×

NMB BANK
NIC ASIA

भाइटीका लगाउन जाने क्रममा अरिंगालले टोकेर नेकपा स्याङ्जाका अध्यक्षकी छोरीको मृत्यु

मंसिर २, २०७७

NTC
Premier Steels

अरिंगालले टोक्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ की छोरीको मृत्यु भएको छ ।

Muktinath Bank

तिहारको दिन पुतलीबजार नगरपालिका वडा १४, लामागेमा अरिंगालले टोक्दा घाइते भएकी १३ वर्षीया अतिथि गैह्रेको पोखरामा उपचारक्रममा साँझ मृत्यु भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिहारमा भाइटीका लगाउन तल्लो घरमा जानेक्रममा नजिकैको रुखका अरिंगालले उनीसहित अर्की बालिकालाई टोकेको थियो ।


Advertisment
Nabil box
Kumari

टोकाइबाट घाइते उनीहरूलाई तत्कालै उपचारार्थ पोखरा ल्याइएकोमा उपचारक्रममा अतिथिको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपनिरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

Vianet communication

उनका अनुसार अर्की बालिकाको अवस्था भने सामान्य छ ।

नेकपा स्याङ्जा अध्यक्ष पारसको परिवारमा श्रीमती र एक छोरा छन् ।

अतिथिको मंगलवार पोखराको सेती नदीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x