×

NMB BANK
NIC ASIA

बारम्बार धाउँदा पनि बनेन् कल्पनाको नागरिकता, सरकारी सुविधाबाट बञ्चित

फागुन २५, २०७६

NTC
Premier Steels

सुर्खेत, चौकुने गाउँपालिका, १ मा जन्मिएकी कल्पना तामाङ २१ वर्षकी भइन्। तर  उनीसँग नेपाली नागरिकताकाे प्रतिलिपि छैन।

Muktinath Bank

कल्पनाले नागरिकताका लागि पटकपटक प्रशासन न धाएकी होइनन्। तर, सहाराविहीन भएकै कारण उनको नागरिकता बनेको छैन।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जिल्ला प्रशासन जाँदा पूर्वप्रमुख जिल्ला अधिकारीले जन्मदर्ताको आधारमा मात्र नागरिकता दिन सकिँदैन भन्नुभयो। त्यसपछि बुवाआमाको मृत्यु दर्ता प्रमाणपत्र पनि लगेर गएँ। तैपनि नागरिकता पाइएन,’ कल्पनाले दुखेसो पोखिन्।


Advertisment
Nabil box
Kumari

नागरिकता नहुँदा आफूले बैंकमा समेत खाता खोल्न नपाएको उनको गुनासो छ। ‘मासिक रुपमा एक सहकारीमा पैसा जम्मा गर्दै आएकी छु। नागरिकता नहुँदा सहकारीको शेयर पनि लिन पाइन्,’ उनी भन्छिन्।

Vianet communication

कल्पना नागरिकताका लागि पहल गरिदिन कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्तीसहित प्रदेश सभा सदस्यकहाँ पनि पुगिन्। तर, उनीहरु समेत जाँदा पनि जिल्ला प्रशासन कार्यालयले नागरिकता बनाइदिएकाे छैन।

आफू सुर्खेतमै जन्मे पनि नागरिकता नहुँदा विदेशीभन्दा बढी समस्या भोग्नु परेको उनको गुनासो छ। ‘विदेशीले भिसा देखाएर बैंकिङ गतिविधि गर्न पाउने रहेछन्,’ कल्पनाले भनिन, ‘मैले त आफू जन्मेको भूमिमा बैंक खाता खोल्न पनि पाएन। लोकसेवाको परीक्षा दिन पाइन। अवसर पर्याप्त आए पनि सरकारी सेवा सुविधाबाट म बञ्चित हुन पुगेँ, कसले मेरो कुरा बुझ्ला ?,’ 

चौकुने गाउँपालिका-४ का वडाध्यक्ष नवराज जैसीले नागरिकताका लागि अनुसूची १ अनुसार सिफारिस गरिसकेका छन्। सोही वडाका ८ जनाले वंशजको आधारमा नागरिकता दिन जायज छ भनी मुचुल्का गरेका छन्। वडा कार्यालयले कल्पनाका बुवाआमाको मृत्यु दर्ता प्रमाणपत्र उपलब्ध गराएको छ।

उनका बुवाआमा मजदुरी गर्थे। दुवैसँग नेपाली नागरिकताकाे प्रतिलिपि थिएन। उनीहरूको निधनपछि सनाखत गर्ने नजिकका आफन्त नभएकै कारण सुर्खेत जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन आनाकानी गरेको हो।

सुर्खेतको चौकुने गाउँपालिकाको बिजौरामा ०५५ भदौ ११ गते जन्मिएकी कल्पनाका बुवा रामबहादुर तामाङको ०५९ कात्तिक १० गते र आमा लक्ष्मीको ०६६ पुस २० गते निधन भएको थियो। उनका भाइ नरेश तामाङ भारतकाे बैङ्लोरस्थित एक होटेलमा काम गर्छन्। तर उनीसँग पनि नेपाली नागरिकताकाे प्रतिलिपि छैन।

कल्पनासँग नागरिकता त छैन नै पढाइ खर्च धान्न समेत समस्या भइरहेको छ।  उनलाई कक्षा ११ र १२ पढ्दा नेपालगन्ज-१२ की लता शर्माले सहारा दिएकी थिइन्। स्नातकको भर्ना शुल्कका लागि सहयोग जुटाउन सक्दो पहल गर्ने आश्वासन उनले दिएकी छन्।

कानुनमा स्नातक भर्ना शुल्क ५० हजार लागेको उनले सुनाइन्। भर्ना गर्ने पैसा जोहो भए पनि प्रत्येक सेमेस्टरको शैक्षिक शुल्क, पुस्तक, खानेबस्ने व्यवस्थाका लागि कल्पनासँग कुनै स्रोत छैन। 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले कल्पनासँग उपलब्ध आवश्यक कागजपत्र अध्ययनपछि नागरिकता दिने/नदिने भन्ने विषयमा निर्णय गर्न सकिने प्रतिक्रिया दिए। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x