सरकारले दियो मौलाकाली केबलकारलाई जग्गा

File Photo

सरकारले मौलाकाली केबलकार आयोजनाका लागि जग्गा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को १२ फागुनको बैठकले मौलाकाली केबलकार आयोजना क्षेत्रभित्र पर्ने (१०−१० मिटरसहित केही टावर संरचना रहनेगरी) र माथिल्लो स्टेशन निर्माण गर्न नवलपुर जिल्ला )बर्दघाट सुस्तापूर्व नवलपुर) को गैँडाकोट नगरपालिका–१ मा पर्ने मौलाकाली सामुदायिक वन र मौलाकाली धार्मिक वनसमेतको गरी कूल २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको हो। 


Advertisement

त्यस्तै, सिद्धार्थ केबलकार आयोजनाका लागि तल्लो स्टेशन निर्माण गर्न रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–१ स्थित राष्ट्रिय वन क्षेत्रको थप २.११८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ ।    


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्