×

NMB BANK
NIC ASIA

कांग्रेस नेताको मत

संसदीय व्यवस्थाविरुद्ध घात भयो, कांग्रेसले पनि गलत नजिर बसाल्यो– लक्ष्मण घिमिरे [कुराकानी]

जेठ १०, २०७८

NTC
Premier Steels

हाम्रो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले हस्ताक्षर गरेको विषयलाई मैले गलत भनेर लेखेपछि धेरै क्रिया प्रतिक्रिया आए ।

Muktinath Bank

पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि कांग्रेसले यो किसिमको गैरसंसदीय र अराजनीतिक क्रियाकलाप गर्नु हुँदैनथ्यो भन्ने मेरो प्रस्ट मत छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिजो हाम्रा सांसदले नै २०५१ सालमा सरकारका नीति तथा कार्यक्रममा भोट नहाल्दा प्रतिनिधि सभा विघटन गरेर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता भएको थिएन र बहुमत हुँदाहुँदै ?


Advertisment
Nabil box
Kumari

अहिले माधव नेपालले पार्टी फुटाएको भए त्यसमा सहयोग लिनु स्वाभाविक नै हुन्थ्यो । तर पार्टी नफुटाइ किन एमालेको सांसद भएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ प्रधानमन्त्री नियुक्त हुन्छ भन्ने आशा गर्ने जसले प्रधानमन्त्री ओलीले गरेका सिफारिश कार्यान्वयन गर्दै आउनुभएको छ ।

Vianet communication

संसदीय व्यवस्थालाई आदर्श मान्ने हामीलाई ठूलो नोक्सान भएन ? नैतिक दृष्टिकोणले, राजनीतिक दृष्टिकोणले टिक्न बस्न नसक्ने गरी नोक्सान हुने भयो नि त ! पार्टी फुटाएर माधव नेपालहरू आएको भए किन्तुपरन्तु भन्नुपर्ने थिएन । तर एमाले पार्टी नफुट्दै उसका सांसद तान्ने कुरा गलत थियो । 

अहिले प्रधानमन्त्री केपी शर्मा ओली कुनैपनि हालतमा सत्ता छाड्नेवाला हुनुहुन्न, जुनसुकै धारामा फड्को मारेर हुन्छ कि छलाङ मारेर हुन्छ उहाँकै नेतृत्वमा सरकार चलिरहेको छ । हामी त्यसमा चोक्टा खान गएको झोलमा डुबेर मर्‍यो भन्ने जस्तो किन गर्नुपर्‍यो ?

एकातिर प्रधानमन्त्रीज्यूले नै यो संसदीय व्यवस्था र सारा सिस्टमलाई नै प्रश्न चिह्न खडा गर्दिनुभएको छ । त्यसमा बचेखुचेको साख समाप्त पार्ने कामचाहिँ प्रतिपक्षी दलको नेताले गर्नुभयो । संसदीय व्यवस्थालाई आदर्श मान्ने दलले यसो गर्नु हुँदैनथ्यो । 

प्रधानमन्त्रीले पहिलोपटक प्रतिनिधि सभा विघटन गर्दा अदालतले पुनःस्थापना गरिदियो । दोस्रोपटक गर्दाखेरी पनि प्रधानमन्त्रीबाट राजीनामा गर्नु हुन्न । मात्र भन्नुहुन्छ– मैले छाडिदिएको छु । बाटो खुला गरिदिएको छु । प्रधानमन्त्री ओलीले विधिवत रूपमा राजीनामा गर्नुपथ्र्यो, अनि मात्र राष्ट्रपतिले नयाँ प्रधानमन्त्री बन्नका लागि बोलाउनुपर्थ्यो । विश्वासको मत लिन पनि नजाने, राजीनामा पनि नगर्ने, तर बाटो खुला गरिदिएको छु भनेर यस्तो कुरा गर्न सुहाउँछ देशको प्रधानमन्त्रीले ? 

७ गतेको पत्रकार सम्मेलनमा के भन्नुभयो उहाँले ? मलाई प्रधानमन्त्री खाने पटक्कै इच्छा छैन जसले खाए पनि हुन्छ भन्नुभयो । उहाँले पनि आफ्ना १२१ र जसपाका सांसदको हस्ताक्षरसहित जानुभयो ।

राष्ट्रपतिले पनि दुवैतर्फको कुरा नबुझी हतारमा निर्णय गर्नुभन्दा सनाखत गराइदिन सक्नुहुन्थ्यो नि ! सत्ता र शक्तिमा रहनेले जे पनि गर्न हुन्छ ? यदि आज प्रधानमन्त्रीमा अरू भएर यही काम गरेको भए ओलीज्यूले मान्नुहुन्थ्यो ? 

अहिले देखिएको राजनीतिक गतिरोधको समस्या संविधानको धारा ७६ सुधारिएको संसदीय व्यवस्था नभई संसदीय व्यवस्थालाई अंकुश लगाउने गरी गरिएकोले यो हालत भएको हो । धारा ७६ ले देशलाई यसरी क्वाँक्वाँ रुवायो भन्देखिन त अरू विरोधाभाषपूर्ण धारा त कति छन् कति संविधानमा । 

प्रतिपक्षी दलको गल्ती

संसदीय व्यवस्था र दलीय प्रणालीमा विश्वास गर्ने हामीले माधव नेपालले पार्टी नफुटाइ उनको हस्ताक्षर लैजान मिल्छ ? उहाँको छुट्टै पार्टी भएको भए सहयोग लिनुहुन्थ्यो । तर पार्टी नफुटाइ अर्को दलको सांसद तान्ने काम राजनीतिक होइन । भोलि यही कुरा कांग्रेसका साथीहरूले गरे भने के हुन्छ ? गलत नजिर भइरहेको छ । 

यसैपनि यो प्रणाली नै कमजोर भएर गइरहेको अवस्थामा हाम्रो प्रतिपक्षको भूमिकाले पनि हामीलाई धेरै कमजोर बनायो । यदि केपी ओली प्रधानमन्त्री भएको भोलिपल्टदेखि नै संसदमा प्रतिपक्षको नेताको हैसियतको हरेक कुरामा रचनात्मक भएर उपस्थित भएको भए, प्रधानमन्त्रीले बोलेका अन्टसन्ट कुरामा अंकुश लगाउन सकेको भए, वाइडबडीदेखि ओम्नीसम्मको भ्रष्टाचार र शान्ति सुरक्षाको कुरामा सरकारलाई जवाफदेही बनाउन सकेको भए शायद ओलीजीको यो हिम्मत हुँदैनथ्यो । कांग्रेस प्रतिपक्षको भूमिकामा चुकेका कारण यो अवस्था आयो । 

प्रधानमन्त्रीले के बोल्नुु भएको थियो निर्मला पन्तको हत्या प्रकरणमा ? पत्ता लगाउन १२ वर्ष लाग्छ भन्नुभएको थियो । यो कुरामा संसद्मा प्रधानमन्त्रीलाई माफी माग्न लगाउनुपर्थ्यो । म कांग्रेसको प्रमुख सचेतक रहेको समयमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनपटक माफी माग्नु भएको छ नि ! 

एउटा वाईसीएलको कार्यक्रममा गएर प्रचण्डले ‘मलाई एके ४७ लिएर पड्काउँपडकाउँ लाग्छ’ भन्नुभएको थियो । मैले संसद्मा जवाफ मागेपछि प्रचण्डले रोस्ट्रममा गएर माननीय लक्ष्मण घिमिरेले भनेको कुरामा सहमत छु भन्नुभयो । माफी माग्नुभयो । अर्को एकपटक प्रचण्ड सरकारका मन्त्रीले सिराहामा गएर घर कब्जा गरेका थिए ।

मैले संसद्मा ‘तपाईं डाँकाको प्रधानमन्त्री हुनुहुन्छ कि हामी सबैको प्रधानमन्त्री ?’ भनेर प्रश्न गर्दा मन्त्रीले गलत गरेका हुन् भनेर माफी माग्नु भएको थियो ।

संसदीय व्यवस्थामा सरकारलाई जवाफदेही बनाउन प्रतिपक्षको भूमिका हुन्छ । आज कांग्रेसको समेत कमजोरीका कारण यो अवस्थामा आएका छौं । कोरोनाको यस्तो महामारीमा चुनाव हुन्छ त ? मलाई विश्वास छैन । 

(पहिलो संविधान सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका कांग्रेस नेता लक्ष्मण घिमिरेसँगको कुराकानीमा आधारित)

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x