×

NMB BANK
NIC ASIA

महर्षि सौभरिको सन्देश

कात्तिक २०, २०७४

NTC
Premier Steels
वैदिक मन्त्रद्रष्टा ऋषिको चर्चा गर्दा महर्षि सौभरि पनि बिर्सनै नसकिने नाम हो । यी महर्षि जति ब्रह्मज्ञानी थिए, त्यति नै त्यागी र वीतरागी पनि थिए । यद्यपि वैदिक ग्रन्थहरूमा उनको नाम कतै सौभरि, कतै सौभर र कतै सोभरि पनि उल्लेख भएको पाइन्छ । यसैको आधारमा कतिपय विद्वानहरूले यिनीहरू अलग अलग महर्षि हुनुपर्छ भन्ने अनुमान लगाएका पनि छन् ।saurabhi

तर अन्य कैयौं ऋषिहरूको समेत नामको अक्षर विन्यासमा यस किसिमको असन्तुलन भेटिएका छन् । यसो हुनुको पछाडि एक त मन्त्रसंरचनाको कार्यकालमै लामो अन्तर देखिनुलाई लिनसकिन्छ भने अर्को लिपिकारहरूको गडबडी र मन्त्र सुनेर कण्ठस्थ गर्ने प्रवृत्तिको पनि उत्तिकै भूमिका रहेको हुन सक्छ । त्यसैले यी नाम अलग अलग नभई एउटै ऋषिका हुन् भन्नेतर्फ नै धेरैको अनुमान रहेको पाइन्छ ।

ऋग्वेदले उनलाई कतै कण्वगोत्रीय ऋषिको रूपमा चिनाउन खोजेको देखिन्छ भने कतै कण्वपुत्रको रूपमा देखाउन खोजेको पनि पाइन्छ । तर वास्तवमा भन्ने हो भने यो पनि भनाइमा देखिएको भिन्नता मात्र हो । वास्तविकता एउटै हो भन्न सकिने प्रशस्तै आधार भेटिएको छ । वस्तुतः कण्वगोत्रीय भनेको पनि कण्वकै सन्तान हुन् भने कण्वपुत्र भनेको पनि विशेष परिस्थितिबाहेक कण्वगोत्रीय परिवारका सदस्यमा पर्छन् । त्यसैले यसलाई समेत अलग अलग क्षेत्रमा राखेर अध्ययन गर्न मिल्ला जस्तो लाग्दैन ।

ऋग्वेद मण्डल ८ सूक्त १९ र २० को द्रष्टा ऋषि कण्वगोत्रीय सौभरि मानिएका छन् । अग्नि, आदित्यगण र मरुद्गणको सम्मानका गाइएका यी दुई सूक्तमा कुल ६३ वटा मन्त्र छन् । यी मन्त्रहरूमा यी महर्षिले कतै उनीहरूसित विश्वब्रह्माण्डको शान्ति र समुन्नतिको कामना गरिरहेका देखिन्छन् भने कतै मानव मात्रमा ज्ञानी, गुणी, विवेकी, सत्य र निष्ठाप्रिय सन्तानप्राप्तिको कामना गरिरहेका अवस्थामा फेला पर्छन् ।

त्यस्तै कतै तिनै अग्नि, आदित्य र मरुद्गणको विशेषता वर्णन गर्दै उनीहरूको सदुपयोग र संरक्षणका लागि मानव समुदायसित कामना गरिरहेका अवस्थामा फेला पर्छन् भने कतै तमाम रोगव्याधिसँग लड्न सक्ने स्वस्थ र बलिष्ठ शरीरको वकालत गरिरहेका अवस्थामा देखिन्छन् । कतै कतै त जल र जङ्गलभित्र रहेको औषधीय तत्त्वको विवेचन गर्दै मानव जीवनमा तिनको आवश्यकता र औचित्यबारे चर्चा गरिरहेका अवस्थामा फेला पर्छन् ।

ऋग्वेदकै मण्डल ८ सूक्त २१ र २२ को द्रष्टा ऋषि पनि उनै महर्षि सौभरि नै मानिएका छन् । देवराज इन्द्र र स्वर्वैद्य अश्विनिकुमारको प्रशंसासूचक देखिएका यी दुई सूक्तमा कुल ३६ मन्त्र छन् । यी मन्त्रहरूमार्फत पनि उनले इन्द्र र अश्विनिकुमारको विशेषता वर्णन गर्दै समग्रमा सारा संसारको शान्ति, सद्भाव र समुन्नतिको कामनामै विशद ऊर्जा खर्चेका छन् ।kamal rijal

यसबाहेक उनले अश्विनिकुमारको रथको वर्णन तथा कृषिकर्मको आवश्यकता, प्रयोग र तिनको विकासक्रमलााई जसरी उल्लेख गरेका छन्, तिनलाई त आध्यात्मिक ज्ञानका साथै भौतिक विज्ञानको समेत चरम नमूनाको रूपमा लिन सकिन्छ ।

महर्षि सौभरि मात्र होइन उनका पुत्र कुशिकसमेत वैदिक मन्त्रद्रष्टा ऋषिकै पंक्तिमा रहेका छन् । महर्षि विश्वामित्रको समेत कुल, गोत्रभित्रका सदस्यका रूपमा लिन सकिने यी महर्षि ऋग्वेद मण्डल १० सूक्त १२७ का द्रष्टा ऋषिमा पर्छन् । रात्रिसूक्तको नामले परिचित यस सूक्तमा कुल आठवटा मन्त्र छन् । यी मन्त्रहरूले रात्रिशक्तिको स्वरूप, सामर्थ्य र तिनका कार्यसम्बन्धी यावत् पक्षमा सम्यक् प्रकाश पार्ने प्रयास गरेका छन् ।

ऋग्वेदाचार्य महर्षि सौभरिको पौराणिक दर्शनमा समेत उत्तिकै सम्मानित स्थान छ । श्रीमद्भागवतमा उल्लेख भए अनुसार उनी विशिष्ट तपस्वी मात्र होइनन्, कुशल गृहस्थी पनि हुन् । प्रायः तपस्वीहरू गृहस्थी हुन सक्दैनन् । गृहस्थीहरू तपस्वी बन्न सक्दैनन् । यी दुवै विपरीत धारका दुई नदी हुन् तर उनले यी दुवै नदीमा चल्ने डुङ्गामा एकै साथ गोडा राखेका मात्र छैनन्, दुवै डुङ्गालाई आफू अनुकूल हिँडाउन पनि सफल भएका छन् ।

पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार एकपटक उनी यमुना किनारमा बसेर सन्ध्यावन्दन गरिरहेका थिए । एक मत्स्यदम्पतिको प्रणयलीला देखेर उनलाई पनि विवाह गरी गृहस्थाश्रममा प्रवेश गर्न मन लागेछ तर एउट फुस्रे जोगीले त्यो पनि वृद्धावस्थामा कन्या पाउन त्यति सम्भव थिएन । तैपनि उनले हिम्मत भने हारेनछन् र तत्कालीन सम्राट् मान्धाता राजाको दरबारमा कन्या माग्न गएछन् ।

मान्धाता राजाको ५० वटी छोरी रहेकाले कसो एउटी त नदेलान् भन्ने उनको सोच थियो तर नियतिले भने उनलाई अन्यत्रै डो-याइदियो । राजाले सिधै हुन्छ भन्न सके न हुन्न भन्ने नै आँट गर्न सके । उनी बूढो जोगीलाई आफ्नी नवयौवना छोरी दिन चाहन्थे न ऋषिलाई निराश पारी उनको क्रोधको भागी हुनै चाहन्थे । त्यसैले कूटनीतिले काम लिने विचार गरे र जुन छोरी मान्छिन्, उनैलाई लिएर जानुहोला भन्दै पन्छाउने प्रयास गरे ।

राजकुमारीहरू कसैले पनि उनको प्रस्ताव स्वीकार्दैैनन् भन्नेमा उनी विश्वस्त थिए एउटै मट्याङ्गाराले दुईवटा शिकार गर्न खोेजिरहेका थिए तर सौभरि जस्तालाई राजाको कुटनीति बुझ्न किन बेर लाग्थ्यो र । उनले योगबलद्वारा आफूलाई यति बढी सुन्दर नौजबान बनाएकि उनलाई देख्नासाथ राजकुमारीहरू सबै हनाथाप गर्दैै पछि लागे ।

अन्ततः राजा पचासवटै छोरीको एकैसाथ कन्यादान दिन बाध्य भए । यस प्रसङ्गलाई महर्षि सौभरिले ऋग्वेद मण्डल ८ सूक्त १९ को ३६ औं मन्त्रमा निकै सम्मानपूर्वक ढङ्गले उल्लेख गरेका छन् ।

महर्षि सौभरिले ५० वटी राजकुमारीलाई भोग गरी लामो सयम व्यतित गरे । तैपनि तृप्ति भने मिलेन । त्यसपछि उनी आफैंलाई धिक्कार्दै तीव्र वैराग्य धारण गरी आफूलाई कठोर साधनामा मात्र लगाएनन्, सोही तपाग्निमा समग्र वासनालाई हवन गर्दैै अन्ततः आफैंलाई  समेत हवन गरी परमात्मामा लीन हुन पुगे ।

त्याग, तपस्या र योगबलको बेजोड सङ्गम मानिने महर्षि सौभरिलाई सबै किसिमको सिद्धि प्राप्त थियो । उनी जतिबेला जस्तो रूप धारण गर्न पनि सक्थे र जहाँ जति बेला जसरी प्रस्तुत हुनुपर्छ सोही अनुसार प्रस्तुत हुने गर्थे ।
युवावस्थाबाट वृद्धावस्थातिर जाने प्रकृतिको नियम हो तर उनी त त्यसको समेत विपरीत उभिन समर्थ सफल भएका छन् । उनले युवावस्थाबाट वृद्धावस्थातिर जाने प्रकृतिको नियमलाई पछ्याएका पनि छन् र वृद्धावस्थाबाट युवावस्थामा फर्केर सोही नियमलाई लत्याएका पनि छन् ।
यस्ता कर्तुम् अकर्तुम् सर्वसमर्थ महर्षि सौभरिको भौतिक शरीर त सम्प्रति हामीमाझ छैन तर उनले आफैं प्रयोग भई खराब गतले मानिसलाई कति चाडै फसाउँछ र उसले चाह्यो भने कसरी त्यस्तो सङ्गतबाट आफूलाई बचाउन सक्छ भन्ने जुन सन्देश दिएर गएका छन्, त्यो अहिले झन् बढी सान्दर्भिक हुन पुगेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x