×

NMB BANK
NIC ASIA

सुर्खेत प्रहरीले च्यात्यो स्वास्थ्यकर्मीको परिचयपत्र !

बैशाख ६, २०७७

NTC
प्रहरीले च्यातेको स्वास्थ्यकर्मीको परिचयपत्र
Premier Steels

जिल्ला प्रहरी कार्यालय सुर्खेतका असईले शुक्रवार वीरेन्द्रनगरमा एक स्वास्थ्यकर्मीको परिचयपत्र च्यातेका छन् ।

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय सुर्खेतको ज्यादती विरुद्ध समाचार आइरहेको समयमा सच्चिनुको साटो थप उग्र बनिरहेको पाइएको हाे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्रिका वितरक प्रकाश आचार्यमाथि निर्घात कुटपिट गरेको, पसल तोडफोड गरेको तथा अभद्र व्यवहार गरिरहेको समाचार बाहिरिरहेको बेलामा वैशाख पाँच गते मंगलगढी चोकमा स्वास्थ्यकर्मीको परिचयपत्र च्यातिएको छ ।


Advertisment
Nabil box
Kumari

‘बिहान १० बजे तिर मंगलगढी चोकमा खटिएका असई लोक बहादुर चन्दद्वारा औषधी ब्यबसायी सुस्मिता फार्मेसीका प्रोपराइटर बालकृष्ण बुढाको नेपाल औषधी ब्यबसायी संघ सुर्खेतद्वारा जारी परिचय पत्रलाई माथिको आदेश छ भन्दै च्यातिएको छ,’ संघ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले भने, ‘यस्तो गैर जिम्मेवार हर्कत प्रति संघ घोर आपत्ती प्रकट गर्दछ । साथै असई लोकबहादुर चन्द माथि उचित कारबाही को माग गर्दछौं ।’

Vianet communication

कार्ड च्यातेको विषयमा पूर्व अध्यक्ष प्रेमबहादुर भण्डारीले पनि आपत्ति जनाएका छन् ।

‘यस बिषम परिस्थितिमा हामी निजी क्षेत्रबाट स्वास्थ्य सेवामा समर्पित स्वास्थ्यकर्मी र औषधि व्यवसायीहरूको मनोबललाई उच्च बनाई परिचालन गरी आम नागरिकहरूले छिटो छरितो सेवा पाउने बातावरण निर्माण गर्नुको साटो हाम्रो मनोबल गिराउने काम भएको छ,’ उनले भने, ‘र कामगर्ने बातावरण बिगार्ने यस्ता खालका गलत क्रियाकलाप हरूको जति नै निन्दा गर्दा पनि कमै हुन्छ । तसर्थ यस्ता गलत हर्कतहरूका बिरूद्ध आवाज उठाइदिनु हुन र हामिलाई सजिलो गरी काम गर्ने बातावरण निर्माणका लागी आवश्यक पहल गरिदिनुहुन सम्बन्धित सरोकार वाला सम्पूर्ण निकासहरुको ध्यानाकर्षण गराउँदछौ ।’

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपाल रायमाझीले अहिलेसम्म आफुहरूकहाँ जानकारी नआएको बताए । ‘कसले कार्ड च्यातेको हो, किन च्यातेको हो थाहा भएन,’ प्रहरी निरीक्षक रायमाझीले भने, ‘पीडित व्यक्ति हामीकहाँ आएको खण्डमा आवश्यक छानविन गर्छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x