पुस २६, २०८०
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
कात्तिक २४, २०७७
जिल्ला समन्वय समिति धनुषाको कार्यालयमा कार्यरत रहँदाको मौकामा २ जना सरकारी कर्मचारी मिश्र दाजुभाइले सरकारी सम्पत्ति निजी निवासमा उपयोग गर्दै आएको पाइएको छ ।
समितिको कार्यालयमा शाखा अधिकृत र निमित्त कार्यालय प्रमुखको रूपमा काम गरेका २ दाजुभाइ कन्हैया मिश्र र किरण मिश्रले सरकारी सम्पत्ति घरमा प्रयोग गर्दै आएका छन् ।
जिल्ला समन्वय समितिको कार्यालयमा हुनुपर्ने सोलार सेटसहित फर्निचरहरू २ जना दाजुभाइले घरमा लगेर सरकारी सम्पत्तिको चरम दुरुपयोग गरेको पाइएको छ ।
२०७४ मंसिरदेखि २०७५ पुस १३ गतेसम्म समन्वय समिति धनुषाको कार्यालयमा शाखा अधिकृतको रूपमा किरण मिश्रले काम गरेको बेला सरकारी सम्पत्ति आफ्नो घरमा जडान गरेको समन्वय समितिका एक जना कर्मचारीले बताए । ‘२० दिनजति किरण मिश्र सर निमित्त कार्यालय प्रमुखको रूपमा रहेको बेला सोलार सेट तथा केही फर्निचरको सामान जिन्सी स्टोरमा दाखिला नै नगरी आफ्नो घर लग्नुभएको थियो,’ ती कर्मचारीले भने, ‘पछि उहाँको दाजु कन्हैया मिश्र सर निमित्त कार्यालय प्रमुख हुँदा खरिद गरिएका सामान दाखिला नै नगरी लाखौं रुपैयाँका फर्निचर सहितका सामान घर लग्नुभएको थियो ।’
संघीयता कार्यान्वयनका क्रममा २०७४ असारमा महिला तथा बालबालिका कार्यालय धनुषा विघटन भएको थियो । तत्कालीन कार्यालय प्रमुख मिराकुमारी मिश्रले विघटित कार्यालयका सामानहरू जिल्ला समन्वय समिति धनुषाको कार्यालयमा बुझाएकी थिइन् । उनका अनुसार समन्वय समितिको कार्यालयका तत्कालीन शाखा अधिकृत किरण मिश्रले सामानहरू बुझेका थिए । मिश्रले लोकान्तरलाई दिएको जानकारी अनुसार विभिन्न १६ थान सामानहरू किरण मिश्रको जिम्मामा हस्तान्तरण गरिएको थियो ।
प्रयोगमा रहेका ६ वटा स्टील दराज, ६ वटा ठूलो र सानो टेबुल, २ वटा कुर्सी, ५ वटा गद्दा भएको काठको कुर्सी, ६ वटा काठको कुर्सी, एउटा ल्यापटप, २ वटा कम्प्युटर सेट हस्तान्तरण गरिएको थियो । २ वटा प्रिन्टर, एउटा फोटोकपी मशिन, २ वटा बेन्च, एउटा सोफा सेट, एउटा सोलार सेट, एउटा चेक राइटर, एउटा टी टेबल, एउटा मोटरसाइकल, एउटा स्कूटर समेत उनको जिम्मा लगाइएको थियो ।
प्रयोगमा नरहेको ४ वटा स्टील दराज, ४ वटा टेबल, एउटा प्रिन्टर, एउटा फोटोकपी मशिन, एउटा टाइप मशिन र एउटा स्कूटर हस्तान्तरण गरिएको उनले लोकान्तरलाई बताइन् । ‘मैले ती सामानहरू तत्कालीन शाखा अधिकृत किरण मिश्रलाई बुझाएको थिएँ,’ मीरा मिश्रले भनिन्, ‘उहाँले एउटा सानो पर्चीमा सामान बुझिलिएको भनेर हस्ताक्षर गरेर दिनुभएको थियो ।’ ती जिन्सी सामानहरू जिन्सीमा दाखिला गरियो वा गरिएन भन्ने कुरा आफूलाई थाहा नभएको उनले बताइन् ।
समन्वय समितिका तत्कालीन अवस्थामा स्टोर किपर रहेका सुरेन्द्र ठाकुर भने केही फर्निचर सामान आफूले जिन्सीमा दाखिला गरेको भए पनि सोलार प्यानल आफूले दाखिला नगरेको बताउँछन् । ‘त्यतिबेला सोलार प्यानेल सहितको सेट किरण सरले मलाई दिनु नै भएको थिएन,’ ठाकुरले लोकान्तरसँग भने, ‘अब मीरा म्याडमले उहाँलाई बुझाउनुभएको थियो भने उहाँलाई नै त्यसबारे थाहा होला ।’ ठाकुर सेवा निवृत्त भइसकेका छन् । १ वर्षअघि नै उनी अवकाश प्राप्त गरिसकेपछि स्टोरमा के–के छन् वा छैनन् भन्ने कुराको बरबुझारत नगरेको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले बताए ।
‘त्यतिबेला सोलार सेट पनि महिला तथा बालबालिका कार्यालयबाट समितिको कार्यालयमा हस्तान्तरण गरिएको भनेर थाहा पाएको थिएँ,’ यादवले भने, ‘तर सोलार सेट जिल्ला समन्वय समितिको कार्यालयमा हालसम्म आएकै छैन ।’ सोलार सेट कर्मचारीको घरमा रहेको भनेर आफूले पनि सुनेको उनले बताए । जिल्ला समन्वय समिति धनुषामा साविकमा जिल्ला विकास समितिको कार्यालय हुँदाको अवस्थादेखि नै सोलार सेट जडान भएको तथा महिला कार्यालयबाट आएको सोलार नरहेको समिति प्रमुख यादवले प्रस्टयाए ।
हस्तान्तरण भई आएको सोलार भने किरण तथा कन्हैयाको निजी घरमा छ । जनकपुरधाम उपमहानगरपालिका–१४ को बेल्ही रजौलस्थित मिश्रको निजी निवासमा सोलार रहेको छ ।
‘सोलार प्यानेल सहितको सेट आफ्नो कार्यालयले किनेको नभएर एसियाली विकास बैंक (एडीबी) ले एउटा परियोजना अन्तर्गत हाम्रो कार्यालयलाई हस्तान्तरण गरेको थियो,’ मिरा मिश्रले भनिन्, ‘सोलार सेट किरण सरलाई मैले जिम्मा लगाएको थिएँ ।’ यस सम्बन्धमा किरण मिश्रसँग पटक–पटक लोकान्तरले सम्पर्क गर्दा आफू बैठकमा व्यस्त रहेकाले कुरा गर्न नमिल्ने प्रतिक्रिया दिए । किरण मिश्र अहिले धनुषा जिल्लाकै इलाका प्रशासन कार्यालय यदुकोहा शहीदनगरमा प्रशासकीय अधिकृत छन् ।
उनका दाजु कन्हैया मिश्रले सोलार सेट आफूले किनेको दाबी गरे । सरकारी कार्यालयको सामान नरहेको तथा आफूले किनेको कन्हैयाले बताए । कन्हैया २०७६ माघ १० गतेदेखि २०७७ भदौ ३० गतेसम्म निमित्त कार्यालय प्रमुखको रूपमा समन्वय समिति धनुषामा कार्यरत थिए । अहिले उनी धनुषाकै धनौजी गाउँपालिकाका प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन् । उनी निमित्त कार्यालय प्रमुख भएको बेला चालू आर्थिक वर्ष २०७७/०७८ मा उनी सरुवा हुनुअघि ११ लाख रुपैयाँभन्दा बढीको सामान किनेर कागजमा दाखिला देखाएर सामान नै नकिनेको जिल्ला समन्वय समितिका प्रमुख यादवले बताए । यस विषयको समाचार लोकान्तरमा कात्तिक २३ गते ‘खरिद नै नभएका सामानको कागजी दाखिला देखाएर ११ लाखभन्दा बढी झ्वाम, अख्तियार गुहार्दै पदाधिकारी’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
गृह मन्त्रालयका एक जना सहसचिवले लोकान्तरलाई दिएको जानकारी अनुसार कन्हैया मिश्रले आर्थिक चलखेल गरेको आरोपमा यसअघि तत्कालीन गृहसचिव प्रेमकुमार राईले कारबाही गरेर गृह मन्त्रालयबाट निकालेको थिए । स्रोतका अनुसार महोत्तरीको जलेश्वरस्थित जिल्ला कारागारमा निमित्त प्रमुख हुँदा चौकीदार बनाउन प्रतिव्यक्ति १५ लाख रुपैयाँ असुली गरेको आरोप लागेपछि मिश्रलाई कारबाही स्वरूप गृह मन्त्रालयबाट हटाएर अन्यत्र सरुवा गरिएको थियो ।
समन्वय समितिका एक जना कर्मचारीका अनुसार किरण मिश्रले समिति मातहत रहेको होण्डा कम्पनीको एउटा स्कूटर लगेको वर्षौं बितिसक्दा पनि फिर्ता गरेका छैनन् । सेतो प्लेटमा सरकारी स्कूटर हुनुपर्नेमा उनले हालसम्म रातो प्लेटमै ज७प ६८२८ नम्बर राखेर निजी रूपमा प्रयोग गर्दै आएका छन् ।
उनका दाजु कन्हैया मिश्र पनि सरुवा भएर अन्यत्र गइसकेको भए पनि हालसम्म उनले बुझेका मोटरसाइकल, ल्यापटप सहितका अन्य सामग्री फिर्ता गरेका छैनन् । समितिका हालका कार्यालय प्रमुख रामकिशोर महतोका अनुसार के–कति सामानहरू कहाँ छन् भन्नेबारे आफूलाई अहिले जानकारी नभएको बताए ।
‘म यस कार्यालयमा आएको केही दिन मात्र भएका कारण विगतमा के–कति सामान कुन–कुन कार्यालयबाट आए तथा कहाँ–कहाँ ती सामानहरू छन् वा क–कसले बुझेका छन् भन्ने बुझ्न बाँकी छ,’ महतोले भने, ‘आयव्ययसहित अन्य कुराको समेत छानबिन गरेर बताउने छु ।’
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...
कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...
यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...