×

NMB BANK
NIC ASIA

प्रदेश ५ को राजधानी विवाद

महामारीमा मान्छेको ध्यान भड्काउन दाङलाई राजधानी प्रस्ताव गरियो- बालकृष्ण खाँण [अन्तर्वार्ता]

असोज १९, २०७७

NTC
Premier Steels

नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को राजधानी तोक्ने विषयमा प्रदेश सभाले पेश गरेको प्रस्तावमाथि छलफल अवरुद्ध गर्ने निर्णय गरेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी दाङ बनाउने भन्दै गरेको प्रस्तावप्रति नेपाली कांग्रेस रुष्ट बनेको हो ।

Muktinath Bank

राजधानीलाई लिएर संघीय राजधानी काठमाडौंमा पनि बहस चर्को गरी चलेको छ । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले कोरोना महामारी नियन्त्रण गर्न असफल भएको सरकारले प्रदेश राजधानी दाङ लैजाने प्रस्ताव पेश गरेर जनता भड्काएको आरोप लगाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोमवार लोकान्तरसँग कुरा गर्दै खाणले जनतामाथि अर्बौंको व्ययभार थोपर्ने गरी दाङमा राजधानी सार्ने प्रदेश सरकारको निर्णयलाई चुनौती दिएका छन् । प्रस्तुत छ, खाँणसँग गरिएको कुराकानीको सम्पादित अंश -


Advertisment
Nabil box
Kumari

प्रदेश ५ को स्थायी राजधानी दाङ तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएको छ . प्रदेश सभाको दुई तिहाइ बहुमतले निर्णय लेला, तर तपाईंहरूको आन्दोलन किन ?

Vianet communication

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाखेरि तत्कालीन सरकारले प्रदेश ५ को राजधानी बुटवल तोकेको हो ।

बुटवलमा हवाई यातायात, सडक यातायातको सञ्जाल पनि राम्रो छ । सबै भू-भाग र जिल्लाबाट आउन सहज पनि छ । विदेश जानका लागि पनि हवाई, रेल र अन्य यातायातको सञ्जाल पनि जोडिएको छ ।

पोखरा जानुपर्‍यो भने पनि सडक यातायातको सञ्जालमै छ । अन्तर्राष्ट्रिय उडान पनि कोभिड- १९ को संकट नआएको भए सुचारू भइसक्थ्यो ।

बुटवलमै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पनि बनाइएको छ । बुटवलमा प्रदेशको राजधानीका लागि ठूलो लगानी पनि भइसकेको छ ।

मुख्यमन्त्रीको कार्यालय छ, मन्त्रीहरूको कार्यालय छ । विभागहरू बनिसकेको छ । बुटवलमै स्थायी राजधानी बनाउने हो भने राज्यको ढुकुटी थोरै खर्चमा पनि हुन सक्छ । नयाँ ठाउँमा सारियो भने राज्यको ठूलो ढुकुटी जान्छ ।

भौतिक पूर्वाधार पनि तयार गर्नुपर्‍यो । सुरक्षाका हिसाबले, स्वास्थ्य व्यवस्थापन, उद्योग व्यवसाय सबै कारणले प्रदेश राजधानी बुटवल उपयुक्त हुन्छ भन्ने हो ।

राजधानी त घोषणा गर्नुपर्ने नै थियो, फेरि बुटवल आफैं विकसित छ । अर्को कुनै शहर राजधानी हुनै सक्दैन भन्ने तपाईंहरूको कस्तो खालको तर्क हो ?

पहिला भौतिक पूर्वाधार भएरै अस्थायी राजधानी गराउनु पर्‍यो । अहिले संघीय सरकारसँग पनि पर्याप्त बजेट पनि छैन । महामारीका कारणले आर्थिक स्थिति कमजोर बनिरहेको अवस्था छ ।

राजस्व पनि घटिरहेको छ । प्रदेश सरकारसँग पनि पर्याप्त बजेट नभएको अवस्थामा राजधानी सार्न खोज्ने काम सही भएन । जनताका लागि पनि उचित छैन, राज्यका लागि पनि उचित छैन, करदाता व्यवसायीहरूका लागि पनि उचित छैन । त्यसकारणले प्रदेशकै जनताको वृहत्तरका लागि पनि बुटवल नै राजधानी हुनुपर्छ भन्ने मेरो कुरा हो ।

यस्तो बेलामा जनताको जिउधनको सुरक्षा गर्नुपर्ने हो । कर्मचारीलाई त्यही ढंगले आश्वस्त पार्नुपर्ने हो ।

अब लक-डाउनका कारण उद्योग धन्दाहरू ठप्प भएको अवस्था छ । श्रमिकहरू बेरोजगार भएका छन् । सरकारले आफ्नो बजेट किसान, श्रमिकका लागि खर्च गर्नुपर्ने यो अवस्थामा नयाँ ठाउँमा राजधानी सारेर राज्यको ढुकुटी मास्ने निर्णय त गर्नुभएन नि !

उद्योग व्यवसाय, यातायात, हवाई कम्पनीको हालत पनि नाजुक अवस्थामा छन् । एक त बुटवल उचित ठाउँ पनि हो । सुरक्षाको प्रबन्ध पनि छ । यस्तो बेलामा राजधानी सार्न खोज्नु बिल्कुलै उपयुक्त भएन भन्ने हाम्रो भनाइ हो ।

भनेपछि नेकपाले जनतामाथि थप व्ययभार थोपर्ने गरी राजधानी दाङ लैजाने निर्णय गरेको हो ?

यो बेलामा राजधानी सार्न खोजेर रडाको मचाउनु राजनीतिक हिसाबले पनि, प्रशासनिक हिसाबले पनि र प्रदेशको व्ययभारका हिसाबले पनि उपयुक्त छैन । झनै यसले जनतालाई आन्दोलित पनि गराएको छ ।

यसका लागि व्यापक रूपमा छलफल गर्न सकिन्थ्यो । एउटा सहमतिमा गएर कुनै निष्कर्ष निकाल्न सकिन्थ्यो । त्यता नगएर मुख्यमन्त्रीले एकदमै आफ्नो अहमता प्रदर्शन गर्नका लागि हठात् नाटकीय ढंगले प्रस्ताव ल्याए । त्यसले द्वन्द्व पनि सिर्जना भयो । प्रदेशलाई सस्टेन गराउन पनि गाह्रो हुने भयो ।

प्रदेश सभाका सांसदहरूले सार्वभौम निर्णय गर्ने अधिकार राख्दैनन् र ? माथिबाट नेतृत्वले किन प्रेसर बनाइरहेको छ ?

प्रदेश सभाले निर्णय गर्ने हो, ठीक छ । त्यसका लागि प्रदेश सभाभित्र पनि सहमति गर्ने, कुराकानी गर्ने, विकल्पहरूको कुरा गर्ने हुन सक्थ्यो नि ! त्यहाँ प्राविधिक विज्ञहरूको रिपोर्ट पनि छ । सरकारले बनाएको एउटा रिपोर्ट पनि छ । प्रदेश सभा आफैंले पनि विशेष राजधानीसम्बन्धी अनुगमन समिति बनाएको थियो, त्यसको रिपोर्ट पनि छ । त्यहाँ विभिन्न विकल्पहरू दिइएको छ । सबैभन्दा उपयुक्त विकल्प प्रदेश सभाबाट नै सहमति जुटाउन सकिन्थ्यो ।

सहमति जुटाउन कुनै प्रयास नगर्ने अनि शीर्ष नेताहरूले सहमति जुटाए । प्रदेशको जुन अधिकार हो त्यसलाई नेकपा पार्टी केन्द्रको तहले इच्छा र अनिच्छाका आधारमा टुंग्याउदै जाने हो भने त संविधानले प्रदेश सभालाई दिएको अधिकारबाट पनि प्रदेश सभाका सदस्य र आम नागरिक कुण्ठित हुने अवस्था आउँछ ।

राजधानीका विषयमा निर्णय गर्दा पार्टीकोह्वीप लाग्छ कि लाग्दैन ?

यसमा प्रदेश सभाका सदस्यहरूले आफूलाई कसरी लिन्छन्, त्यसमा भर पर्छ । सामान्यतया सहमति जुटाएर प्रस्ताव गरेको भए ह्वीप चाहिने थिएन । नेकपा अधिकांश नेताहरू राजधानी नसार्ने पक्षमै छन् । तर पार्टीका शीर्ष नेताहरूले नै जबर्जस्ती निर्णय गरेर ह्वीप लगाउन थालेको जस्तो देखिन्छ । सत्तासीन पार्टीले ह्वीप लगाउन थालेपछि अन्य पार्टीहरूले पनि मतदानका लागि ह्वीप लगाउनुपर्ने हुनसक्छ ।

त्यसो भए कांग्रेसले पनिह्वीपलगाउँछ ?

ह्वीप नलगाउनुपर्ने हो । सत्तासीन पार्टीले नै ह्वीप लगाउँछ भने त्यसको प्रतिक्रियामा अर्को पार्टीले पनि आफ्नो विज्ञप्ति निकाल्ला ।

उताका सांसदले उतै हुनुपर्छ भन्ने र यताकाले यतै हुनुपर्छ भन्ने गरेका छन् । नेकपा र कांग्रेस दुवैमा बुझाइमा एकरूपता त देखिएन नि !

राजधानीलाई स्थानीय जनप्रतिनिधिहरूले आफ्ना जनतालाई पायक पर्ने गरी आफ्नो अभिमत राख्नु चाहिँ त्यो सामान्य कुरा भयो । तर प्रदेशको हरेक ठाउँमा राजधानी बनाउने कुरा भएन । एक ठाउँमा बनाउनुपर्ने हो । अहिले पुरानो राजधानीको भौतिक पूर्वाधार तयार भइसकेको अवस्थामा राजधानी बनाउँदा कम लागतमा राजधानी विकसित हुन सक्छ ।

धेरै लामो समयपछि म अर्को शहर बनाउँछु भनेर लिडरसीपले सोच्यो भने अर्को कुरा हो । तर यो त तत्काल हुने कुरा हो । बुटवलमा भइरहेको राजधानीलाई दाङ सार्छु भनेर सोच्यो भने अर्को कुरा हो ।

हरेक हिसाबको पूर्वाधार लैजानुपर्‍यो । सुरक्षाको पूर्वाधार, स्वास्थ्यको पूर्वाधार, शिक्षाको पूर्वाधार, उद्योग धन्दा व्यवसाय लैजानुपर्‍यो । मुख्यमन्त्रीको कार्यालय लैजानुपर्‍यो, न्यायपालिका लैजानुपर्‍यो । संसद् भवन नै लैजानुपर्‍यो ।

त्यसपछि विदेशी आए भने त्यो स्तरको गेस्ट हाउस चाहियो । हवाई र यातायात सुविधा पुर्‍याउनुपर्‍यो  त्यो गराउन त लामो कोर्स लाग्छ । प्रदेशको नयाँ शहर विकसित गराउने हो भने छुट्टै छलफलबाट नयाँ हिसाबले जान सकिन्छ नि त !

मुख्यमन्त्रीको अहिलेको ध्यान त आफ्नो प्रदेशमा अकालमा कसैको मृत्यु नहोस् भन्नेमा जानुपर्ने थियो । नागरिकको जीवन रक्षा होस्, बेरोजगार नबनोस् भन्ने सोच्नुपर्नेमा राजधानी सारेर उहाँले ठूलो धनराशि, अर्बौं रुपैया नयाँ राजधानी बनाउन लगाउने हो भने त्यसको व्ययभार त जनतामाथि नै पर्छ नि !

प्रदेश सभाको अंकगणित, कांग्रेसको पक्षमा छैन, यदि राजधानी दाङ नै भयो भने आन्दोलन गरिरहने हो त तपाईंहरूले ?

हामीले पहिला बुटवलमा निर्णय गर्‍यौं। हाम्रो पार्टीको सभापति, पार्टीकै प्रधानमन्त्री हुँदा त्यो निर्णय गरिएको हो । त्यतिबेलाकै निर्णय यथावत नै होस् भन्ने हाम्रो चाहना त छँदैछ । यसबारेमा अन्तिम निर्णय चाहिँ हाम्रो प्रदेश सभाको संसदीय दलका नेताले गर्नुहुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x