पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
कर्णाली प्रदेश सभामा असार ४ गतेको बैठकमा सरकारका प्रतिनिधि मानिने मन्त्रीहरू गायब भए ।
आर्थिक वर्ष २०७७र०७८ को वार्षिक बजेटमाथिको छलफल चलिरहेको समयमा सरकारका प्रतिनिधि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला बाहिरिएपछि सरकारको सहभागिता शून्य बनेको हो ।
प्रदेश सभा सदस्य अमृता शाही बोलिरहेको समयमा मन्त्री ज्वाला बैठक कक्ष बाहिर निस्केका थिए । उनी ६ मिनेट भन्दा बढी समय सदनबाट बाहिर निस्के ।
सरकारमा हाल मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायत ६ मन्त्री छन् । उनीहरुमध्ये आर्थिक मामिला तथा योजना मन्त्री ज्वाला मात्रै विहीबारको बैठकमा सहभागी भएका थिए । सांसद अमृता शाही बोलिरहेको समयमा मन्त्री ज्वाला बाहिर निस्के ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनमा सरकारको उपस्थिति नभएको भन्दै नियमापत्ति जनाउनु पर्नेमा उल्टै सत्तारुढ दलका सांसद धर्मराज रेग्मीले नियमापत्ति जनाए ।
अमृता शाही पछि सदनमा बोल्ने पालो गणेशप्रसाद सिंहको थियो । उपसभामुख पुष्पा घर्तीले उनलाई बोल्न समय दिइसकेको समयमा उनी नियमापत्ती प्रकट गर्न उठेका थिए ।
‘माननीय सभामुख ज्यू, बजेट जस्तो महत्वपूर्ण कुरामा छलफल भइरहेको समयमा सरकारका प्रतिनिधि कहाँ हुनुहुन्छ ? कि म माथि बसेका कारण मैले देख्न नसकेको हो ?’
उपसभामुख घर्तीले सांसद रेग्मीलाई उहाँ बाथरुम गएको हुनसक्ने भन्दै जवाफ फर्काइन् ।
‘माननीय अमृता जि बोलिरहनु भयो, कसलाई सुनाउने हामीले ? सचिवको लाईनमा कोही बसेका छैनन् । सरकारमा धेरै मन्त्री छन् सभामुख महोदय ?’ उनले प्रतिप्रश्न गरे ।
उपसभामुख घर्तीले मर्यादापालकलाई खोज्न भनेर आदेश दिइरहेका समयमा मन्त्री ज्वाला आए । अनि उपसभामुखले गणेशप्रसाद सिंहलाई बोल्न अनुमति दिइन् ।
‘बजेटमाथिको छ्लफल जस्तो गम्भीर विषयमा सरकारको उपस्थिति नहुनुले सरकार ससदप्रति उदासीन र जवाफदेही नभएको देखिन्छ,' उनले लोकान्तरसँग शुक्रबार बिहान टेलिफोन सम्पर्कमा भने, ‘त्यो स्थिति दुःखद, गैरजिम्मेवार र लज्जास्पद हो ।’
कर्णाली प्रदेश सभा नियमावली २०७४ को परिच्छेद तीन को बैठक सञ्चालन र स्थगनको व्यवस्थाको छ नम्बर बुँदामा एक जना मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।
‘बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रुपमा हुनुपर्नेछ र कुनै खास छलफल हुँदाको अवस्थामा सम्बन्धित मन्त्रीसमेत उपस्थित हुनुपर्नेछ,' नियमावलीमा उल्लेख छ ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...