले फूल मालाले स्वागत गरेका थिए ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा विदेशी कम्पनीको नेपालस्थित एक एजेण्टसँग ७० करोड मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीवार राजीनामा गरेका थिए ।

बास्कोटाले सम्हाल्दै आएको शहरी विकास मन्त्रालयको जिम्मा भने भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङलाई दिइएको छ ।

बास्कोटको ठाउमा तत्कालै अर्को मन्त्री आउने सम्भावना नरहेको भन्दै खतिवडा र नेम्वाङलाई जिम्मा दिइएको हो ।

कोरोना संक्रमणबाट विशेष सुरक्षा उपाय अपनाउन दक्षिण कोरियास्थित नेपाली राजदूतावासको आग्रह

कोरियास्थित नेपाली दूतावासले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले कोरियामा कार्यरत नेपाली कामदारहरूले सुरक्षाका उपायहरू प्रभावकारी ढंगले अवलम्बन गर्न आग्रह गरेको छ ।

आइतवार एक विज्ञप्ति जारी गर्दै दूतावासले संक्रमण बढी देखिएको थेगु आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरू, अन्य पेशा व्यवसाय र श्रम गरी बसेका नेपालीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

चीनबाट शुरू भई अन्य देशहरूमा फैलिएको मानिएको कोरोनाको संक्रमण पछिल्लो समयमा कोरियामा बढी देखिएको छ । कोरियाली सञ्चारमाध्यमहरूले ४ सय भन्दा बढी संक्रमित भइसकेको समाचार प्रकाशित गरेका छन् ।

संविधान संशोधन गर्न नेकपाले बनायो कार्यदल, वरिष्ठ नेता नेपाल संयोजक 

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधन गर्न तीन सदस्यीय कार्यदल बनाएको छ ।

शनिवार बसेको नेकपा सचिवालय बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा स्थायी सदस्य तथा संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटा सम्मिलित कार्यदलको गठन गरेको हो ।

कार्यदलले राष्ट्रिय सभा सदस्य र प्रतिनिधिसभा सदस्यको हैसियत बराबरी हुने गरी संविधान संशोधन गर्न सुझाव दिनेछ ।

उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने अडानमा छन् । गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने तयारी नेकपाले गरेको छ ।

गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध साइबर क्राइमको उजुरी 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध प्रहरीमा साइबर क्राइमको उजुरी परेको छ ।

संघीय संसद्को सार्वजनिक लेखा समिति सदस्यहरूका तर्फबाट प्रहरी प्रधान कार्यालयको साइबर अपराध हेर्ने शाखामा उजुरी दर्ता भएको हो ।

आफूहरूलाई मुछेर चरित्र हत्या गरेको भन्दै सार्वजनिक लेखा समितिका सदस्यहरूको तर्फबाट साइबर क्राइमको उजुरीका लागि पत्र आएको प्रहरी प्रधान कार्यलयका प्रवक्ता डीआईजी शैलेस थापा क्षेत्रीले लोकान्तरलाई जानकारी दिए ।

प्रहरी प्रधानकार्यलयले उजुरी दर्ता नगर्ने भएकाले उक्त पत्रलाई साइबर क्राइम अनुसन्धान ब्यूरो भोटाहिटीमा पठाइने डीआईजी थापा क्षेत्रीले बताए ।

मिश्रले सेक्युरिटी प्रेस खरिद प्रकरणमा सांसदहरूपनि मुछिएको प्रतिक्रिया दिएका थिए । 

सोही प्रकरणको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x