×

NMB BANK
NIC ASIA

हङकङमा प्रहरीले प्रदर्शनकारीमाथि प्रहार गर्‍यो खुर्सानीका छर्रा

जेठ १४, २०७७

NTC
Premier Steels

हङकङमा चीनको राष्ट्रगानलाई अपमान गर्ने कामलाई फौजदारी अपराध बनाउने विधेयकका विषयमा बहस गर्न सांसदहरू भेला भएका छन् । चीनविरुद्ध प्रदर्शन गरिरहेकाहरूमाथि प्रहरीले खुर्सानीको छर्रा (पेप्पर पेलेट) प्रहार गरेको छ । 

Muktinath Bank

विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेका छन् र दर्जनौं मानिसलाई पक्राउ गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हङकङमा चीनविरोधी भाव उच्च रहेको बेलामा विधेयकमाथि बहस चलिरहेको हो । 


Advertisment
Nabil box
Kumari

केही दिनअघि चीनले राष्ट्रिय सुरक्षा कानून कार्यान्वयन गर्ने प्रस्ताव गरेको थियो । त्यसको पनि विरोध भएमो थियो । 

Vianet communication

आलोचकहरूका अनुसार, उक्त विधेयकमार्फत हङकङको स्वतन्त्रता खुम्च्याउने प्रयास गरिँदैछ ।

तर हङकङकी नेत्री क्यारी लामले राष्ट्रिय सुरक्षा कानूनले देशद्रोह, पृथक्तावाद, राज्यद्रोह र राज्यविप्लवलाई प्रतिबन्ध लगाउँछ र यसले हङकङवासीको अधिकार हनन गर्दैन भनेकी छन् । 

अहिले बहस भइरहेको राष्ट्रगान विधेयकले चीनको राष्ट्रगानको दुरुपयोग वा अपमान गर्ने जोकोहीलाई ५० हजार हङकङ डलरसम्मको जरिवाना र तीन वर्षसम्मको कारावास सजाय तोकेको छ । 

बुधवार लेजिस्लेटिभ काउन्सिलमा यो विधेयकमाथिको बहस भएको हो र सेकेन्ड रीडिङ पारित भएमा थर्ड रीडिङमा जान्छ अनि जुन महिनाको आरम्भतिर यसमा मतदान गराइनेछ । 

दंगा प्रहरीले संसद् भवन घेराउ गरेर सडकमा कोर्डन लगाएको थियो । तैपनि सयौं विरोधकर्ताहरू सडक रोक्दै र नारा लगाउँदै भेला भएका थिए । 

दिउँसो विरोधकर्ताहरू सडकमा दौडिँदै गर्दा प्रहरीसँग झडप भएको थियो । प्रहरीले खुर्सानीको छर्रा उनीहरूमाथि प्रहार गरेको थियो । 

विरोधकर्ताहरूले अन्य ठाउँमा पनि ट्राफिक अवरोध गरेका थिए । लगभग ८० जनालाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । तीमध्ये केहीसँग घातक हतियार रहेको बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x