मंसिर २, २०८०
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
कर्मणो ह्यपि बोद्धव्यं बोद्धव्यं च विकर्मण ः ।
अकर्मश्च बोद्धव्यं गहना कर्मणो गतिः । (गीता ४।१७)
अर्थात् गीतामा कृष्णले भनेका छन् मानिसले कर्म, अकर्म र विकर्मको भेद छुट्याउन नसक्दा आफूले पनि दुःख पाएका छन् र अरूलाई पनि दुःख दिने काम गर्दैै आएका छन् ।
कर्म भनेको नियमानुसार तोकिएको वा तत्काल गर्नुपर्ने काम हो । अकर्म भनेको कर्म गरेर पनि नगरेको अवस्थामा पुग्न सक्नु हो भने विकर्म भनेको नतोकिएको वा गर्न नहुने काम हो ।
हामी अकर्म त यसै पनि गर्न सक्दैनौं । किनकि सांसारिक मानिसबाट त्यो सम्भव नै हुँदैन तर कर्म र विकर्ममा भने प्रायः झुक्किने गरेका छौं, जसले गर्दा तोकिएको काम त यसै पनि पूरा हुन सकिरहेका छैनन्, गर्न नहुने वा नतोकिएको काम भने बढी नै हुने गरेका छन् । यहाँ यसैबारे एउटा कथा प्रस्तुत गरिएको छ –
परापूर्वकालमा हिमवत्खण्ड अर्थात् हिमालय पर्वत शृंखला आसपास धर्मध्वज नामका राजा थिए । उनको नाम जस्तै काम पनि धार्मिक प्रकृतिको थियो । राज्यमा कुनै किसिमका रोग, भोक, शोक थिएनन् । देशवासी सुखी र समृद्ध थिए । उनकी असल स्वाभावकी एक सुन्दर कन्या थिइन्, जसको नाम तुलसी थियो ।
तुलसी राजकुमारी भइकन पनि सादा जीवन रुचाउँथिन् । सबैको भलो गर्थिन् । दीनदुःखीको उपकार, संगीसाथीमा मेलमिलाप, मातापिताको सम्मान उनको विशेषता थियो ।
तुलसी पढाइमा पनि अब्बल थिइन् । त्यतिबेला अहिलेको जस्तो स्कूल, क्याम्पस थिएनन् । पढ्न गुरुकूल हुन्थे, पढाउने काम गुरुहरूले गर्थे । उनले पनि गुरुकूलमै बसेर शिक्षा हासिल गरेकी थिइन् ।
समय बित्दै गयो । तुलसी विवाह योग्य भइन् । उनी अनुकूलको वरको खोजी हुन थाल्यो । खोज्दै जाँदा एक राजकुमार फेला परे, जसको नाम शंखचुड थियो ।
विद्या, बुद्धि, शील, स्वभाव राजकुमारीको जस्तै पाएपछि बुवा धर्मध्वजले तुलसीको विवाह उनकै साथमा गरिदिए ।
तुलसी दम्पती साह्रै गुणी र विवेकी थिए । संस्कारी र उपकारी त्यत्तिकै । आपसमा मिलेर बस्थे, एकअर्कालार्ई सघाउँथे, एकअर्काको भावनाको कदर गर्थे । सबैलाई समान ठान्थे, समान व्यवहार गर्थे । कसैलाई पनि ढाँट्न र छल्न जानेकै थिएनन् । पाहुना, पासा, योगी, सन्यासीको सम्मान गर्थे ।
जस्तो व्यवहार आफूलाई मन पर्दैन्थ्यो, त्यस्तो व्यवहार अरूमाथि पनि गर्दैन्थे । पशुपन्छी किटपतङलाई समेत आफैं समान ठान्थे र त्यस्तै व्यवहार गर्थे ।
घरमा सुख थियो, शान्ति थियो, आनन्द थियो, जसले गर्दा स्वर्गभन्दा पनि उत्तम देखिन थालेको थियो उनीहरूको घर । आखिर स्वर्ग भन्नु नै के हो र ? जुन घरमा पतिपत्नीबीच मेलमिलाप हुन्छ, सद्भाव हुन्छ, सहकार्य हुन्छ त्यो घर स्वतः स्वर्ग बन्छ, बनिरहेको हुन्छ । बिस्तारै तुलसी दम्पतीको गुण प्रजाजनहरूमा समेत सर्दै गएकाले पूरै समाज स्वर्गभन्दा उन्नत देखिन थाल्यो । यो कुरा स्वर्गका राजा इन्द्रलाई मन परेन । उनलाई समयमै उपचार नखोजे स्वर्गकै महत्त्व घट्ने हो कि भन्ने चिन्ता लाग्यो र रोकथामका लागि शिवको शरणमा पुगे ।
शिवजीलाई इन्द्रको स्वार्थी कुरा मन परेन । एक त उनी आफैं परोपकारी थिए । लोकहितका लागि विष पान गर्न समेत पछि पर्दैन्थे । अर्को कुरा तुलसी दम्पतीले कसैको बिगारेका थिएनन् । आफ्नै कर्मले ख्याती पाएका थिए, लोक मर्यादा बढाएका थिए । तथापि शरणमा आएकाले इन्द्रलाई सिधै नकार्न भने सकेनन् । शरणमा आएकालाई बेवास्ता गर्नु घोर पाप मानिन्थ्यो त्यतिबेला ।
त्यसैले बहाना बनाउँदै भने, ‘देवराज ! तपाईंको भनाइ अनुसार मैले शंखचुडलाई दण्डित गर्नुपर्ने हुन्छ तर यस्तो गर्न असमर्थ छु । किनकि उनी विष्णुका भक्त हुन् । विष्णुका भक्तलार्ई मैले दण्डित गर्न मिल्दैन । बरू हिँड्नुस् जाऊँ उनै विष्णुको शरणमा, तैपनि कुनै उपाय निस्कन्छ कि ?’
त्यसपछि उनीहरूले विष्णुसमक्ष गएर समस्या बताए । समस्या सुनिसकेपछि विष्णुले लामो सास फेर्दै भने, ‘तुलसी र शंखचुड दुवै मेरा भक्त हुन् । राधाजीका श्रापका कारण गोलोकबाट केही समयका लागि पृथ्वीमा आएका हुन् । लाग्दैछ सायद उनीहरूको आफ्नै लोक फर्कने समय आएको हुनुपर्छ तर उनीहरूलाई फर्काउन त्यति सजिलो भने छैन । उनीहरू दुवै आ–आफ्ना सतमा छन्, जसले उनीहरू यति शक्तिशाली बनेका छन् कि एउटाको सत्य नडगाई केही गर्न सकिन्न । त्यसैले शिवजीले अहिले नै गएर शंखचुडलाई युद्धका निम्ति ललकारून् । मैले तुलसीको सत्य डगाउने काम गर्नेछु । यसबाट शंखचुड दम्पती पनि फर्कनेछन् र इन्द्रको समस्या टर्नेछ ।’
विष्णुको सल्लाहअनुसार शिव गएर शंखचुडसित युद्ध गर्न लागे । विष्णु शंखचुडको भेषमा उनको दरबारमा गएर तुलसीको सत्य डगाउने काम गरे । जब शिवको हातबाट शंखचुडको मृत्यु भएको संकेत पाए त्यसपछि विष्णुले आफ्नै रूपमा प्रकट भएर तुलसीलाई सम्झाउँदै भने, ‘देवी ! तिम्रो पतिले हिजै शिवजीको हातबाट वीरगति प्राप्त गरिसकेका छन् । तिमीहरूको गोलोक फर्कने बेला भएकाले यस्तो नाटक गर्नुपरेको हो । जो भो, भो चिन्ता नगर । विधिविधान ठानी चित्त बुझाऊ र गोलोक फर्कने तर्खर गर ।’
विष्णुको कुरा सुनेर तुलसी छाँगाबाट खसेजस्ती भइन् । टेकेको जमिन भासिँदै गएको जस्तो लाग्यो । उनले आफूलाई थाम्न सकिनन् र आँखाबाट आँसु चुहाउँदै कम्पित स्वरमा भनिन्, ‘हे हरि ! हामीले कसकोे के बिगारेका थियौं र यति ठूलो सजाय दियौ । तिमीलाई दयाका खानी मानेका थियौं तर तिम्रो मन त ढुंगाभन्दा पनि कठोर रहेछ । त्यसैले श्राप दिन्छु । आजैका दिनदेखि तिमीले अनन्तकालसम्म ढुंगा बनेर पृथ्वी लोकमा बस्नुपर्नेछ ।’
विष्णुलाई श्राप दिएर तुलसी योग बलले प्राण त्यगी गोलोकतिर लागिन् । उनको शरीर पवित्र नदी बनेर बग्न थाल्यो, जसलाई हाल कालीगण्डकी भन्ने गरिएको छ । उनको कपाल चाहिँ तुलसी बनेर उम्रियो, जसलाई महाऔषधिको रूपमा लिने गरिरहेको छ । विष्णुलार्ई तुलसीको श्राप लाग्यो । उनी सोही गण्डकीको किनारमा शिला बनेर प्रायश्चित्त गर्न लागे, जसलाई हाल शालिग्राम भन्ने गरिएको छ ।
यस व्यास कथामा के–कति सत्यता छ त्यो त थाहा छैन तर जो कर्मलाई छाडेर विकर्मको पछि लाग्छ, उसले पाउनुपर्ने दण्डबारे कथाले राम्रै सन्देश दिएको छ ।
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...