×

NMB BANK
NIC ASIA

गुर्भाकोट नगरपालिका वडा नं. तीनका सौरभ नेपालीको खोलाले बगाउँदा करिब डेढ महिना अघि ज्यान गयो । उनको ज्यान गएको केहि समयमा नै वीरेन्द्रनगर स्थित राष्ट्रिय बीमा कम्पनी लिमिटेडले सौरभका आफन्तलाई २ लाखको चेक हस्तान्तरण गरेको छ ।

Muktinath Bank

पञ्चपुरी नगरपालिकाका तुलाराम पुरीको पहिरोमा परेर ज्यान गयो । उनका नजिकका हकवाला महेश पुरीले दुइ लाखको चेक प्राप्त गरे । सोही नगरपालिकाका नन्दा पुलामीको पनि पहिरोमा परेर ज्यान गयो । उनका श्रीमान डम्बर बहादुर पुलामीले कम्पनीबाट रु २ लाखको चेक प्राप्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'विगतमा भन्दा यो पटक सरकारले राम्रो व्यवस्था गरेको रहेछ । कम्तिमा हामीले आफन्त गुमाए तापनि सरकारले क्षतिपुर्ति स्वरुप २ लाख रुपैंया दिएको छ । यसले केहि हदसम्म पीडामा मल्हम लगाउने काम गरेको मैले महसुस गरेको छु,' नन्दाका श्रीमान डम्बरले भने, 'दुःखमा परेका हामी जस्ता नागरिकका लागि सरकार भएको महसुस गरेको छु । कम्तिमा २ लाख रुपैंया पाउँदा क्रिया खर्च जुटाउन समस्या भएन । सरकारको यो काम ऐतिहासिक छ ।'


Advertisment
Nabil box
Kumari

उनी मात्रै होइनन्, प्रदेश सरकारले कर्णालीका १७ लाख ७० हजार नागरिकको सामुहिक दुर्घटना बीमा गरेको एक वर्ष पुगेको छ । सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७६ असोज एक गते एक भव्य कार्यक्रमका बीच यो कार्यक्रम लागु भएको घोषणा गरेका थिए ।

Vianet communication

यो एक वर्षमा मात्रै कर्णालीमा प्राकृतिक विपत्तिमा परेर ७२ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यी मध्ये अधिकांशको कागजात सरकारले कम्पनीमा बुझाएको छैन ।

'हामीले आवश्यक कागजात आएको मृतक व्यक्तिहरुका हकवाला परिवारलाई हामीले चेक हस्तान्तरण गर्ने गरेका छौं । सुर्खेतका तीन जनाले दावी भुक्तानी पाइसक्नु भएको छ । कालिकोट पहिरोमा परेर ज्यान गुमाउने अन्य पाँच जनाको चेक तयार भइसकेको छ ।  सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयसँगको सहकार्यमा ति चेकहरू केहि दिनमै हामी हस्तान्तरण गर्छौं,' बीमा कम्पनी सुर्खेतका प्रमुख तोर्ण प्रसाद सुवेदीले भने, 'सरकारले जति सक्दो छिटो अन्य व्यक्तिको कागजात दिएको खण्डमा वीमा रकम तत्काल उपलब्ध हुने छ ।'

सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयमार्फत कागजात मगाइएको तर सबैको आइ  नसकेको बताए ।

'हामीले कागजात मगाएका छौं । अहिलेसम्म २५ जनाको कागजात आएको छ । त्यो बीमा कम्पनीमा पठाएका छौं,' उनले भने, 'अहिले मन्त्रालयबाटै कर्मचारी खटाएका छौं । कागजात आइ पुग्ने वित्तिकै उहाँहरुको खातामा नै २ लाखका दरले रकम जम्मा गर्नेछौं ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x