×

NMB BANK
NIC ASIA

इटहरीमा महिलाबाट किन कुटिए पूर्वजर्नेल ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
इटहरी, १३ असार — सोमबार इटहरीमा एक महिलाको विभत्स अवस्थाको शव सामाजिक संजालमा भाइरल भयो ।

इटहरी ४ स्थित कचना स्कुल छेउको अर्गानिक भिलेज रिसोर्टको पोखरीमा डुबेर मृत्यु भएको भनिएको सवलाई सबैभन्दा पहिले सामाजिक संजालमा हालेका थिए- नेविसंघ सुनसरी क्षेत्र नम्बर दुईका सभापति टंक दाहालले ।fudung (1)

पहिलो संविधानसभाका समानुपातिक सभासद तथा नेपाली सेनाका पूर्व जर्नेल कुमार फुदुङको घरको पोखरीमा भएको उक्त शव प्रकरणलाई धेरैले हत्या र केहिले आत्महत्या भनि टिकाटिप्पणी गरे ।

सोहि महिलाको शवको विषयलाई लिएर मंगलबार बिहान एघार बजेदेखि इलाका प्रहरी कार्यालय इटहरीमा दर्जनौँ महिलाहरुले प्रदर्शन गरे भने घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरे । प्रहरीले भने घटनबारे जाहेरी नआएको तर व्यक्तिको निजी पोखरीमा महिलाको शब भेटिएकोले छानबिन गर्ने प्रतिबद्धता जनायो ।

यता स्थानीय प्रहरी कार्यालयमा दलका प्रतिनिधि र विरोधकर्ताहरुले प्रहरीसँग वार्ता गरेकै समयमा कुमारको इटहरी चारमा रहेको घरमा अर्को महिलाको समुह प्रवेश परि उनीमाथि हातपात गरेका छन् ।

कुटपिटबाट फुदुङको अनुहार र शरिरका विभिन्न भागमा चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । पूर्व जर्नेल भएकै कारण उनीमाथि छानबिन नभएको महिलाहरुको आरोप छ । सोहि आक्रोशमा उनीहरु घरभित्र प्रवेश गरी कुटपीटमा उत्रिएको बताइएको छ । यस्तै उनीहरुले दिनभरि नै नारा, जुलुस र चक्काजामसमेत गरेका थिए |

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेश सुवेदीका अनुसार घाइते कुमारलाई धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागी साँझ पाँच बजे पुर्याइएको छ ।fudung (2)


जर्नेल फुुदुङको निजी पोखरीमा मृत अवस्थामा भेटिएकि भनिएकी महिला गोर्खा जिल्ला निवासी सुजीता शाही ठकुरी भएको खुलेको छ । उनी रिसोर्टमा काम गर्ने पुर्व कर्मचारी समेत हुन् ।

डिएसपी नरेश सुवेदीले मृतकको पोस्टमार्टम रिपोर्ट र थप स्थलगत अध्ययन पछि सबै कुरा बाहिर आउँने बताए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x