कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
-संक्रमित जिल्लाबाट विभिन्न भित्रि बाटो हुँदै हजारौं व्यक्ति काठमाडौं आइरहेका छन् | उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन।
-काठमाडौं उपत्यकाका अधिकांश अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपूर्व पीसीआर टेस्ट गर्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ।
-काठमाडौंका हरेक जसो ठाउँमा संक्रमित फाट्टफुट्ट देखिएका छन्।
-ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै उमेरका व्यक्तिमा संक्रमण पाइएको छ।
-दर्जनौं स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ।
-विदेशबाट चार्टर फ्ल्याइटमा आइरहेका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छैन। जसले गर्दा उनीहरु घरमा पुगेपछि संक्रमित देखिएका छन्।
-बजारमा भीडभाड गर्ने, व्यक्तिगत दुरी कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षा विधिको अनुगमन र कारबाही गरिएको छैन।
-सबैभन्दा ठूलो कुरा ४० लाख जनसंख्या भएको काठमाडौं उपत्यकामा एकदम न्यून मात्रामा कोरोना टेस्ट गरिएको छ। जति धेरै परीक्षणको दायरा बढायो, त्यति धेरै संक्रमितको पहिचान हुन्छ। जति धेरै संक्रमितको पहिचान भयो संक्रमितलाई आइसोलेसनमा राखेपछि त्यति धेरै स्वास्थ्य व्यक्तिलाई कोरोना संक्रमण सर्दैन।
- स्वास्थ्य मन्त्रालय गुणस्तरहीन थोरै सामग्री किनेर अर्बाैंका बिल बनाउन व्यस्त छ। सरकारलाई कोरोना संक्रमण रोकथामबारे सोंच्नेसम्म फुर्सद छैन।
- आमनागरिकमा डर तथा सतर्कता हराउदै गएको छ। सहि तरिकाले मास्क लगाउनेको संख्या धेरै कम छ। भौतिक दुरी पटक्कै कायम भएको छैन। थुक्ने बानी उस्तै छ। हात धुने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता सुरक्षाविधिलाई झारा टार्ने प्रवृतिको रुपमा स्थापित छ |
समाधानका उपाय –
-उपत्यका शिल गर्ने।
- यहाँ आउनुपर्ने बाध्यता भएका व्यक्तिलाई कि पीसीआर टेस्ट गर्ने कि क्वारेन्टाइनमा राख्ने।
- विदेशबाट नेपाल आएका व्यक्तिहरुलाई अनिबार्य रुपमा पीसीआर टेस्ट गर्ने। संक्रमितलाई आइसोलेसनमा राख्ने। नेगेटिभ रिपोर्ट आए घर पठाउने अनि होम क्वारेन्टाइनमा राख्ने।
- सहि तरिकाले मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, भीडभाड नगर्ने जस्ता उपायलाई अनुगमन र जरिवाना गर्ने।
- बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, अस्पताल आदि ठाउँमा समय लिएर मात्र सेवा लिने / दिने।
- अनलाइन प्रविधिलाई सकेसम्म बिस्तार गर्ने | गाहकलाई प्रशिक्षित गर्ने | टेलिमेडिसिनको विस्तार गर्ने।
- यस्तो विपद्मा पनि अनियमित काम गर्ने तथा आफ्नो जिम्मेवारी बहन नगर्ने पदाधिकारीलाई पदमुक्त गर्न दवाव दिने। कानुनी कारबाहीको लागि नागरिकले पहल गर्ने।
- प्रत्येक वडा कार्यालय, नगरपालिका, महानगरपालिका, सांसद, अस्पताल, स्वास्थ्य मन्त्रालय तथा सरकारलाई दवाव दिएर पीसीआर टेस्ट को दायरा बढाउन जनताले पहल गर्ने। पुलिङ्ग मेथडबाट टेस्ट गर्न दवाव दिने। निजी प्रयोगशालामा पीसीआर टेस्ट गर्न दवाव दिने। दवाव बिना परिक्षणको दायरा बढ्ने लक्षण देखिएन।
- तरकारी बजारदेखि भीडभाडमा किनमेल गर्न नजाने। नागरिक आफैले सुरक्षाविधि अपनाउने। जेष्ठ नागरिक तथा दीर्घ बिरामीलाई घरभित्र पनि आइसोलेसनमा राख्ने।
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...