×

NMB BANK
NIC ASIA

धनुषामा २० वर्ष अगाडिको वर्चस्व कायम राख्ला एमालेले ?

कात्तिक २०, २०७४

NTC
Premier Steels

जनकपुरधाम, २५ जेठ – २०५४ सालमा सम्पन्न भएको स्थानीय निकायको निर्वाचनमा धनुषामा नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी गरि मुख्यतः तीन राजनीतिक शक्तिबीच प्रतिस्पर्धा भएको थियो ।
धनुषा १७ वटा इलाकामा विभाजन भएको थियो । जसअन्तर्गत एक सय एक गाविस र जनकपुर नगरपालिका मात्रै थिए ।

२०५४ सालमा सम्पन्न एक सय एक गाविस र एक नगरपालिका गरेर कुल एक सय दुई ठाउँमा भएको निर्वाचनमा नेकपा एमालेले गाविस अध्यक्ष पदमा ३९ स्थान, उपाध्यक्षमा ४३ स्थानमा जित हासिल गरेको थियो ।
वडाअध्यक्षमा ३ सय ५९ स्थान, वडा सदस्यमा १ हजार १ सय ३२ स्थान, महिला सदस्यमा ३ सय ८८ स्थान गरी कुल १ हजार ९ सय ६१ स्थानमा विजय भएर एमालेले आफ्नो प्रभुत्व कायम गरेको थियो ।

नेपाली कांग्रेसले गाविस अध्यक्ष पदमा ३८ स्थान, उपाध्यक्षमा ४१ स्थान, वडाअध्यक्षमा ३ सय ५० स्थान, वडा सदस्यमा एक हजार २० स्थान, महिला सदस्यमा ३ सय २७ स्थान गरी कुल १ हजार ७ सय ७६ स्थानमा विजय हासिल गरी दोस्रो स्थान हासिल गर्न सफल भएको थियो ।

त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीले गाविस अध्यक्ष पदमा १५ स्थान, उपाध्यक्षमा १६ स्थान, वडाअध्यक्षमा १ सय २८ स्थान, वडा सदस्यमा ४ सय २९ स्थान, महिला सदस्यमा १ सय ३२ स्थान गरी कुल ७ सय २० स्थानमा विजय हासिल गरी धनुषामा तेस्रो स्थान प्राप्त गरेको थियो ।

त्यसैगरी स्वतन्त्रबाट गाविस अध्यक्ष पदमा ९ स्थान, उपाध्यक्षमा २ स्थान, वडाअध्यक्षमा ७४ स्थान, वडा सदस्यमा १ सय ६६ स्थान, महिला सदस्यमा ६४ स्थान गरी कुल ३ सय १५ स्थानमा विजय हासिल गरी धनुषामा चौथो स्थान प्राप्त गरेको थियो ।

त्यसैगरी नेपाल सद्भावना पार्टीले वडाअध्यक्षमा ८ स्थान, वडा सदस्यमा १५ स्थान, महिला सदस्यमा ५ स्थान गरी कुल २८ स्थानमा विजय हासिल गरी धनुषामा पाँचौ स्थान प्राप्त गरेको थियो ।

संयुक्त जनमोर्चा नेपालले गाविस अध्यक्ष पदमा १ स्थान, वडाअध्यक्षमा ६ स्थान, वडा सदस्यमा १३ स्थान, महिला सदस्यमा ७ स्थान गरी कुल २७ स्थानमा विजय हासिल गरी धनुषामा छैठौं स्थान प्राप्त गरेको थियो ।

जिविस धनुषामा पनि एमालेकै बर्चस्व

जिल्ला विकास समिति धनुषाको निर्वाचनमा नेकपा एमालेले नै आफ्नो बर्चस्व जमाएको थियो । सभापति, उपसभापति र १७ इलाकाहरु मध्ये १० वटा इलाकाहरुमा इलाका सदस्य पदमा एमाले निर्वाचित भएको थियो । दोस्रो स्थानमा नेपाली कांग्रेसले चित्त बुझाउनु परेको थियो ।

नेपाली कांग्रेसको गढ भनेर चिनिने धनुषामा कांग्रेस जवर्जस्त तरिकाले चुनावमा परास्त भएको थियो । नेपाली कांग्रेसले १७ इलाकाहरु मध्ये ५ वटा इलाकामा मात्र जित हात पार्न सकेको थियो ।

पञ्चायत व्यवस्थामा शेरेधनुषाको उपाधि पाएका हेमबहादुर मल्लको पार्टी राप्रपाले कुनै पनि पदमा जित हात पार्न सकेन । बरु स्वतन्त्र उम्मेदवारहरुले दुई वटा इलाकामा जित हात पारे ।

मत प्रतिशतको आधारमा जिविसमा नेकपा एमालेले ६३.१५ प्रतिशत, नेपाली कांग्रेसले २६.३१ प्रतिशत र स्वतन्त्रले १०.५२ प्रतिशत मत प्राप्त गरेका थिए ।


जिल्ला विकास समिति धनुषाको सभापति पदमा ४ हजार ८७ मत खसेको थियो । जसमध्ये एमालेले सभापतिमा ४६.८५ प्रतिशत, नेपाली कांग्रेसले ३८.८३ प्रतिशत र राप्रपाले १०.६१ प्रतिशत मत प्राप्त गरेको थियो ।

उपसभापति पदमा कुल ४ हजार ७ सय ८७ मत खसेकोमा नेकपा एमालेले ५०.४२ प्रतिशत, नेपाली कांग्रेसले ४४.१४ प्रतिशत र स्वतन्त्र उम्मेदवारहरुले ०.०४ प्रतिशत मत प्राप्त गरेको थियो ।

इलाका सदस्यहरुमा कुल ४ हजार ७ सय ८७ मत खसेकोमा नेकपा एमालेले र नेपाली कांग्रेसले बराबरी ४०.३३ प्रतिशत, राप्रपाले ६.७८ प्रतिशत र स्वतन्त्रले ८.७५ प्रतिशत मत प्राप्त गरेको थियो ।

कुल तीन लाख ५६ हजार १ सय ४० मतदाता थिए । जिल्ला विकास समितिको निर्वाचनमा एमालेका रामचरित्र साह सभापतिमा निर्वाचित भएका थिए । साहले २ हजार २ सय ४३ मत प्राप्त गरेका थिए ।

नेपाली कांग्रेसका तर्फबाट शिवधारी यादवले १ हजार ८ सय ५९ र राप्रपाका मनोज प्रताप मल्लले ५ सय ८ मत मात्र ल्याई पराजित भएका थिए ।

त्यसैगरी उपसभापतिमा एमालेका चन्द्रदेव राउत कुर्मी २ हजार ४ सय १४ मत प्राप्त गरी निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका चन्दर साह २ हजार १ सय १३ मत ल्याई पराजित भएका थिए ।

इलाका नम्बर एकमा नेपाली कांग्रेसका मोहन यादवले १ सय ७७ मत ल्याई इलाका सदस्यमा निर्वाचित भएका थिए भने एमालेका रामचन्द्र दास १ सय ६७ मत ल्याई पराजित भएका थिए ।

त्यसैगरी इलाका नम्बर दुईमा एमालेका बद्रिमाझी यादव २ सय ३ मत ल्याई इलाका सदस्यमा निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामअशिष रोहिता १ सय ५५ मत ल्याई पराजित भएका थिए ।

इलाका नं. ३ मा स्वातन्त्र उम्मेदवार जय प्रकाश सुनरैत २ सय ७ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका शत्रुधन यादव १ सय ३४ मत ल्याई पराजित भएका थिए ।

इलाका नं. ४ मा एमालेका रमेश झा १ सय ३४ मत ल्याई इलाका सदस्यमा निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका योगेन्द्र प्रसाद ठाकुर ९७ मत ल्याई पराजित भएका थिए ।

त्यसैगरी इलाका नं. ५ मा एमालेका राजकुमार मण्डल १ सय ५० मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका विजय साह १ सय ८ मत ल्याई पराजित भएका थिए ।

इलाका नं. ६ मा एमालेका कमलदेव साह १ सय ४६ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका रामलखन यादव १ सय ४ मत ल्याई पराजित भएका थिए ।

इलाका नं. ७ मा एमालेका बलराम प्रसाद सुवेदीले ९९ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका टिका बहादुर ल्याहो मगर ८४ मत ल्याई पराजित भएका थिए ।

त्यसैगरी इलाका नं. ८ मा नेपाली कांग्रेसका विमल गौतम १ सय २५ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका दिगम्बर सिंह राउत १ सय मत ल्याई पराजित भएका थिए ।

इलाका नं. ९ मा एमालेका नन्नुकिशोर यादव २ सय २३ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका मक्सुदन यादवले १ सय ३५ मत ल्याई पराजित भएका थिए ।

इलाका नं. १० मा एमालेका विजय कुमार यादव १ सय ६८ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका मिथिला प्रसाद ठाकुर ६५ मत ल्याई पराजित भएका थिए ।

इलाका नं. ११ मा नेपाली कांग्रेसका सिताशरण यादव १ सय ६ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका रामविलाश मण्डल ४७ मत ल्याई पराजित भएका थिए ।

इलाका नं. १२ मा स्वतन्त्र उम्मेदवार श्याम किशोर यादव ८६ मत ल्याई निर्वाचित भएका थिए भने राप्रपाका रिझन साहु ४३ मत ल्याई पराजित भएका थिए ।

इलाका नं. १३ मा एमालेका राजकुमार प्रसाद गुप्ता ८२ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका शंकर कुमार झा ७१ मत ल्याई पराजित भएका थिए ।

इलाका नं. १४ मा एमालेका रामप्रवोध राउत ७९ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका शत्रुधन पाण्डे ७३ मत ल्याई पराजित भएका थिए ।

इलाका नं. १५ मा नेपाली कांग्रेसका कुमर कान्त झा १ सय ७८ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका रघुनाथ यादव ७१ मत ल्याई पराजित भएका थिए ।

इलाका नं. १६ मा नेपाली कांग्रेसका रामनरेश महतो १ सय ४५ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा एमालेका पल्टु पंडित १ सय ३१ मत ल्याई पराजित भएका थिए ।

त्यसैगरी इलाका नं. १७ मा एमालेका शत्रुधन महतो १ सय ३७ मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका राजकुमार महतो १ सय ३४ मत ल्याई पराजित भएका थिए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १२, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब  ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

कात्तिक २०, २०७४

काठमाडौं, २ जेठ - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनले ३००२ भोट ल्याउँदै अग्रता लिएका छन् । कांग्रेसबाट उप मेयरका उम्मेदवारले १९ सय २३ म...

जेठ ९, २०७९

तुलसीपुर उपमहानगरपालिकामा ४९ हजार ३३ मत गणना भएको छ । उपमहानगरको मेयर पदमा नेकपा एमालेका टिकाराम खड्काले २० हजार ८९४ मतसहित अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्...

जेठ १०, २०७९

दाङ तुल्सीपुर उपमहानगरपालिकामा मंगलबार बिहानसम्म ५९ हजार ५६३ मतगणना सम्पन्न भएको छ । प्राप्त मतपरिणामअनुसार एमालेबाट मेयर उम्मेदवार रहेका टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् । यस्तै गठबन्धनको साझा उम्मेदव...

जेठ १६, २०७९

त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको सोमवार प्राप्त भएको परिणामअनुसार प्रमुखमा कांग्रेसका वसन्तकुमार बस्नेत विजयी भएका छन् । उनले १३ हजार ९५९ मत प्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x