×

NMB BANK
NIC ASIA

कर्णालीमा छापामार शैलीमा अविश्वास प्रस्ताव आएपछि प्रचण्ड सक्रिय, ओलीलाई भने– फिर्ता लिन भन्नुस् !

असोज २६, २०७७

NTC
फाइल फोटो
Premier Steels

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश संसदीय दलका बहुमत सदस्यले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपामा विवादले नयाँ मोड लिएको छ । 

Muktinath Bank

आजको ठीक एक महिनाअघि बसेको स्थायी कमिटी बैठकले गरेका निर्णयविपरीत 'छापामार शैलीमा एक्सन' लिइएपछि नेकपाको एकता पुनः विग्रहमा परिणत भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपालनिकट केही नेताहरूले कर्णाली प्रदेशमा गरिएको अभ्यास अन्य प्रदेशमा पनि गरिने चेतावनी दिएका छन् । 


Advertisment
Nabil box
Kumari

स्रोतका अनुसार प्रदेश सह-इञ्चार्जसमेत रहेका ओलीनिकट नेता यामलाल कंडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पूर्व माओवादी केन्द्रका ३ सहित १८ प्रदेश सांसदहरूको हस्ताक्षर जुटाएर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको 'जागिर खान' खोजेका हुन् । 

Vianet communication

'स्थायी कमिटी बैठकले गरेको निर्णयविपरीत प्रधानमन्त्री ओलीको प्रत्यक्ष संलग्नतामा कर्णाली प्रदेशको मुख्यमन्त्रीको जागिर खान खोजिएको छ,' स्रोतले दाबी गर्‍यो । 

कँडेलसहित १८ जनाले संसदीय दलको कार्यालयमा आइतवार अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । कँडेललाई प्रधानमन्त्री ओलीले मुख्यमन्त्री बनाउन चाहेको भएपनि कर्णाली प्रदेश पूर्व माओवादीको भागमा परेकाले कँडेलको मुख्यमन्त्री बन्ने सपना टुटेको थियो । 

यही विषयलाई लिएर सोमवार बिहान अध्यक्ष प्रचण्डनिवास खुमलटारमा नेकपाका शीर्ष नेताहरूको भेला आयोजना गरिएको थियो । भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, सचिवालय सदस्य रामबहादुर थापा 'बादल', स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, युवराज ज्ञवाली लगायतका नेताहरू जम्मा भएका थिए । 

भेलामा कर्णाली प्रदेशमा छापामार शैलीमा मुख्यमन्त्री फेर्न लागिएको भन्दै अधिकांश नेताहरूले आपत्ति जनाएका थिए । 'अस्ति भर्खर स्थायी कमिटी बैठक बसेर गरेको निर्णयलाई चुनौती दिने गरेर जस्तो अभ्यास गर्न खोजिएको छ, त्यो ठीक छैन भन्ने निष्कर्ष निस्क्यो,' भेलामा सहभागी एक नेताले लोकान्तरसँग भने । 

भेलापछि अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । दुवै अध्यक्षबीच करीब १ घण्टा कुराकानी भएको थियो । 'कुराकानी मूलतः कर्णालीकै विषयलाई लिएर भयो,' स्रोतले लोकान्तरसँग भन्यो । 

स्रोतका अनुसार प्रचण्डले ओलीलाई कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीविरुद्ध राखिएको अविश्वासको प्रस्ताव फिर्ता लिन लगाउन आग्रह गरेका थिए । ओलीले आफ्नो निर्देशनमा यस्तो नभएको प्रस्ट पारे । कर्णाली प्रदेशको विषय भएकाले कर्णालीकै सांसदहरू यसमा जिम्मेवार भएको ओलीको तर्क थियो । 

कर्णाली प्रदेशमा नेकपाको जम्मा ३३ सीट रहेको छ । ३३ मध्ये १२ ओलीनिकट, ८ नेपालनिकट र १३ प्रचण्डनिकट सांसदहरू रहेका छन् ।

मुख्यमन्त्री शाहीविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमध्ये ३ पूर्व माओवादीका सांसद रहेका छन् भने बाँकी पूर्व एमालेका सांसदहरू रहेका छन् ।

नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले स्थायी कमिटी बैठकले पार्टी फुट्ने स्थितिबाट जोगाएकाले बैठकका निर्णयअनुसार सबै अघि बढ्नुपर्ने बताए । 

'बल्लतल्ल मिलाएको विवाद पुनः बल्झिएको छ यो सही भइराखेको छैन,' ज्ञवालीले लोकान्तरसँग भने, 'अराजकता निम्त्याउन खोजिएको छ । जसको निर्देशनमा यो भइरहेको छ, उसले पार्टी एकतालाई अटुट राख्न नचाहेको भन्ने बुझ्नुपर्छ ।'

उनले नेकपामा पुनः गाईजात्रा शुरू भएको टिप्पणी गरे । 'स्थायी कमिटी बैठकले पार्टीलाई विधि पद्धतिबाट चलाउने निर्णय गरेको थियो, निर्णय गर्ने अधिकार सचिवालय बैठकलाई दिएको थियो । तर सचिवालयमा निर्णय भएको छैन । दुई अध्यक्षबीच भएको भेटघाटले पनि कुनै निष्कर्ष निकालेको छैन । व्यक्तिगत स्वार्थले न मुलुकको हित गर्छ, न नेकपाको,' उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x