×

NMB BANK
NIC ASIA

गण्डकी सरकार

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, पुरानै ४ मन्त्रीले शपथ लिँदा दीपक मनाङे अनुपस्थित !

जेठ ५, २०७८

NTC
Premier Steels

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नियुक्तिको एक सातापछि गण्डकी प्रदेशमा बुधबार मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले पुरानै मन्त्रीहरूलाई नियुक्ति दिँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

Muktinath Bank

मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधवार प्रदेश प्रमुखको कार्यालयमा ४ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुरानै मन्त्रीहरूले निरन्तरता पाएपनि निवर्तमान युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) काठमाडौं भएकाले शपथमा उपस्थित हुन सकेनन् । 


Advertisment
Nabil box
Kumari

शपथ ग्रहण गर्नेहरूमा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, विना विभागीय मन्त्रीहरू रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन छन् ।

Vianet communication

मुख्यमन्त्रीले भौतिक पूर्वाधार, आन्तरिक मामिला तथा कानून, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास मन्त्रालय आफैँले राखेका छन् ।

मन्त्रिमण्डल विस्तारसँगै मुख्यमन्त्रीले प्रदेशमा मन्त्रालय थप्ने जनाएका छन् । 

मन्त्रिमण्डल विस्तारसँगै बुधबार नै बस्ने मन्त्रिपरिषद बैठकमा जिम्मेवारी बाँडफाँट गरिने जनाइएको छ ।

गण्डकीमा ६० सदस्य रहेकोमा १२ जनासम्म मन्त्रिमण्डल बनाउन सकिने संवैधानिक प्रावधान छ । यसअघि ८ मन्त्री थिए ।

मुख्यमन्त्रीले १० सदस्यीय मन्त्रिमण्डल बनाउन सक्ने स्रोतले जनाएको छ ।  

आफूविरुद्ध विपक्षीहरूबाट अविश्वासको प्रस्ताव आएकै बेला उनले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

गत वैशाख २६ मा मुख्यमन्त्रीबाट राजीनामा दिएका उनी पुनः दोस्रो कार्यकालका लागि ठूलो दलको संसदीय दलको नेताको हैसियतले ३ दिनभित्रै मुख्यमन्त्री नियुक्त भएका थिए । 

कोभिड–१९ संक्रमितका कारण आइसोलेसनमै रहेको हुँदा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x