फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
कर्णाली प्रदेश सभामा ‘कर्णालीकी मन्त्री केसीको बजेट सक्ने काइदा : कानून बाहिर गएर धमाधम कार्यविधि निर्माण !’ शीर्षकमा बुधबार समाचार प्रकाशन भएसँगै बिहीवार सरकार माथि प्रश्न उठेको छ ।
‘सरकारले आफ्नो अनुकुलतामा ऐन कानून भन्दा बाहिर गएर कार्यविधि बनाउँदै खर्च गरिरहेको छ । कार्य विधिबाट राहत वितरण जस्ता कामहरु गर्न पाइन्छ कि पाइदैन ? विद्यमान कानून ऐनको पालना गर्न आवश्यक छ कि छैन ?’ प्रदेश सभा सदस्य दीनबन्धु श्रेष्ठले भने, ‘ऐन भन्दा बाहिर गई कार्यविधि निर्माण गरेर अर्बौ रुपैंया खर्च गर्नु वित्तीय अनुशासन भित्र पर्छन कि पर्दैन ? यसबाट भोली आउने परिणाम के हुन्छ ? हामीले जे कार्यविधि बनाएर पनि अघि बढन सक्छौं भन्ने कुरा त्याग्न जरुरी छ । ऐन नियम कानूनको पालना गरेर सरकार अघि बढोस् । हामी सहयोग गर्न तयार छौं । प्रतिपक्षको कमजोरी नठानियोस् ।’
उनले सरकारले सदनमा पेश गरेको आर्थिक वर्ष २०७७÷०७८ को बजेटमाथिको छलफलमा भाग लिदैं सो कुरा बताएका हुन । ‘वितरणमुखी कार्यक्रममा बजेट केन्द्रित छ । बजेट बढि भन्दा बढि आत्मनिर्भर बनाउने खालको ल्याउन जरुरी छ । कोभिड १९ को शीर्षकमा चार अर्ब जति आएको छ । कोभिड १९ को महामारीले स्वास्थ्य क्षेत्रको कायापलट गर्नका लागि अवसर दिएको छ । भौतिक संरचना, स्वास्थ्य परिक्षण, जनशक्तिलगायतका क्षेत्रमा धेरै भन्दा धेरै खर्च गरियोस् ।’
नेकपाकी सचेतक सीता नेपालीले विगतका बजेट कार्यान्वयनको अवस्था हेर्दा दयनीय रहेको बताइन । ‘कार्यान्वयन हुने बजेट ल्याउन जरुरी छ । बजेटमा विगतका निरन्तरता कायमै छन् । महामारी, भोकमरी र बेरोजगारीको कुरा गरिरहेका छौं । कसरी यी समस्याबाट पछि परेका वर्गको समस्या कहिले समस्या होलान् । बजेट आएको छ, किताब छ तर बजेटको व्यवस्था भएको छैन ।’ उनले भनिन्, ‘बजेटमा उचित सहयोग गर्ने, प्रोत्साहन गर्ने कुराहरुमा आवश्यक रकम व्यवस्था गरेको छु भन्ने उल्लेख छ । किन बजेट तोकिएन ?’
उनले २०७१ सालका बाढी पीडितको समस्या समाधानका लागि थोरै बजेट भएको र त्यसले समस्या समाधान गर्न नसक्ने बताइन । विषय अनुसारका बजेट केन्द्रीत गर्न सरकारलाई उनले अनुरोध गरिन ।
कर्णाली प्रदेशसभामा पेश भएको आर्थिक वर्ष २०७७/०७८ बजेटमाथि छलफल गर्दै प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारले विकास र कामको गति बढाउनुपर्नेमा जोड दिएका छन् । प्रदेशसभाको बैठकमा आफ्ना धारणा राख्दै प्रदेशसभा सदस्य गुलाबजंग शाहले कर्णाली प्रदेश सरकारले आर्थिक आर्थिक वर्ष २०७७/०७८ बजेट परम्परागत रुपमा आएको बताए । ‘यो बजेट परम्परागत रुपमा आएको छ ।’ उनले भने,‘यो बजेटमा के नयाँ कुरा आएको छ र ?’
त्यस्तै, प्रदेशसभा सदस्य अमृता शाहीले प्रदेश सरकारले कछुवाका गतिमा काम गरेको कुनै पनि कार्यक्रम किताबमा आएजस्तो प्रभावकारी हुन नसकेको बताइन् । ‘बजेट ल्याउँदैमा केही भएको छैन्,’ उनले भनिन्,‘काम गर्दा कछुवाका गतिमा हुने गरेको छ ।’
योजनामा मात्र ल्याएर केही नहुने त्यसको कार्यान्वयनमा प्रभावकारी हुनुपर्ने प्रदेशसभा सदस्य बदमिक्वारी बोहोराले बताइन् ।
प्रदेशसभा सदस्य झोवा बिकले बजेटमा राम्रो आएको तर, रातो किताबमा आउनेछ हो कि नाई भनेर प्रश्न गरिन् ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...