कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
सामान्यतया कार्यालयमा गाडी चलाउने महिला चालक कमै हुन्छन् । त्यसमा पनि सरकारी र संस्थानका गाडी चलाउने महिला प्रायः भेटिँदैनन् तर पश्चिम नवलपरासीको नेपाल विद्युत् प्राधिकरण परासी वितरण केन्द्रमा महिला चालक छिन् लजिना श्रेष्ठले ।
श्रेष्ठ जिल्लाकै कार्यालयमा पूर्णकालीन एक्ली महिला चालक हुन् । लजिनाको दाबी अनुसार जिल्लामा मात्र होइन, ५ नम्बर प्रदेशमा रहेका विद्युत् कार्यालयमा उनीबाहेक कुनै महिला चालक छैनन् ।
‘अरु कार्यालयमा छन् कि छैनन् थाहा भएन तर प्रदेशका विद्युत् कार्यालयमध्येमा म एक्ली महिला चालक हुँ,’ उनले भनिन् ।
लजिनालाई आफू चालक नै बन्छु भन्ने लागेको थिएन । चालकबाहेक अन्य तहका कर्मचारी हुनेमा भने उनी विश्वस्त थिइन् । ‘चालक नै बन्छु भन्ने लागेको थिएन,’ उनले भनिन् । लोकसेवा आयोगले विद्युत् प्राधिकरणमा महिला चालक आह्वान गरेपछि उनले दरखास्त दिएकी थिइन् । ‘नाम निकाल्न सक्छु सक्दिनँ भनेर फारम भरे । नाम निस्क्यो, त्यसपछि जागिर खान मन लाग्यो,’ उनले भनिन् । १ सिटका लागि १४ जनाले लोक सेवामा प्रतिस्पर्धा गरेका थिए । १ नम्बरमा नाम निस्केपछि उनले २०७५ सालदेखि परासी वितरण केन्द्रमा हाजिर भएर चालकको जिम्मेवारी सम्हालेकी हुन् ।
लजिनाको घर काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका–४ थानकोट हो । २७ वर्षीया लजिनाले बीबीएस उत्तीर्ण गरेकी छन् । चालक नै बन्छु भनेर उनले सवारीसाधन सिकेकी भने होइनन् । लजिनाका बुवा डिल्लीबजार कृषि विकास बैंकका चालक छन् ।
उनको घरमा भाडामा सञ्चालन गर्ने ४ वटा ट्याक्सी थिए । ‘अहिले भाडामा चलाउन दिने एउटा ट्याक्सी छ,’ उनले भनिन्, ‘भाडामा नचलेका बखत घरमा रहने ट्याक्सी चलाएर गाडी चलाउन सिकेकी हुँ । गाडी सिकाउन बुबाले सहयोग गर्नुहुन्थ्यो ।’
घरमा बुवासँगै आमा, २ बहिनी र २ भाइ छन् । २ बहिनी बीबीएस पढ्दैछिन् । १ जना भाइ एसईई दिने तयारीमा छन् । घर छाडेर जागिर खान आएकी लजिनाले आफू एक्लै भएपछि १ भाइलाई आफूसँगै परासीमा राखेर पढाइरहेकी छन् । उनका भाइ १२ कक्षामा पढ्छन् ।
लजिना महिला चालक भएपनि कार्यालयमा काम पर्ने कुनै पनि बेला राति र बिहानै भन्दिनन् । जुनसुकै समयमा पनि गाडी लिएर प्राविधिक कर्मचारीसँग फिल्डमा निस्किन्छिन् । ‘चालक भएपछि समय तोकिँदैन, जुनसुकै समयमा पनि कार्यालयले बोलाएपछि पुग्ने गरेकी छु । विद्युत् बिग्रिएर बनाउने क्रममा राति १२ बजेसम्म फिल्डमै बस्नु पनि परेको छ,’ उनले भनिन्, ‘चालक भएपछि खानाको कुनै ठेगान हुँदैन, अबेर भएर कति दिन भोकै सुतेकी छु ।’
परासी क्षेत्रमा गाउँ बढी भएकाले सबैभन्दा बढी काममा गाउँमै जानुपर्छ । ‘गाउँमा जाँदा केटीले गाडी चलाएको भन्दै हेर्न आउँछन् । धेरैले अनौठो मानेर हेर्छन् । केहीले त केटीले गाडी चलाएको भन्दै कराउँदै गाडीको पछिपछि लाग्छन्,’ लजिनाले सुनाइन्, ‘गाउँमा महिलाले गाडी चलाएको नदेखेर होला धेरैले अचम्म मानेर हेर्छन् ।’
गाउँमा सबैभन्दा बढी विद्युत् चोरी र लाइन सट हुने समस्या बढी रहेको उनले बताइन् । फिल्डमा प्राविधिक कामका लागि मात्र होइन, अरु समयमा पनि हाकिमदेखि अन्य कर्मचारीलाई कार्यक्रममा पुर्याउन गाडी लिएर जाने गरेको उनले बताइन् ।
चालक बन्नका लागि घरबाट कसैको रोकावट नआएको उनले बताइन् । ‘रोकावट आएन तर कहिलेकाहीँ बुवा र मम्मीले चालक छाडेर अरु काम गरे हुन्थ्यो भन्नुहुन्छ । मैले पनि त्यस्तै सोच बनाएकी छु,’ उनले भनिन् ।
चालक पेशा राम्रो लागेन ? उनले भनिन्, ‘त्यसो होइन, । यो पदमा बढुवा हुँदैन । अरु पदमा बढुवा हुने भएकाले अर्कै पदमा लोक सेवा दिउँ कि भन्ने लागेको छ ।’
चालक भएपछि बिदा पनि कम हुने, रातदिन केही भन्न नपाइने र घरमा पनि समय दिन नसक्नुले अर्कै पदमा जाने विचार गरेको उनले सुनाइन् । ‘चाडपर्वमा पनि घर जान नपाउँदा यो पेशा परिवर्तन गरौं कि भन्ने लागेको छ,’ उनले भनिन्, ‘गएको दशैंमा घर जान नपाउँदा नरमाइलो लागेको थियो ।’
अविवाहित लजिनाले २–३ वर्ष अझै बिहे नगर्ने सोच बनाएको बताइन् । ‘अहिले त ठीकै छ, बिहे गरेर अर्कोको घरमा गएपछि सबै समय कार्यालयमा दिन नसक्ने भएकाले पनि समस्या हुन्छ कि भनेर अर्को पदमा जाने विचार गरेकी ,’ उनले खुलेर भनिन् ।
कार्यालयमा ४ वटा गाडी छन् । हलुका सवारीसाधन मात्र चलाउने लजिनाले बोलेरो गाडी चलाउँछिन् । फिल्डमा जाँदा टायर फेर्ने र अन्य सामान्य काम आफैं गर्ने भएपनि अरु कामका लागि भने मिस्त्री बोलाएर मर्मत गर्ने गरेको उनले सुनाइन् ।
लजिनासँगै कार्यालयमा अन्य पदका ८ जना महिला कर्मचारी छन् । महिला चालक भएकै कारण आफू हेपिनु नपरेको उनले बताइन् । ‘अहिलेसम्म कसैबाट नराम्रो शब्द सुन्नु परेको छैन । काम जस्तोसुकै भएपनि आफूले पाएको जिम्मेवारी पूरा गरेपछि कसैले हेप्न सक्दैनन्,’ उनले भनिन् । पुरुष चालकलाई ‘गुरुजी’ भनेर बोलाउने गरिएकोमा उनलाई बोलाउँदा के भन्छन् ? उनले लजाउँदै भनिन्, ‘गुरुजी भन्दैनन्, लजिना भनेर बोलाउँछन् ।’
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...