×

NMB BANK
NIC ASIA

यस्तो छ कोरोना संक्रमित कांग्रेस नेता जीवनबहादुर शाहीको दैनिकी

साउन ४, २०७७

NTC
Premier Steels

कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीको असार २८ गते स्वाब संकलन गरियो ।

Muktinath Bank

जहाजमा हुम्ला जानु पर्ने र उक्त जहाजले पिसिआर रिर्पोट मागेपछि उनी पिसिआर जाँच गराउन गएका थिए । २९ गते उनमा कोरोना संक्रमण भएको पुष्टि भयो । उनीसँगै चौविसै घण्टा बस्दै आइरहेका उनका स्वकीय सचिव राज रोकायामा कोरोना नेगेटिभ देखियो । उनी कोरोना संक्रमति भएको आज आठौं दिन हो । हाल उनको स्वास्थ्य स्थिति सामान्य छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुरुमा मिडियामा आउन नचाहेका शाही शाही विभिन्न मिडियामा बारम्बार समाचार र तस्विर सार्वजनिक भएपछि उनी अहिले खुलेर मिडिया सामु आउन थालेका हुन । लोकान्तरसँग कुराकानी गर्दै नेता शाही आफूमा कोरोना संक्रमण भएको सन्देश बाहिर जाँदा जनमानसमा नकारात्मक प्रभाव पर्छ कि भन्ने ठानेर सार्वजनिक नभएको बताउँछन् ।


Advertisment
Nabil box
Kumari

‘सबै कार्यकर्ता, नेतामा कोरोना त्रास फैलिन्छ कि भनेर प्रचार गर्न खोजेको थिएन,' उनले भने, ‘सबैले थाहा पाइसकेपछि आजकाल दैनिक रुपमा फोन रिसिभ गर्नेकाम गरिरहेको छु ।’

Vianet communication

यस्तो छ उनको दैनिकी

कर्णाली प्रदेशका प्रभावशाली नेता शाही पूर्व मन्त्रीसमेत हुन । उनका स्वकीय सचिव रोकायाले नेता शाहीको दैनिकीको यसरी व्याख्या गरे ।

‘उहाँ विहान पाँच बजे उठ्नुहुन्छ । नियमित एक्सरसाइज, योगा व्यायाम गर्नु हुन्छ । त्यसपछि नुहाउने काम गर्ने गर्नुहुन्छ । बेलुका पनि एक घण्टा नियमित व्यायाम गर्ने, ध्यान गर्ने गर्नुहुन्छ । दिउसो पार्टी काममा उहाँ फर्किसक्नु भएको छ । फोनहरु रिसिभ गर्ने, आवश्यक निर्देशन दिने, कार्यकर्ताको मनोबल उच्च बनाउने कामहरु फोनमार्फत गर्दै आउनु भएको छ ।’

उनी थप्छन् - ‘खाना नियमित रूपमा खाइरहनुभएको छ । कोरोना संक्रमण हुनुभन्दा पहिलेकै खाना खाइरहनुभएको छ । खानाको रुचिमा तलमाथि भएको छैन । बिहान ब्रेकफास्ट, त्यसपछि दाल र भात, अनि बेलुका रोटी तरकारी खाइरहनु भएको छ । कोरोना संक्रमण भएको शुरूका दिनमा मनोबल उच्च थियो । दोश्रो दिनमा उहाँ केही तनावमा जानु भयो । त्यसरी तनावामा जानुको एकमात्र कारण घरपरिवारको चिन्ता, कार्यकर्ताको चिन्ता नै थियो । मिडियामा तस्वीरसहित समाचार प्रकाशन भएपछि केहि तनाव भएको हो । तर अहिलेसम्म उहाँको स्वास्थ्यमा केही पनि समस्या आएको छैन । उल्टै  हामीलाई सम्झाइरहनु भएको छ ।’

नेता शाहीले इम्युनिटी ताकत बढाउनतिरै बढी ध्यान दिएका छन् । मह, गुर्जो, अदुवापानी, हल्दीपानी, लसुनपानी नियमित प्रयोग गरिरहेका छन् । हुम्लाबाट जडिबुटी पठाइएको छ ती सबैको प्रयोग निरन्तर गरिरहेका छन् । इम्युनिटी पावर बढाउन र गला सफा गर्न दैनिक चार पटक तातो बाफ लिइरहेका छन् । स्वास्थ्यमा कुनैपनि समस्या नआएका कारण अहिलेसम्म स्वास्थ्य जाँच गर्न गरेका छैनन् ।

‘कोरोना संक्रमण देखिँदा वित्तिकै हामी पनि आत्तिएका थियौं । तर उहाँले हामीलाई उल्टो सम्झाइरहनु भएको थियो । सुगर प्रेसरको औषधी नियमित लिइरहनु भएको छ । नागरिकसँग चाँडै जिल्लामा आउँछु भनेर भनिरहनु भएको छ,' रोकायाले उनको दैनिकी लोकान्तरलाई सुनाए ।

यता नेता शाहीले कोरोना संक्रमण त्यति खतरनाक रोग प्रचार गरिए जस्तो नभएको बताए । ‘जसरी अफवाह फैलाइएको थियो त्यस्तो रहेनछ यो नियमित रोग जस्तै रहेछ । यसले मानसिक रुपमा मात्रै टाढा बनाउने रहेछ,’ उनले भने, ‘नियमित व्यायाम गर्न आवश्यक छ । जतिधेरै व्यायाम गर्‍यो त्यति नै राम्रो हुने रहेछ । कोरोना आतंक विश्वमा हल्लाको आधारमा फैलाइएको हो कि जस्तो मलाई लागेको छ ।’

उनले कोरोना संक्रमण फैलिने प्रणाली पनि अनौठो रहेको बताए । ‘मलाई कसरी संक्रमण भयो थाहै भएन । मेरो सम्पर्कमा आएका सयौं जनामा कोरोना देखिएन । अहिले घरमा पहिले जस्तै बसिरहेका छौं । छुनै हुन्न भन्ने भावना गलत रहेछ,' उनले भने, ‘दशौं या एघारौं दिनमा स्वाव जाँच गर्ने सल्लाह भएको छ । त्यसपछि म उक्त नतिजा हेरेर गाउँ जाँने योजनामा छु ।’

उनले कोरोना लाग्नु कुनै जुनिको पाप नभएको बताउँदै समाजमा कोरोना संक्रमित भएका व्यक्तिलाई सहज रुपमा लैजान आग्रह गरे । ‘कोरोना संक्रमित व्यक्ति भनेपछि एक खालको बन्देज समाजमा छ । उसलाई हेर्ने नजर फरक छ । माया बढि चाहिने, सहयोग बढी चाहिने समयमा उसलाई एक्लै बनाउनु पर्ने संरचना निर्माण गरिएको छ । यो राम्रो होइन,' उनले भने, ‘म बाहिर मात्रै आएको छैन । अन्य सबै काम गरिरहेको छु । समाजले कोरोनालाई रुघाखाकी जस्तै गरी लिन आवश्यक छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x