×

NMB BANK
NIC ASIA

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले नेपालका सबै राजनीतिक पार्टीका शीर्ष नेताहरूसँग भर्चुअल अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । 

Muktinath Bank

मंगलवार दिउँसो १ बजे सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विदेश विभाग प्रमुख माधवकुमार नेपालसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायतका दलका प्रतिनिधिसँग सीपीसीका विदेश विभाग प्रमुख सङ ताओ नेतृत्वको टोलीले अन्तर्क्रिया गर्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीपीसीले सबै राजनीतिक दलका प्रतिनिधिसँग एकैपटक छलफल गर्न लागेको यो पहिलो पटक हो । स्रोतको दाबीअनुसार अन्तर्क्रियामा ‘ट्रान्सहिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ (हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल)का विषयमा चिनियाँ पक्षले आफ्नो कुरा राख्नेछ र नेपालका राजनीतिक दलहरूबाट प्रतिबद्धता खोज्नेछ ।


Advertisment
Nabil box
Kumari

पछिल्लो समय चीनसँग गरिएका सम्झौताहरू कार्यान्वयन गर्न नेपालले आलटाल गर्न खोजेको बुझाइ चीनको रहेको छ । चीनले सम्झौता कार्यान्वयनमा नेपालका सबै दलका नेताहरूको संयुक्त प्रतिबद्धता यही कारण खोजेको हुनसक्ने अनुमान मिटिङमा सहभागी हुन निम्तो आएका एक नेताले लोकान्तरलाई बताए ।  

Vianet communication

एक वर्षअघि सीपीसीले नेकपासँग होटेल याक एण्ड यतिमा अन्तर्क्रिया गरेको थियो । अन्तर्क्रियामा चीनमा कम्युनिस्ट पार्टीको संरचना, समृद्धिको चिनियाँ मोडेल लगायतका प्रस्तुतीहरू चीनका तर्फबाट भएका थिए । चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउनुअघि गरिएको अन्तर्क्रिया कार्यक्रमपछि नेकपाले सी विचारधारा अँगाल्न खोजेको टिप्पणी भएको थियो । 

त्यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली राजनीतिमा चिनियाँ हस्तक्षेप भएको भन्दै सार्वजनिक असन्तुष्टि नै व्यक्त गरेको थियो । तर भोलि हुने अन्तर्क्रियामा भने कांग्रेसका तर्फबाट प्रतिनिधिहरू सामेल हुनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x