×

NMB BANK
NIC ASIA

बाराका एक पत्रकारमा कोरोना संक्रमण, प्रहरीको मुद्दा फाँटसम्मै भाइरस !

जेठ ५, २०७७

NTC
Premier Steels

बाराको करैयामाई गाउँपालिकाका १ जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

Muktinath Bank

गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीले सोमवार बिहान संक्रमण पुष्टि भएका व्यक्ति पत्रकार भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार बिहान बाराको करैयामाई गाउँपालिकामा संक्रमण देखिएको पुष्टि गरेको छ । संक्रमित ३८ वर्षीय पत्रकार घरमा बस्दै आएका थिए ।


Advertisment
Nabil box
Kumari

‘उहाँ आफ्ना दाजुभाइको एउटा मुद्दालाई लिएर जिल्ला प्रहरी कार्यालय बाराको मुद्दा फाँटमा लगातार जानुभएको थियो,’ अध्यक्ष धामीले भने, ‘त्यहाँ मुद्दा फाँटमा काम गर्ने प्रहरी पनि कोरोना संक्रमित यसअघि नै पुष्टि भएकाले उहाँमा त्यतैबाट सर्‍यो वा अन्य स्थानमा सर्‍यो भन्ने कुराको पुष्टि हुन बाँकी छ ।’

Vianet communication

वडाध्यक्ष उमेश चौधरीका अनुसार संक्रमित पत्रकार कलैयाको संस्कार एफएममा कार्यरत छन् । ‘उहाँ पत्रकार भएका कारण सधैं बाहिर आऊजाऊ गर्ने गर्नुहुन्थ्यो, त्यसैले संक्रमण भएको हुनसक्छ,’ वडाध्यक्ष चौधरीले भने, ‘उहाँ आफ्नो गाउँ तेतरीयामा नै बस्दै आउनुभएको छ ।’

संक्रमित ती पत्रकारले पनि आफूमा कोरोना संक्रमण जानकारी बाराका प्रमुख जिल्ला अधिकारीबाट थाहा पाएको बताए । ‘अब कलैया पुगेर उपचारका लागि आइसोलेसनमा जान्छु,’ संक्रमित पत्रकारले भने ।

संक्रमित पत्रकारमा पहिलेदेखि नै कोरोना संक्रमणको आशंका गरिएको थियो । केही दिन अघिदेखि नै कोरोना संक्रमणको लक्षण देखापरेको ती पत्रकारले बताए । ‘रुघाखोकी हुने, घाँटीमा कफ जमेको जस्तो केही बसेको, अड्किएको अनुभव भइरहने जस्ता लक्षण देखिएको थियो । लक्षण देखा परेपछि आफू गाउँपालिकाको वडास्थित स्वास्थ्य चौकीमा गएर जाँच गराउँदा केही पनि होइन, सर्दी हो ठीक भइहाल्छ भनेर औषधि दिएर फिर्ता पठाइदिए,’ संक्रमित पत्रकारले लोकान्तरसँग भने ।

केही दिनपछि जेठ २ गते कलैयामा पत्रकारको स्वाब संकलन हुँदा आफूले पनि जाँच गराएको उनले बताए । सोमवार कोरोना पोजेटिभ पाइएको कुरा पुष्टि भएको सुन्दा अचम्म नलागेको उनले बताए । ‘म जिल्ला प्रहरी कार्यालय कलैयामा पटक–पटक मुद्दा फाँटमा गएको थिएँ,’ उनले भने, ‘त्यहाँ मुद्दा फाँटमा काम गर्ने प्रहरी हवल्दारमा पनि संक्रमण भएको भनेर केही दिनअघि मात्र पुष्टि भएकाले उनै व्यक्तिबाट सरेको हो कि जस्तो लागेको छ । ’

उनी पत्नी, २ छोरा र २ छोरी साथ बस्दै आएका थिए । संस्कार एफएममा समाचार पढ्ने, कार्यक्रम सञ्चालन गर्ने तथा अन्तर्वार्ता लिने काम गर्दै आएको उनले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x