×

NMB BANK
NIC ASIA

प्रादेशिक अस्पताल जनकपुरमा सञ्चालित कोरोना (कोभिड १९) विशेष अस्पताल भरिभराउ भएको छ ।

Muktinath Bank

कूल ४२ शय्या क्षमता भएको अस्पतालमा २९ जना बिरामी मात्र भर्ना भएको अवस्थामा नै अस्पताल गरिएको छ । २८ जना कोरोना संक्रमित र १ जना शंकास्पद व्यक्ति भर्ना छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनुषा र सर्लाही जिल्लाका बिरामी अस्पतालमा भर्ना भएका छन् । अब नयाँ कोरोना संक्रमित बिरामीलाई भर्ना लिन नसकिने कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. कुलदीप पण्डितले बताए । १३ शय्या खाली रहेपनि लक्षण नदेखिने साधारण प्रकृतिका बिरामीलाई तत्काल भर्ना लिन नसकिने उनी बताउँछन् । 


Advertisment
Nabil box
Kumari

‘८ वटा शय्या आईसीयू कक्ष, १ शय्या प्रसूतिको लागि लेबर रुम र १ शय्या सहितको अपरेसन थिएटर, २ वटा शय्या हाई डिपेन्डेन्सी बिरामीका लागि पहिलेदेखि नै छुट्याएर राखिएको छ,’ डा. पण्डितले लोकान्तरसँग भने, ‘त्यसबाहेक पोजेटिभबाट नेगेटिभ हुने बिरामीलाई स्थानान्तरण गर्नका लागि एउटा कक्षमा केही शय्या आरक्षित राखिएको छ ।’

Vianet communication

अस्पतालमा १३ शय्या खाली रहेपनि गम्भीर, सिकिस्त कोरोना संक्रमित बिरामी, प्रसूति बिरामीका लागि आरक्षित रहेका कारण नयाँ बिरामीलाई भर्ना नलिइएको उनले बताए ।

धनुषा, महोत्तरी र सर्लाही गरेर ३ जिल्लाका कोरोना बिरामीको उपचार गर्न अस्पताल बनाइएको छ । अब नयाँ बिरामीलाई कहाँ भर्ना गर्ने भन्ने विकल्प समेत खोजिएको छैन । महोत्तरी सदरमुकाम जलेश्वर र सर्लाहीको सदरमुकाम मलंगवामा जिल्ला अस्पताल भएपनि धनुषाको लागि तत्काल कुनै विकल्प नै छैन ।

नयाँ बिरामीलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती थपिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला पनि बताउँछन् । ‘केही न केही वैकल्पिक उपाय त पक्कै गर्नुपर्ला तर के उपाय लगाउने भन्ने मलाई केही पनि आइडिया छैन,’ निरौलाले भने, ‘तत्काल नयाँ संक्रमित फेला परे महोत्तरीको जलेश्वर स्थित जिल्ला अस्पतालमा पठाउन सकिन्छ ।’ जलेश्वरमा ३५ शय्याको अस्पताल करीब–करीब तयारी अवस्थामा रहेको उनले बताए ।

दोस्रो विकल्पका लागि धनुषाको नगराईन नगरपालिकाको गंगुलीस्थित प्रादेशिक क्वारेन्टाइनलाई नै आइसोलेसन अस्पतालमा रुपान्तरण गर्न सकिने उनले व्यक्तिगत सुझाव दिए । ‘यो मेरो व्यक्तिगत सुझाव मात्र हो, त्यसका लागि सरसल्लाह तथा छलफल भने गर्नैपर्ने हुन्छ,’ निरौलाले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x