×

NMB BANK
NIC ASIA

पोखराका वरिष्ठ उद्योगपति, सांसद एवं समाजसेवी सूर्यबहादुर केसीको निधनले सिंगो पोखरा शोकमा डुबेको छ । नेपालको हाइड्रो, खाद्य, शिक्षा, बैंकिङ, हाउजिङ, मिडिया लगायत विविध क्षेत्रमा संलग्न रही अतुलनीय योगदान पुर्‍याएका केसी सोमवार राति यो धर्तीबाट बिदा भएका हुन् । 

Muktinath Bank

प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका केसीको ६३ वर्षको उमेरमा आफ्नै निवास पोखरा महानगरपालिका वडा ७ एयरपोर्टनजिक राति साढे १० बजे निधन भएको हो । उनको मंगलवार बिहान पोखराको रामघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको पार्थीव शरीरमा नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले पार्टीको झन्डा ओढाइ अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । उनको शवयात्रा तथा अन्त्येष्टिमा परिवारजन, आफन्त, इष्टमित्र, राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, शुभचिन्तक लगायत ठूलो संख्यामा उपस्थित थिए । 


Advertisment
Nabil box
Kumari

२०१४ जेठ १४ मा जन्मिएका केसीमा पछिल्लो मधुमेह, उच्च रक्तचाप समस्या थियो । स्व. केसीका श्रीमती, ३ छोरा प्रकाश, किरण र रोशन, छोराबुहारी, ५ नाति र २ नातिनीहरू छन् । 

Vianet communication

प्रतिनिधि सभा सदस्य केसी चुनावताका राप्रपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनी समानुपातिक कोटाबाट सांसद बनेका हुन् ।

केसी पहिलो संविधान सभा सदस्य चुनावमा राप्रपाबाट सांसद बनेका थिए । उनी सानै उमेरमा पोखराको नगरपञ्चायतको प्रधानपञ्च समेत भएका थिए ।

पोखराका सफल उद्योगीका रूपमा परिचित केसीले नेपालमै पहिलोपटक चाउचाउ भित्र्याएका थिए ।

माछापुच्छ्रे  बैंकको संस्थापक अध्यक्ष केसीको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, नेपाल इञ्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, रारा चाउचाउको उत्पादक हिमश्री फूड्स प्रालि, गण्डकी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालि, युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपार, भगवती हाइड्रोपावर, तास हाइड्रोपावर, करुवा मेगावाट हाइड्रो, सुप्रिप हाइड्रो, पोखरा बहुमुखी क्याम्पस, रेडियो बाराही लगायत दर्जनौं कम्पनीमा आबद्धता थियो ।
सामाजिक कार्य भनेपछि हुरुक्कै हुने केसी दर्जनौं सामाजिक संघ–संस्थामा संलग्न थिए । 

पोखराको तत्कालीन छिनेडाँडा गाविस वडा २, मझेरीपाटन निवासी स्व. कीर्तिबहादुर केसी र पम्फा केसीको ज्येष्ठ सुपुत्रको रूपमा जन्मिएका सूर्यबहादुर केसी सीतारामको नामले पनि परिचित थिए । उद्योगी बाबु कीर्तिबहादुरकै प्रेरणाबाट उनले उद्योग व्यवसायमा एकपछि अर्को क्षेत्रमा हात हालेका थिए । उनले एसियामै पहिलोपटक चाउचाउ भित्र्याएको दाबी गरिन्छ ।

रारा चाउचाउ अझै पनि चाउचाउ क्षेत्रमा राज गरिरहेको छ । उनले गण्डकी नुडल्स, हिमश्री फूड्स जस्ता उद्योग सञ्चालन गरे । सो पश्चात जनचाहना अनुरूप उनी तत्कालीन पोखरा नगर पञ्चायतमा दुई पटक प्रधानपञ्च बने ।

बहुदलीय व्यवस्था प्रारम्भ भएपश्चात राप्रपाको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय कोषाध्यक्ष जस्तो जिम्मेवारीमा रहेर कुशलतापूर्वक भूमिका निर्वाह गरेका उनी नेपालको पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बनेका थिए । 

पछि २०७४ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेका उनी पार्टीको आमन्त्रित केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्य थिए । 

उनको योगदान शिक्षा क्षेत्रतर्फ पनि उत्तिकै छ । स्नातकसम्म अध्ययन पूरा गरेका केसीले पोखराको रामबजारमा कालिका बहुमुखी क्याम्पस स्थापना गरेका थिए । उनी स्थापनाकाल २०४७ देखि नै अन्तिम दिनसम्म पनि सञ्चालक समिति अध्यक्ष थिए । 

यस्तै, नेपाल मेडिकल कलेज, नेपाल इञ्जिनीयरिङ कलेज, पोखरा टुरिजम एण्ड होटल म्यानेज्मेन्ट कलेज स्थापना गरी शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन् । 

युवा जागरणअन्तर्गत सहारा क्लब पोखराले सञ्चालन गर्ने आहारारा गोल्डकप फूटबल प्रतियोगितालाई निरन्तरता दिन लगातार २ दशकदेखि नै हिमश्री फूड्सको नाममा मुख्य प्रायोजन गर्दै आएका थिए । अनेकौं युवा क्लब, आमा समूह, संघसंस्था, टोल विकास संस्था, धार्मिक मठमन्दिर, आश्रम, क्याम्पस, विद्यालय लगायतमा आवश्यकता अनुरूप आर्थिक सहयोग गर्दै आएका थिए । क्षेत्र समाज, शान्तिघाट क्षेत्र विकास समिति, ओम शान्ति, मानव मिलन संस्था, नेपाल लोकसंस्कृति तथा परम्परा संरक्षणमा पनि योगदान दिएका छन् । 

रेडियो बाराही सञ्चालनमा लगानी गरेका केसीले पोखराको पत्रकारिता क्षेत्रमा योगदानस्वरूप पत्रकारितामा यस क्षेत्रमै सबैभन्दा ठूलो धनराशिको ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’ स्थापना गरेका छन् ।

उनीसँगै व्यावसायिक क्षेत्रमा करीब ३५ वर्षसम्म सहयात्रा गरेका पोखराका उद्योगपति एवं पूर्व मन्त्री हरि पाण्डेले स्व. केसीको निधनले नेपालले एक कुशल उद्योगी गुमाएको बताए । 

उद्योगी पाण्डे केसीलाई एक असल राष्ट्रवादी व्यक्तित्वको रुपमा सम्झिन्छन् । राप्रपा र पछि नेपाली कांग्रेसमा रहे पनि उनी एक राष्ट्रवादी व्यक्ति रहेको भन्दै पाण्डेले तीक्ष्ण बुद्धि, हिम्मत भएको, कुशल, परिश्रमीको रूपमा स्मरण गरे ।

आफूसँग शुरूआतमा रारा चाउचाउमै पनि सहकार्य रहेको भन्दै उनले नेपाल टुरिजम एण्ड होटल म्यानेज्मेन्ट, नेपाल इञ्जिनीयरिङ कलेज, भगवती र तास हाइड्रो पावरमा पछिल्लो समयसम्म सहकार्य रहेको जानकारी दिए ।

यसैगरी, पोखराका शिक्षासेवी तथा उद्योगी अशोक पालिखेले स्व. केसीलाई दूरगामी सोच भएका व्यक्तित्वको रूपमा स्मरण गरे । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका पाखिलेका अनुसार स्व. केसी देशलाई कसरी औद्योगिक क्षेत्रमा अगाडि बढाउने र रोजगारी कसरी सिर्जना गर्ने भन्नेमा सधैँ चिन्तित रहने गर्दथे ।

आजभन्दा २२ वर्षअघि नेपालमै पहिलोपटक नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज स्थापना गर्दा केसी पनि संस्थापक मध्येका एक हुन् । पालिखे सो कलेजका हाल अध्यक्ष छन् । 

यस्तै, केसी कन्स्ट्रक्सनको नाममा स्व. सूर्यबहादुर केसीले पोखरा क्षेत्रमा धेरै विकास तथा निर्माणमा गरेको योगदान पोखरेलीले सदा स्मरण गरिरहनेछन् । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x