पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
जेठ २२, २०७७
फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवतीमा गत चैत १० गते कोभिड– १९ संक्रमण पुष्टि भएकै दिनदेखि नेपाल ठप्प छ । उनी नेपालमा भेटिएकी दोस्रो संक्रमित थिइन् ।
नेपालमा भेटिएका पहिलो र दोस्रो संक्रमणको बीचको समय लगभग २ महिना थियो ।
त्यो दुई महिनामा सरकारले पूर्वतयारीका नाममा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गर्नुबाहेक एउटा सिन्को पनि भाँचेको थिएन ।
गत साल माघको दोस्रो सातामा चीनको वुहानबाट आएका एक विद्यार्थीमा पहिलो संक्रमण भेटिएको थियो । नेपालमा भारतबाहेक तेस्रो मुलुकबाट संक्रमित भएर आएका सबै निको भएर घर फर्किसकेका छन् ।
ती दुवै आयातित केसहरू थिए । त्यसपछि केही दिनको फरकमा संक्रमणको संख्या एकाध बढ्यो । पछिल्लो समयमा संक्रमण एकैदिन ३ सय हाराहारीमा देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विभिन्न वक्तव्यमा भारतले विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा नगरिकन नेपालीहरूलाई धमाधम सीमामा ल्याएर छोडिदिने क्रियाकलाप गरेको भन्दै असन्तुष्ट व्यक्त गर्ने गरेका छन् ।
भारतले जे सुकै गरोस्, आफ्ना नागरिकको जिउज्यानको सुरक्षा गर्ने जिम्मा सरकारकै काँधमा आउने हो । पछिल्लो समय सरकार पनि केही तातेको जस्तो देखिन्छ ।
तर नेपालमा आयातित संक्रमण र स्थानीय स्तरमा भएका संक्रमण के कति छन् भन्ने कुनै लेखाजोखा छैन । स्वास्थ्य मन्त्रालयले गर्ने दैनिक प्रेस ब्रिफिङमा बताइने गरेको संक्रमितको संख्या पनि भारतबाट आएकामा देखिएको हो कि स्थानीय संक्रमण हो भन्ने खुलाइने गरेको छैन ।
जस्तै झापाको कचनकवलमा पुष्टि भएका १७ वटा संक्रमणहरू पूरै भारतबाट आएका व्यक्तिहरूमा देखिएको हो । स्थानीय स्तरमा कुनै संक्रमण नभएको कचनकवल गाउँपालिका प्रवक्ता लक्ष्मी नारायण यादवले लोकान्तरलाई बताए ।
ती १७ जना निको भएर डिस्चार्ज भइसकेका छन् । यादवका अनुसार भारतबाटै आएका थप ३ सय ३० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ, तर रिपोर्ट आएको छैन ।
त्यस्तै यता बाँकेको नरैनापुर गाउँपालिकामा पनि कूल संक्रमितको संख्या १ सय १५ जना देखिएको थियो तर सबै भारतबाट आएका मात्र थिए । त्यहाँ भारतको मुम्बईबाट आएका एकजनाको संक्रमणकै कारण मृत्यु भइसकेको छ ।
नरैनापुरका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले स्थानीय स्तरमा कुनै संक्रमण नफैलिएको दाबी गरे । ‘जति पनि संक्रमण देखिएको छ, सबै भारतबाट आउनेमा मात्र देखिएको हो । भारतबाट आउने संक्रमितहरूबाट गाउँ पूरै सुरक्षित छ,’ मिश्राले लोकान्तरसँग भने ।
यस्तै भारतसँग सीमा जोडिएका धेरै ठाउँहरूमा संक्रमण देखिएपनि स्थानीय स्तरमा संक्रमण फैलिएको अवस्था अत्यन्त न्यून छ । त्यसो भए के नेपालभित्र संक्रमण फैलिएकै छैन त ? यसको जवाफ पनि स्पष्ट छैन ।
९५:५ को रेसियो होला – डाक्टर सुदर्शन थापा,फोकल पर्सन,बुटवल कोरोना विशेष अस्पताल
रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले आफूले अहिलेसम्म ९५ प्रतिशत भन्दा बढी भारतबाट आउनेहरूमा संक्रमण देखेको बताए ।
लोकान्तरसँग कुरा गर्दा डाक्टर थापाले भने, ‘नेपालमा अहिलेसम्म देखिएको संक्रमणको अवस्था हेर्दा ९५ प्रतिशत भन्दा बढी भारतबाट आएको देखिन्छ । ५ प्रतिशत भन्दा कम संक्रमण स्थानीय देखिन्छ । भारतमा जति पत्ता लागेको छ, त्यसको तुलनामा त्यहाँ संक्रमितको संख्या धेरै छ । त्यसले नेपालमा असर पारिरहेको छ ।’
उनले आफू कार्यरत रहेको कोरोना विशेष अस्पतालमा २/३ वटा केस मात्र स्थानीय स्तरमा संक्रमण भएको पत्ता लागेको बताए । ‘यहाँ २/३ जना मात्र स्थानीय संक्रमण देखियो । अरू सबै भारतबाट आएको हो । यहाँ पनि त्यस्तै देखिन्छ र अन्य ठाउँमा पनि त्यही स्थिति छ,’ उनले भने ।
डाक्टर थापाले कम्युनिटी ट्रान्समिसनको बेला बल्ल शुरू भएको बताए । ‘भारतबाट आएर लुकिछिपी गाउँघरमा बस्ने जमात पनि ठूलो छ । जसमा लक्षण देखिएको छैन । तिनीहरूले कम्युनिटीमा संक्रमण फैलाउने खतरा छ,’ उनले भने, ‘लक्षण नदेखिएका केसहरूले कम्युनिटी ट्रान्समिसन गराउने हुन् । अबको एकदेखि दुई महिनामा यो संख्या बढेर माथि जाने देखिन्छ ।’
उनले बोर्डर सील गरेर आउन नदिने होइन कि बोर्डर खोलेर व्यवस्थित रूपमा आउन दिने व्यवस्था गर्नुपर्ने बताए । ‘सकेसम्म अधिकतम मान्छेहरूलाई क्वारेन्टाइनमा राख्ने, उनीहरूलाई घर जान नदिने गर्न सक्ने हो भने स्थानीय स्तरमा फैलिने संक्रमण रोक्न सकिन्छ । क्वारेन्टाइनमा पनि सकेसम्म धेरै टेस्ट गर्ने, पोजिटिभ देखिएकालाई आइसोलेसनमा पठाउने र लक्षण देखिएकालाई हस्पिटल पठाउने हो भने हामी व्यवस्थापनमा सफल देखिन्छौं,’ उनको भनाइ छ ।
सरकारले विदेशबाट अलपत्र परेका नेपालीहरूलाई दैनिक ३ हजारदेखि ३५ सयको संख्यामा ल्याउने कार्ययोजना तयार गरिसकेको छ । भारतबाट आउनेहरू पनि त्यतिकै संख्यामा ल्याउने सरकारको तयारी छ । तर दैनिक सात/आठ हजारको परीक्षण गर्ने क्षमता सरकारसँग छैन ।
त्यसका लागि निजी अस्पतालका प्रयोगशालाहरू पनि प्रयोगमा ल्याउन सुझाव दिन्छन् डाक्टर थापा ।
‘अहिले पनि सबैको टेस्ट गर्न सकिएको छैन, परीक्षण होल्ड भइराखेको अवस्था छ । विदेशबाट दैनिक ६/७ हजारको संख्यामा ल्याउने हो भने सबैको परीक्षण गर्न सम्भव हुने देखिन्न,’ उनले भने, ‘यो निकै ठूलो चुनौती नै हो । अहिले हामीले ठूलो संख्यामा परीक्षण गर्ने व्यवस्था गर्न सकेको भए हुन्थ्यो । अझै बढी टेस्ट सेन्टरहरू बनाएर अधिकतम बनाउनुपर्ने आवश्यकता देखिन्छ ।’
कम्युनिटीमा गइसकेको छैन, यतिबेलै व्यवस्थापनमा मेहेनेत गर्नुपर्छ – डाक्टर शेरबहादुर पुन
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डाक्टर शेरबहादुर पुनले पनि नेपालमा भारतबाट आएका केसहरू नै सबैभन्दा बढी रहेको बताए ।
‘ठ्याक्कै कति प्रतिशत भन्ने छैन,’ लोकान्तरसँग डाक्टर पुनले भने, ‘नेपालमा संक्रमित जति छन्, त्यसको ठूलो हिस्सा आयातित हो भन्नेमा त दुईमत रहेन । तिनैबाट केही स्थानीय स्तरमा फैलिएको छ । अहिलेपनि सामान्यतया केस क्लस्टर टाइपको देखिएको छ । कसै न कसैको त कन्ट्याक्ट भएको मान्छे बीचमा देखिन्छ ।’
उनले अत्याधिक मात्रामा धेरै र त्यसको स्रोत थाहा नहुने खालको देखियो भने कम्युनिटीमा गयो भन्ने बुझ्नुपर्ने बताए । उनले नेपालको स्थिति आफूले थाहा पाएसम्म कम्युनिटी ट्रान्समिसनको नभएको बताए ।
‘मैले जति पनि बुझेको छु, संक्रमितहरूको स्रोत कहीँ न कहीँ कुनै न कुनै उपायबाट पत्ता लागेको अवस्था छ,’ उनले भने, ‘कम्युनिटीमा छ कि छैन भनेर भन्न सक्ने स्थिति पनि छैन तर हामी कम्युनिटी ट्रान्समिसनको प्रारम्भिक चरणमा छौं भन्न मिल्छ ।’
उनले भारतबाट आएका संक्रमितहरूको परिवारमा पनि निकै कममा थप संक्रमण भएको बताए । ‘परिवारमा देखियो भने स्रोत त पत्ता लागेको अवस्था हो,’ डाक्टर पुनले भने, ‘त्यसैले यसलाई क्लस्टर ट्रान्समिसन भन्न सकिन्छ ।’
उनले अब व्यवस्थापनमा मेहेनेत गर्नुपर्ने अवस्था आएको बताए । ‘अहिलेको स्थितिलाई नियन्त्रण र व्यवस्थापन गर्न हामीले मेहेनेत गरेनौं भने कम्युनिटीमा जाने हो । यतिबेलै मेहेनेत गर्नुपर्छ । कतिपय कमजोरी भएका छन्, त्यसलाई सुधार्दै लैजानुपर्छ,’ उनले भने ।
उनले विदेशबाट नेपाली ल्याउने तयारी भइरहेको आफूले सुनेको तर आउने सबै संख्यालाई परीक्षण गर्न चुनौती देखेको बताए । ‘दैनिक ६/७ हजार आए भने अहिलेकै अवस्था हेर्दा सबैको टेस्ट गर्न सक्दैनौं,’ डाक्टर पुनले भने, ‘अहिलेको रफ्तार जो देखिएको छ, त्यो चुनौती नै हो । कि यति लाख पीसीआर ल्याएका छौं, दैनिक यति गर्छौं भनेर सरकारले भन्नुपर्छ । अहिले टेस्ट गर्न पनि ५/६ दिन लागेको अवस्था छ ।’
नेपालको अहिलेको स्थिति कम्युनिटी ट्रान्समिसन होइन – महेन्द्र श्रेष्ठ,महानिर्देशक स्वास्थ्य सेवा विभाग
लोकान्तरले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठलाई भारतबाट आएको र नेपालमै स्थानीय स्तरमा देखिएको संक्रमणको तथ्यांक किन सार्वजनिक नगर्नुभएको हो भनेर सोधेको थियो ।
जवाफमा उनले भने, ‘यसो गर्नुपर्छ भनेर मैले पनि स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएको छु । मेरो जानकारीमा आएअनुसार ९० प्रतिशत भन्दा बढी संक्रमण भारतबाट नै आएको हो । १० प्रतिशत भन्दा कम संक्रमण यहाँ आइसकेपछि उनीहरूबाटै फैलिएको हो । यसलाई ठ्याक्कै प्रतिशतमा भन्ने गरेर हिसाबकिताब नगरिएकाले ठ्याक्कै भन्ने छैन ।’
उनले अहिलेसम्म भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेकाको परीक्षण गरिएकाले यस्तो देखिएको बताए । तर अहिलेको नेपालको स्थिति कम्युनिटी ट्रान्समिसनमा नगएको उनको दाबी छ ।
‘कम्युनिटीमा फैलिनका लागि धेरै कुराहरू हुन्छन्,’ उनले भने, ‘नेपाल अहिले नै कम्युनिटीमा गयो भन्न मिल्दैन । नियन्त्रणकै स्थितिमा छ । भारतमा २ लाख भन्दा बढीमा संक्रमण नाघिसक्यो तर पनि त्यहाँ कम्युनिटी ट्रान्समिसन भनिएको छैन ।’
संक्रमणको स्रोत पत्ता लाग्ने बेलासम्म त्यसलाई कम्युनिटी भन्न नमिल्ने श्रेष्ठको तर्क छ ।
‘भारतबाट आएको मान्छेले फैलायो भने त्यसलाई हामीले कम्युनिटी भन्दैनौं,’ उनले भने, ‘यस्तो व्यक्तिमा देखियो, जसको कुनै ट्राभल हिस्ट्री छैन, घरमै बसिरहेको छ भने त्यसलाई बल्ल कम्युनिटी भनिन्छ । भारतमा पनि त्यो स्टेज आइसकेको छैन । त्यो नेपालमा आउला, सम्भावना छ । तर यही स्थितिमा हामीले मेहेनेत गर्नुपर्छ । गरिरहेका छौं ।’
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...