फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
वर्तमान समय कोरोनाको प्रभाव विश्वभर फैलिने क्रममा रहेको छ । यसको प्रभावका कारण विश्व अर्थतन्त्र नराम्ररी प्रभावित हुँदैछ, भइराखेको छ ।
सबै देशहरू मानवीय भौतिक अस्तित्वको रक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा गम्भीर बनेका छन् । यस अवस्थामा विश्व अर्थतन्त्रले कस्तो अवस्था सिर्जना गर्ने हो भन्ने सन्दर्भ तुलनात्मक रुपमा कम महत्त्वको हुन सक्दछ तर यसको नियन्त्रण अवश्यम्भावी छ ।
कोरोना प्रकोप नियन्त्रणमा आइसकेपछि पनि बाँच्नेहरूले सास फेर्ने भनेको यहीँ अर्थतन्त्रमा हो । त्यसैले प्रकोपका कारण मानवीय भौतिक अस्तित्वको विषयले प्रमुखरुपमा तनाव सिर्जना गरेपनि यसबाट पर्नसक्ने मानसिक, सामाजिक, आर्थिक लगायतका अवस्थाबारे जानकारी राखी प्रारम्भकै समयदेखि नै कसरी सबै प्रकारको अवस्थालाई नियन्त्रणमा लिन सकिन्छ ? यस विषयमा पर्याप्त चासो र चिन्ता सम्बन्धित पक्षहरूले लिनु बुद्धिमानी हुनेछ ।
आज कोरोनाले प्रत्यक्ष रुपमा तेल बजारमा पारेको प्रभाव र समग्र अर्थतन्त्रमा के कति क्षति पुग्न जाने स्थिति छ ? यसबारे संक्षेपमा प्रकाश पार्ने प्रयास आलेखमा गरिएको छ ।
चीनको वुहानबाट प्रारम्भ भएको कोरोना प्रकोप केही समय विश्व जगतले थाहा नै पाएन, चीनले आन्तरिक रुपमा सूचना सम्प्रेसन नै नगरी नियन्त्रण गर्न लागिपर्यो । यसबाट अन्य देशहरूले चीनका नागरिकहरू र चीनबाट आउने जो कोही व्यक्ति एवं सरसामानमाथि प्रतिबन्ध लगाई आजको जस्तो पूर्व सावधानी लिने अवसर पाएनन् । जब प्रकोप सतहमा आयो, संसारभरका देशहरू अत्याधिक सतर्क हुन थाले, यसक्रममा सम्पन्न र विकसित देशहरू पनि अत्यन्त बढी सतर्क बन्दै गर्दा सबै प्रकारका आर्थिक क्रियाकलापहरू बन्द गर्ने स्थितिमा पुगे । मानिसहरू क्रमशः क्वारेन्टाइनमा बस्न थाले, आवागमन बन्द हुँदै गयो, तेलको खपत घट्ने विषय अत्यन्त स्वाभाविक हुँदै गयो ।
जनवरीदेखि नै तेलको माग घट्ने क्रम जारी भयो । प्रारम्भमा आवागमन घटेपनि अन्तर्राष्ट्रिय उडानहरू यात्रु थोरै लिएर उडान भर्ने अनुमान थियो तर अन्तर्राष्ट्रिय उडानमा पनि रोकावट गर्दै जाँदा अब तेल उपयोग हुने कारोबारहरू अत्यन्त तीव्र गतिमा घट्दै जान थाल्यो । तेलको बजार अध्ययन गर्दा २ प्रकारबाट नकारात्मक रुपमा प्रभावित भएको छ । पहिलो हो – यात्रामा प्रतिबन्ध लगाउँदै यात्रुहरूलाई प्रेवेसाग्या बन्द गर्नु, जेट इन्धनको माग घट्न, उद्योग क्षेत्रमा मन्दीको अवस्था हुनु, कलकारखाना एवं निर्माण कार्य बन्द गर्दै मजदुरहरूलाई घर फिर्ता गर्नु, तेलको प्रयोगबाट उत्पादनहरू सबै बन्द हुन पुग्नु जस्ता कारणहरूले तेलको वास्तविक माग ठूलो मात्रामा घट्दै जानुलाई प्रमुख कारणको रुपमा लिनुपर्छ । विगत ३ महिनादेखि यो क्रम जारी छ ।
दोस्रो हो – लामो समयसम्मका लागि स्टक मार्केटले समग्र विश्व अर्थतन्त्रमा पार्ने प्रभावका विषयमा दिने प्रतिक्रियाका आधारमा यसको भविष्यबारे अनुमान गर्ने अवस्था रहने हो । जब विश्व बजारमा आर्थिक क्रियाकलापहरूमा सुस्तता देखिँदै जान्छ, त्यसैमा यसको माग घट्न थाल्ने गर्दछ । मागकै आधारमा तेलको मूल्य निर्धारण हुन्छ ।
प्रकोपको निरन्तरता कहिलेसम्म र कुन मात्रामा प्रभाव पार्ने हो ? कुनै निश्चित छैन । यो अवस्थामा स्टक मार्केट आफैं अन्योलग्रस्त छ, यसबाट तेल उत्पादक राष्ट्रहरू अत्यन्त ठूलो द्विविधामा परेका छन् ।
हरेक देशहरू आफ्ना नागरिकलाई यसबाट बचाउने उपायको खोजीमा युद्धस्तरमा लागिपरेका छन् । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई संक्रमण भएको सन्देह भएमा अनिवार्य रुपमा अस्पताल वा घरैमा सम्पर्कविहीन भएर बस्नुपर्ने, आवश्यक स्वास्थ्य उपचारको प्रबन्ध गर्नेदेखि लिएर यसबाट विभिन्न हिसाबले पीडित भएकाहरूलाई राष्ट्रको कोषबाट १ खर्ब डलर क्षतिपूर्ति गर्नेसम्मका कार्यहरू गरिराखेको छ । पूर्व सावधानीका लागि बेल्जियमले विशेष व्यवस्था गरेको छ । यो देशले कुनै काम नगरी अनिवार्य रुपमा पृथक वा सर्वसाधारणसँग सम्पर्क बाहिर रही आफ्नो पेशा अवलम्बन गर्न नपाएका, अरुलाई यो रोग नसार्न सहयोग गर्नेहरूलाई प्रतिपरिवार मासिक १६००, आफ्नो पसल बन्द गर्नेलाई ३५०० युरो मासिक रुपमा प्रदान गर्ने, विद्यालयहरू, कलेज, विश्वविद्यालय, रेस्टुरेन्ट, डिस्को, बार, सिनेमा हल बन्द गर्ने तर औषधि पसल र खाद्यान्न पसल भने खुला राख्ने, बाँकी पसल सप्ताहको अन्त्यमा मात्र खोल्न पाउने, विदेशबाट घर फर्किने आफ्ना नागरिकहरूलाई भाडा तिरी दिने जस्ता प्रबन्ध मिलाई यो महामारीबाट बच्न युद्धस्तरमा तयारी गरिराखेको छ । सामान्यतया साबुन पानीले हातधुने, खोक्दा र हाछ्यु गर्दा मुख छोप्ने, संक्रमणको आशंका भएकाले अन्य मानिससँग सम्पर्कमा नआई अलग रही १४ दिनसम्म चिकित्सकले तोके अनुसारको स्थानमा बस्ने लगायतका प्राथमिक अवस्थामा सतर्कता अपनाउनुपर्ने गरी सचेत बनाएका छन् । धेरै मात्रामा संक्रमित भएका मुलुकहरूमा प्रायः कोरोना संकटकाल जस्तै देखिएको अवस्था छ ।
प्रारम्भका दिनमा चीनमा मात्र तेलको माग घट्ने अनुमान गरिएको थियो, आर्थिक दृष्टिकोणले सन् २००३ मा विश्व अर्थतन्त्रमा छैटौं स्थानमा रहेको चीन यो १६ वर्षको अवधिमा संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्दै दोस्रो स्थानमा उभिएको छ । चीनले गर्ने आर्थिक क्रियाकलापहरूले ठूलो प्रभाव पार्दछ । ठूलो जनसंख्या र आर्थिक क्रियाकलापहरू अत्यन्त बृहत् हुनुको कारण चिनियाँ नागरिकहरू विश्वभर अत्यन्त ज्यादा यात्रा गरिराखेका हुन्छन् । यी चिनियाँ नागरिकको आन्तरिक र बाह्य यात्रा बन्द हुँदा जेट इन्धनमा ठूलो कटौती भएको छ । आर्थिक पक्ष नराम्ररी प्रभावित भएको छ ।
जनवरीको अन्त्यतिर प्रथम चौमासिक अवधिमा पेट्रोलियम पदार्थको माग घट्दै गई वर्षभरमा २ लाख ब्यारेल घट्ने अनुमान देखिएको थियो तर अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले यसको अध्ययन गरी ३ लाख ब्यारेल बराबरको माग घट्ने आँकडा सहितको प्रारम्भिक अनुमान पेश गरेको थियो । त्यसैले तेलको मागको अवस्था कस्तो रहने हो भनी अनुमान गरिरहँदा यस प्रकोपकै कारणले विश्व अर्थतन्त्रमा मन्दीको अवस्था प्रायः प्रस्ट देखिएको छ । यस परिस्थितिमा तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकले तेलको उत्पादन घटाउने तयारी गरिरहँदा यस अवधारणामा तेल उत्पादनमा ठूलो योगदान गर्ने राष्ट्र रसियाले यसको विरोध गरिराखेको छ । यसमा साउदी अरबलाई थप अप्ठ्यारो पर्ने विचारबाट रसिया लागिपरिराखेकाले यस अवस्थामा पनि अन्तर्राष्ट्रिय राजनीतिले प्रभाव पारेको आलोचना भइराखेको छ । मागमा आएको गिरावटका कारण थप उत्पादनका विषय र स्टकमा भएको तेल बजारमा पठाउने सम्बन्धमा पनि तेल उत्पादक राष्ट्रहरू अन्योलमा छन् । उत्पादन घटाउने भनेको केही दिनमा स्थितिमा सुधार आउँछ भन्ने अनुमान गर्ने हो तर त्यो स्थिति समेत अहिले देखिएन ।
कुन अवधिसम्म प्रकोपले निरन्तरता पाउँछ भन्ने विषय अहिले अनुमान नै गर्न नसक्ने भएकाले रसियाले तेल कटौती गर्न नहुने गरी राखेको धारणामा पनि पुनरावलोकन गर्नुपर्ने अवस्था छ । यो अवस्था आइरहेको समयमा संयुक्त राज्य अमेरिकी राष्ट्रपति ट्रम्पले उनको देशमा प्रकोप फैलिन नदिने गरी जनतालाई आश्वस्त पारेको अवस्थामै उनकै मुलुक मात्र होइन, अन्य युरोपियन मुलुक लगायत चपेटामा पर्न पुगे । हालसम्मको यसको विस्तार चीनबाट दक्षिण कोरिया हुँदै इरान, इटाली, क्यालिफोर्निया, भारत आदि देशहरूमा प्रभाव जमाइसकेको छ । यसैले प्रकोप नियन्त्रणमा लिन ठूलो कसरत गर्नुपर्ने र यो अवधि लामो हुनसक्ने आकलन भइराखेको छ । १६८ देशहरू प्रकोप पीडित भइराखेका छन् । यसले निरन्तरता प्राप्त गर्ने मात्र होइन, ज्यामितीय अनुपातमा बृद्धि हुने आशंका छ । परिणाम स्वरुप तेलको माग र आपूर्तिमा ९० प्रतिशतसम्म गिरावट आउन सक्छ । यो अवस्था भनेको आर्थिक क्रियाकलाप प्रायः बन्द हुनु नै हो । तेलको मागमा आउने गिरावटलाई तत्कालीन र यसले विश्व अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावलाई अथवा आर्थिक मन्दीको अवस्था आई पर्नुलाई दीर्घकालीन प्रभावको अनुमान सहजै गर्न सकिन्छ ।
चीनमा कोरोना नियन्त्रणमा आइसकेको दाबी गरिएको छ तर चीनको अर्थतन्त्र विश्व बजारमा अत्यन्त ज्यादा आधारित छ, चीनले गर्ने आर्थिक प्रगतिका लागि यो प्रकोप सबैतिर नियन्त्रण हुनु जरूरी छ । अन्यथा उसको ब्यापार व्यवसाय पनि धरासायी हुन्छ, यस अर्थमा चीनले जसरी आफ्नो देशमा यसलाई नियन्त्रणमा लिन सफल भएको दाबी गरिराखेको छ, उसैगरी आफ्नो उपचार प्रविधि र चिकित्सकमार्फत सबै प्रकोप पीडित राष्ट्रहरूलाई सहयोग गर्नुपर्दछ । यसको श्रीगणेश इटालीमा चिकित्सक टोली पठाएर गरिसकेको छ । यदि यसको नियन्त्रणका लागि चीनले अग्रणी भूमिका निर्वाह गरेर मानवीय आधारमा सहयोग नगर्ने हो भने यसबाट चीन पनि आर्थिक रुपमा प्रभावित हुन्छ । यसलाई आफ्नो पूर्व अवस्थामा पुग्न केही समय लाग्ने स्थिति छ ।
सबैभन्दा निराशाजनक अवस्था भनेको आजका दिनसम्म यसको कुनै खोप तयार भएको छैन, यसका लागि अनुसन्धान भइराखेको र करीब ६ महिना लाग्ने अनुमान गरिँदै छ । अमेरिकाको आर्थिक बृद्धिदर सन् २००९ देखि ११ वर्षको अवधिमा सबैभन्दा नकारात्मक बनी २.८ मा सीमित भइराखेको अनुमान गरिँदैछ । यो अवस्थाबाट अथवा विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने राष्ट्रहरू चीन र अमेरिका दुवैको अवस्था नाजुक हुँदा अन्य देशहरू समेत नराम्ररी प्रभावित हुनेमा सन्देह गर्ने अवस्था रहँदैन ।
तेलको आपूर्तिमा सुधार आउने विषय सहज छैन, लामो समय लिने निश्चित छ, प्रकोपको अवधि र मात्राको अनुमान नै गर्न सकिएको छैन । बजारमा तरलता पर्याप्त भई मागमा सुधार आई स्थिति सुधार हुने प्रक्रिया जुन अनुपातमा प्रारम्भ हुन्छ, सोही अनुपातमा तेलको मूल्य र आपूर्तिमा सुधार आउन थाल्छ । यतिखेर विश्वका प्रायः सबै राष्ट्रहरू प्रकोपबाट बाँच्ने, भौतिक अस्तित्वको रक्षा गर्ने उपायको खोजीमा व्यस्त छन् । आर्थिक पक्षको सुधारका प्रयासतर्फ ध्यान जान सकेको छैन, अहिले त्यसमा समय दिने अवस्था पनि होइन । त्यसैले विश्व अर्थव्यवस्थामा मन्दीको अवस्था आउने लक्षणहरू देखिँदै गएका छन् । तेलको मागमा आउने गिरावट अझै बढ्दै जानेछ, विश्वले यसलाई नियन्त्रणमा लिने क्षमता कहिलेसम्म हासिल गर्नेछ र कुन मात्रामा यो नियन्त्रणमा आउने छ, सोही आधारमा तेलको बजार लगायत समग्र अर्थतन्त्रमा सुधारको सुनिश्चितता हुनेछ ।
आशा गरौं, अब गर्मीको मौसम प्रारम्भ हुन लागेकाले पनि पर्याप्त सावधानी अवलम्बन गर्न सकियो भने यसबाट क्रमशः मुक्ति प्राप्त गर्न केही सहयोग मिल्ने नै छ । विकसित राष्ट्रहरू र चीनको अग्रणी भूमिका अपरिहार्य देखिँदैछ, यो नै आजको आवश्यकता हो ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...