×

NMB BANK
NIC ASIA

साढे ३ वर्षमा ट्रमा सेन्टरबाट १४ सय ५० जनाले उपचारमा पाए सहुलियत

फागुन १३, २०७६

NTC
Premier Steels

२०७३ साउन १ गतेदेखि ०७६ माघको २२ गतेसम्ममा राष्ट्रिय ट्रमा सेन्टरले १४ सय ५० जना बिरामीलाई औषधि उपचारमा छूट दिएको छ । सेन्टरमा उपचार गर्न आउने बिरामीहरूलाई विभिन्न स्किममा छूट दिने गरेको अस्पतालले जनाएको छ ।

Muktinath Bank

लोकान्तरलाई प्राप्त सूचनाअनुसार सेन्टरले पछिल्लो साढे ३ वर्षमा ८ वटा स्किममा बिरामीहरूलाई छूट उपलब्ध गराउने गरेको छ । उपचारमा छूट पाउनेहरूमा अति गरीब, वृद्ध, प्राकृतिक दुर्घटनामा परेकाहरू, अस्पतालका कर्मचारीहरू र सेन्टरका निर्देशकले सिफारिस गरेका बिरामीहरू रहेको सेन्टरले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रमा सेन्टरबाट पछिल्लो साढे ३ वर्षको अवधिमा १८ जना वृद्ध, ८ जना अपाङ्ग र ५ सय ५७ जना अति गरीबले उपचारमा सहुलियत पाएका छन् । सोही अवधिमा ३ सय ६८ जना प्राकृतिक दुर्घटनाबाट पीडित र १ सय २१ जना बिरामीले पूर्ण निःशुल्क उपचार पाएको सेन्टरले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

सवारी दुर्घटनामा सवारी धनीका तर्फबाट नतिरिएको रकम समेत सेन्टरले बेहोरको देखिन्छ । माथिल्लो सगरमाथा बस व्यवसायीको समितिको सवारी साधनबाट दुर्घटनामा परेका १८ जना र पश्चिमाञ्चल बस व्यवसायी समितिको बस दुर्घटनामा घाइते भएका २ जना बिरामीले उपचारमा सहुलियत पाएका छन् ।

Vianet communication

‘सवारी साधन दुर्घटनामा परी आकस्मिकरूपमा उपचारमा आएका बिरामीहरूको प्रारम्भिक उपचार सेन्टरले गरेको बस व्यवसायी समितिले भुक्तान गर्नुपर्ने भएतापनि भुक्तान नगरेकोले उक्त खर्च सेन्टरले बेहोरेको हो,’ ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुनप्रसाद भेटवालले बताए ।

२ सय २२ जनाले सेन्टरका निर्देशकको सिफरिसमा छूट पाएका छन् भने सेन्टरमा कार्यरत १ सय ३६ जना कर्मचारीहरूले उपचारमा छूट पाएको सेन्टरबाट प्राप्त सूचनामा उल्लेख गरिएको छ । 

२ वर्ष अगाडिसम्म मात्रै अस्पतालमा कार्यरत कर्मचारीहरूले उपचारमा सहुलियत लिएको अहिले सबै कर्मचारीले बिमा गरेका कारण उपचार सहुलियत लिने नगरेको सूचना अधिकारी भेटवालले बताए ।

अस्पतालको आन्तरिक आम्दानीबाट नै उपचारमा सहुलियतको व्यवस्था गरेको र उपचार सहुलियतका लागि नेपाल सरकारका तर्फबाट थप अनुदान आवश्यक नपरेको सूचना अधिकारी भेटवालको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x