×

NMB BANK
NIC ASIA

पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिन र आँबुखैरेनी–पोखरा सडकखण्डको स्तरोन्नति तथा विस्तारमा सरकारले बजेट विनियोजन गरेको छ ।

Muktinath Bank

नागढुंगा–मुग्लिन खण्डको स्तरोन्नति र आँबुखैरेनी–पोखरा खण्ड फोरलेनको बनाउने योजनालाई सरकारले बजेट विनियोजन गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट विनियोजनबारे जानकारी दिएका हुन् । 


Advertisment
Nabil box
Kumari

आँबुखैरेनी–पोखरा सडकका लागि बोलपत्र आह्वान भएर ठेकेदार छनौट पनि भइसकेको छ । यो सडक डेडिकेटेड फोरलेनको बनाइँदैछ । सोको लागि ७ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिएको हो ।  

Vianet communication

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आगामी आर्थिक वर्षभित्रै सक्ने लक्ष्य राखेको छ । सोको लागि ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ ।

सरकारले देशका ४ अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य आन्तरिक विमानस्थल निर्माणमा कूल २० अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा सबैभन्दा बढी पोखरामा परेको हो । 

पोखरामा निर्माणाधीन पोखरा रंगशालालाई पूर्णता दिइने बताए पनि सरकारले बजेट भाषणमा बजेट रकम भने विनियोजनबारे उल्लेख गरेको छैन । युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड बजेट विनियोजन गरिएको छ । 

पोखरामा हुने भनिएको नवौं राष्ट्रिय खेलकुदका लागि बजेट विनियोजन गरेको छ । गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोनाका कारण छेकिएको थियो । युवा तथा खेलकुद मन्त्रालयले मंसिरदेखि फागुनसम्म प्रतियोगिता गर्ने तयारी गरेको छ । 

पोखरा महानगरभित्र पर्ने रुपाताल एकीकृत परियोजनाका लागि २७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

पोखरा निवासी पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीको योगदानलाई पनि सरकारले सम्झेको छ । उनको नाममा पूर्वको सुकेटार विमानस्थलाई पूर्व पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीको नामबाट नामाकरण गर्ने घोषणा बजेटमार्फत गरिएको हो । २०७५ सालमा चुहानडाँडा विमानस्थल निर्माणको सम्भाव्यता अवलोकनका लागि जाने क्रममा अधिकारी चढेको हेलिकोप्टर दुर्घटना हुँदा उनको निधन भएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x