×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले फोहोरबाट मोहोर बनाउन आवश्यक पर्ने श्रोत प्रदेश सरकारबाट पाउने आशा राखेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रदेश सरकारले बजेट कर्णाली प्रदेश सभामा बजेट छलफलकै क्रममा छ ।

Muktinath Bank

वीरेन्द्रनगर नगरपालिकाले नगरमा जम्मा हुने दशौं टन फोहोरलाई मोहोर बनाउन भन्दै ल्याण्डफिल्ड साईट व्यवस्थापन गर्ने भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. एक मा रहेको कृष्ण सामूदायिक वन उपभोक्ता समूहको क्षेत्राधिकारमा पर्ने तारे भीर क्षेत्रमा वीरेन्द्रनगरको फोहोर व्यवस्थापन गर्ने गरी नगरपालिकाले तयारी शुरू गरेको नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विगतमा वर्षायाममा वीरेन्द्रनगरको फोहोरलाई उक्त स्थानसम्म पुर्‍याउन असहज हुने गर्दथ्यो । अहिले पहुँचमार्ग सुधार भइसकेको छ,’ उनले भने, ‘सधैं गाडी फस्ने ल्याण्डफिल्ड साइट नजिकैको एक सय ३५ मिटर भिराला सडकको आरसीसि गरेका छौं । यसकालागि नगरपालिकाले ४५ लाख रुपैंयामा टेण्डर आव्हान गरेको थियो । आशिष निर्माण सेवाले ३० लाख ६९ हजार रुपैंयामा ठेक्का लिई ५० मिटर नालासहित उक्त सडकको निर्माण गरेको हो  ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले सामुदायिक बन क्षेत्रको जग्गाको भोगाधिकारका लागि नेपाल सरकारसँग माग गरि प्राप्त भइसकेको बताए । ‘हामीले पाँच विगाहा जग्गा भोगाधिकारका लागि सरकारसँग माग गरेका थियौं । उक्त जग्गा हाम्रो भोगाधिकार क्षेत्रमा आइसकेको छ,’ उनले भने, ‘अब थप पूर्वाधार विकासको काममा हामी अघि बढ्नेछौं ।’


Advertisment
Nabil box
Kumari

नगरपालिकाले ल्याण्डफिल्ड साईट निर्माणको विस्तृत परियोजना (डिपीआर) निर्माण गरिसकेको छ । परियोजनामा तीन वटा चरणमा काम सक्ने गरी योजना बनाइएको छ । यसकालागि ३४ करोड ५४ लाख ९४ हजार १८७ रुपैंया लागत अनुमान गरिएको नगरपालिकाका इन्जिनियर विशाल अधिकारीले बताए ।

Vianet communication

उनका अनुसार पहिलो, दोश्रो र तेश्रो गरी तीन चरणमा परियोजना सम्पन्न गर्ने योजना डिपीआरमा बनाइएको छ ।

पहिलो चरणका लागि २ करोड २७ लाख ३३ हजार ४१२ रुपैंया लागत अनुमान गरिएको छ । पहिलो चरणकालागि बजेट प्राप्त भइसकेको नगरपालिकाले जनाएको छ । प्रदेश सरकारले दुइ करोड ३५ लाख, एसएनभी नामक संस्थाले एक करोड र नगरपालिकाले ५० लाख बजेट व्यवस्थापन गरेका छन् । पहिलो चरणमा शौचालयको लेदो फोहोर व्यवस्थापन, कुहिने र नकुहिने फोहोरको व्यवस्थापन र कुहिने फोहोरबाट कम्पोष्ट मल निर्माण कार्य गरिनेछ । प्लाष्टिकजन्य फोहोरलाई डिस्पोजल पनि गरिनेछ ।

दोश्रो चरणमा सेक्यूरिटी गार्ड कार्यालय, पार्कींग स्थल, पाइपलाईन विस्तार, ट्रक एरिया निर्माण गर्ने, विद्युत पुर्‍याउने जस्ता महत्वपूर्ण भौतिक संरचना निर्माण गर्ने तयारी नगरपालिकाको छ । यसका लागि १९ करोड ९० लाख ८७ हजार ४२५ रुपैयाँ आवश्यक पर्ने देखिएको छ । यो काम अर्को वर्ष शुरू गर्नुपर्ने भएको बताउँदै नगरपालिकाले श्रोतको खोजी गरिरहेको उपप्रमुख मोहनमाया ढकालले बताईन । यस्तै तेश्रो चरणको काम सम्पन्न गर्नकालागि १२ करोड भन्दा बढी रुपैंया आवश्यक पर्ने उनको भनाइ छ । 

‘तेस्रो चरणको काम सम्पन्न गर्न १२ करोड ३७ लाख ७३ हजार ३५० रुपैंया आवश्यक पर्ने डिपीआरमा उल्लेख छ । यो २० बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य हामीले लिएका छौं । यहाँ विभिन्न संरचना बनाउने, फोहोर फाल्ने स्थानलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना पनि हामी यसमा पछि थप गर्नेछौं,’ उनले भनिन्, ‘अहिले हामी बजेटको खोजीमा छौं । नेपाल सरकार, प्रदेश सरकार, अन्य गैरसरकारी निकायसँग श्रोतका लागि सहयोग गर्न आव्हान गरिरहेका छौं । वीरेन्द्रनगरको फोहोरलाई कसरी मोहोरमा रुपान्तरण गर्न सकिन्छ भन्ने तिर हामीले ध्यान बढी केन्द्रीत गरिरहेका छौं ।’ 

उनले बजेट प्राप्त भएको खण्डमा सुर्खेतको फोहोरलाई पूर्ण रुपमा वैज्ञानिक व्यवस्थापन गर्न सकिने बताइन् । उनले प्रदेश सरकारले राजधानीको फोहोर व्यवस्थापनका लागि आवश्यक बजेटको व्यवस्थापन गर्न तयार हुने अपेक्षा व्यक्त गरिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x