×

NMB BANK
NIC ASIA

सम्पादकीय

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार : राष्ट्रिय लज्जा

चैत २१, २०७६

NTC
Premier Steels

विश्व कोरोनाभाइरस (कोभिड– १९) को संक्रमणले थलिएको समयमा नेपालमा भने पुरानो व्याधि बल्झिएको छ– भ्रष्टाचारको महामारी । आममानिस जीवनरक्षाका लागि सरकारको निर्देशन पालना गरेर घरमै बसिरहेको समयमा देशमा भ्रष्टाचारको आगो यसरी पुत्ताएको छ । भ्रष्टाचारको धुवाँले नेपालमा कोरोना भाइरसको सन्त्रासलाई छायाँमा पारिदिएको छ । घरमै बसे पनि सामाजिक सञ्जालमार्फत स्वास्थ्य उपकरणमा भएको अनियमितता र बदमासीबारे जनताले खबरदारी गरिरहेका छन् ।

Muktinath Bank

संसारले विश्वयुद्धकै जस्तो कहालीलाग्दो अत्यास बेहोरी रहेको छ । आफ्नो गच्छेअनुसार मानिसहरू अरूको जीवन बचाउन भएको सम्पत्ति दान गरिरहेका छन् । कोरोनाले विश्व समुदायलाई अत्याएको समयमा सरकारमा रहेका केही लोभीपापी व्यक्ति र सरकारको नेतृत्वसँग पहुँच स्थापित गरेका केही अवसरवादीहरूले यसैलाई कमाउने दाउ बनाएका छन् । जनताको जीवन र स्वास्थ्यमा खेलबाड गरेर मौकामा चौका हान्न अवसरवादीहरू पल्केका छन् । यो देखिएको अनियमितता हो, संकटको मौकामा अन्यत्र पनि यस्तै बदमासी भएको हुनसक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको र बदनियत देखिएको समाचार प्रकाशित भएपछि एकाथरि तप्काले समाचार लेख्ने मिडिया सरकारप्रति पूर्वाग्रही बनेको आरोप लगायो । स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितताको विषय भुसको आगोजस्तै सल्केपछि अपारदर्शी ढंगले शुरू गरिएको प्रक्रिया रद्द गरियो । स्वास्थ्य उपकरण खरिद जस्तो विषयमा भएको यति ठूलो बदमासी छिपाउन दोष अरूलाई लगाएर आफू पानीमाथिको ओभानो बन्ने यत्न भइरहेको छ । तर यो बदमासी लुकाउन गरेको पर्यत्नलाई जनताले पत्याएका छैनन् ।


Advertisment
Nabil box
Kumari

कोरोना रोकथामका लागि चीनबाट गरिएको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता सचेत, विवेकशील र न्यायप्रेमी नेपालीले बिर्सन नसकिने काण्डको रूपमा दर्ज भएको छ । औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा छुट्टाछुट्टै उजुरी परेका छन् । यति ठूलो अनियमितता र घोटालामा भ्रष्टाचार निवारणसम्बन्धी संवैधानिक आयोग अख्तियारले छानबिन शुरू गर्ला, संसद्को सार्वजनिक लेखा समितिले केलाउला र आवश्यक परे संसद्ले विशेष छानबिन समिति नै गठन गरेर पनि बदमासी बाहिर आउने नै छ । सुडान घोटाला, वाइड बडी घोटाला जस्ता ठूला भ्रष्टाचार काण्डको पर्दाफास संसदीय समितिले नै गरेका हुन् ।

Vianet communication

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको बदमासीले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारको साख गिरेको छ, स्वयं नेकपा पार्टी पनि बदनाम भएको छ । पारदर्शिता र सुशासनको डिङ हाँक्ने नैतिक धरातल सरकारमा बस्नेहरूले गुमाएका छन् । जनताको जीवनसँग जोडिएको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा र्‍याल चुहाउनेहरूले सुशासनको कुरा गर्नु महजोडीको प्रहशन जस्तै हुनेछ । स्वास्थ्य उपकरण खरिदमा भएको भ्रष्टाचारपछि दाताहरूले नेपाललाई सहयोग दिने बेलामा निदार खुम्च्याउने छन् । 

स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको अनियमितताबारे स्वयं नेकपाका नेताहरूले नै छानबिन र दोषीमाथि कारवाहीको माग गरेका छन् । विरोधका स्वर दबाउन होइन सत्यतथ्य पत्ता लगाउने खालको जाँचबुझ आयोग गठन गरेर दोषीमाथि कारवाही नगरेसम्म जनआक्रोश मत्थर हुने छैन । विपत्तिको समयमा जनताको जीवनसँग सरोकार राख्ने स्वास्थ्य सामग्री खरिदमा संलग्न दोषीहरूले उन्मुक्ति पाए भने यो दण्डहीनता र भ्रष्टाचारले बनमारा झारले जस्तै देश सखाप पार्नेछ । यो अपराधमा संलग्नले दण्ड पाएनन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएको समृद्ध नेपाल र सुशासनको नारा केबल हाँसीमजाक बन्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x