कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
बैशाख ८, २०७७
कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्ने कार्य शुभारम्भ गरेको छ ।
‘लकडाउनबाट प्रभावित अति विपन्न एवं मजदुर र बेखर्चीका लागि सोमवारैबाट दोस्रो चरणको विशेष राहतको व्यवस्था मिलाइएको हुँदा यस्ता व्यक्तिहरुले नगरपालिकाको आपतकालीन केन्द्रको १०१ नम्बरमा सम्पर्क गरी नाम, ठेगाना टिपाउन सरोकारवाला सम्पूर्णमा अनुरोध गरेका छौं,’ कार्यबाहक नगर प्रमुख मोहनमाया ढकालले भनिन्, ‘यसरी राहतका लागि नाम टिपाएका व्यक्तिको घरदैलोसम्म वडा कार्यालयको समन्वयमा पुगेर नगर कार्यपालिकाको कार्यालयका कर्मचारीको निरीक्षण टोलीले दिएको प्रतिवेदनका आधारमा एकीकृत केन्द्र (नगर कार्यपालिकाको कार्यालय) बाट राहत वितरण गरिने छ ।’
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संम्भावित संक्रमणबाट नगरबासीलाई जोगाउन नगरपालिकाको सम्पूर्ण साधनस्रोतको परिचालन गर्न कुनै कसर बाँकी नराखेको उनले बताइन् ।
‘संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गर्दै नगरपालिकाले वीरेन्द्रनगरमा रहेका अति विपन्न, मजदुरी गरी खाने र विद्यार्थीहरूका लागि पहिलो चरणमा करीब १५ हजार परिवारलाई राहत वितरण, कोरोना भाइरसको संक्रमण जोखिम न्यूनीकरणका लागि उपत्यकाका वडाहरूमा औषधि छर्ने, लकडाउनलाई व्यवस्थित र प्रभावकारी बनाउन जनचेतना जगाउने लगायतका विभिन्न गतिविधि अगाडि बढाइएको छ,’ उनले भनिन् ।
लकडाउनलाइ प्रभावकारी बनाउन वीरेन्द्रनगरभित्र अन्यन्त्रबाट आएका व्यक्तिलाई नगरपालिकाले सहयोग एवं उद्धार गरी गन्तव्य स्थलसम्म पुग्न सहयोग गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए । ‘वीरेन्द्रनगरमै बसोबास गर्ने तर बाह्य जिल्लाबाट लकडाउनको समयमा वीरेन्द्रनगरमा प्रवेश गरेका व्यक्तिका लागि आश्रयस्थल एवं पूर्व सावधानी गृह समेत नगरपालिकाले स्थापना गरी वैशाख ७ गतेदेखि सञ्चालनमा ल्याएको छ,’ उनले भने, ‘जुम्ला जिल्लाका ८ जनालाई खाने–बस्ने व्यवस्था गरी गन्तव्यस्थल पठाइएको र बबईमा अलपत्र परेका ११ जनाको उद्धारपश्चात खाने–बस्ने व्यवस्था गरी पञ्चपुरी नगरपालिकाका ४ जनालाई समन्वय गरी पठाइएको र बाँकी ७ जनालाई बाल मन्दिर प्राविमा रहेको सावधानी गृहमा राखिएको छ ।’
वीरेन्द्रनगर नगरपालिकाका स्थायी वासिन्दा लकडाउनका कारण अन्यत्र कतै अलपत्र परेको भएमा उद्धारका लागि आफन्त वा परिवारले नगरपालिकामा सम्पर्क गरी जानकारी गराउनुहुन अनुरोध गरिएको उनले बताइन् ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...