×

NMB BANK
NIC ASIA

वीरेन्द्रनगरमा चैते धान पाक्दा कृषकसँगै कर्णाली सरकार मुस्कुरायो, आगामी वर्ष बिउ बाँड्ने तयारी

साउन १०, २०७७

NTC
Premier Steels

वीरेन्द्रनगरमा चैते धान पाक्न शुरू भएको छ । वीरेन्द्रनगर नगरपालिकामा २०४८ भन्दा पहिले चैते धान रोप्ने गरिएपनि त्यसपछि खेति हुन छाडेको थियो ।

Muktinath Bank

झण्डै तीन दशकपछि सुर्खेत उद्योग वाणिज्य संघका उपाध्यक्ष दिपेन्द्र ढकालले वीननपा ११ धुलियाविटमा सप्तरीको जलेश्वरबाट ‘हर्दिनाथ–३’ जातको चैते धान रोपेको सवा तीन महिना पुग्नै लाग्दा धान पाकेपछि उनमा खुशी छाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यो धान सामान्यतया एक सय बीस दिनमा पाक्ने गर्दछ । मैले सुरुवाती मात्रै गरेको हो । जग्गा बाँझो राख्नु भन्दा चैते धान नै रोपेर भएपनि उत्पादनमा हात हालौँ कि भनेर रोपाई गरेको हो,’ उनले भने, ‘अहिले अनुमानित प्रति रोपनी पाँच मुरी धान फल्ने अपेक्षा छ । १२ रोपनी जग्गामा मैले धान रोपेको हो ।’


Advertisment
Nabil box
Kumari

उनले लकडाउनका कारण चैत महिनाको एक दुइ गते नै रोप्नु पर्ने धान रोपाई ढिलो भएको बताए । ‘चैत महिनाको एक दुई गते नै धान रोपाइँका लागि जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागेको थिएँ । मैले धान चैत २८ गते रोपेको हो,’ उनी भन्छन्, ‘मौसममा सुधार भएको खण्डमा आगामी एक दुई दिनमा धान काट्ने र वर्षे धान रोप्ने तयारी गरेको छु ।’

Vianet communication

उनले चैत पछि खेत बाँझो राख्नु भन्दा यसरी धान रोपेको खण्डमा किसानले दोहोरा फाइदा पाउने बताए ।

उनले त्यहाँ माछा पालन पनि गरिरहेका छन् । ‘माछा पालन गरेको पानी मलिलो हुन्छ र खेति पनि हुन्छ भन्ने लागेर धान रोपेको हो ,’ उनी भन्छन्, ‘साउन २५ भित्र धान रोपेर सक्ने योजना छ ।’

यता, वीरेन्द्रनगरमै चैते धान फलेको देखेपछि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी चैते धान रोपाइँलाई प्रदेश भर नै विस्तार गर्ने योजनामा छिन् ।

‘सल्यान, जाजरकोट, दैलेखलगायतका पहाडी जिल्लाको सिंचाइ  हुने स्थानमा आगामी चैतमा यो धानको बिउ बाँड्ने र धान खेति गर्न प्रोत्साहन गर्ने योजना मन्त्रालयले बनाउँछ,’ उनी भन्छिन्, ‘बिउ खरिद गर्ने, मूल बीउ उत्पादन गर्ने जस्ता कार्यक्रम ल्याउन हामी लाग्नेछौँ । उहाँको बारीमा फलेको धान हेर्दा कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन चैते धानले महत्वपूर्ण योगदान दिने अपेक्षा मैले गरेकी छु ।’

उनले सुरुको चरणमा सिंचाई हुने स्थानमा रोपाई गरिने र त्यसपछि भौतिक पूर्वाधार निर्माण गरेर चैते धानलाई गर्मी हुने स्थानमा फलाउने गरी सरकार अघि बढने बताइन् । ‘अहिले सिंचाई हुने र गर्मी हुने स्थानमा मात्रै यो धान खेती गर्ने गरी हामी अघि बढ्छौँ,’ उनले भनिन्, ‘त्यसपछि सिंचाई लगायतका पूर्वाधारहरुको विकास गरेर उत्पादन हुनसक्ने स्थान छानेर यो धानको खेति गर्ने योजना बनाउँछौं । यसले कर्णालीमा खाद्यान्न उत्पादनमा ठूलो योगदान दिने हाम्रो अपेक्षा छ ।’

उनले लकडाउनका कारण उत्पादनमा असर पर्ने देखिएको भएपनि त्यसलाई कम गर्न मन्त्रालयले विभिन्न कोणबाट अध्ययन गरिरहेको बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x