×

NMB BANK
NIC ASIA

आज बिहानैदेखि किन–किन जिग्री दोस्त गोपालको याद आइरहेको छ । सानैदेखिको साथी हो ऊ, ज्यादै मिल्ने साथी ! सहयोगी र मिलनसार त्यस्तै ।

Muktinath Bank

रिसाउन र झगडा गर्न जानेकै थिएन । परिवारको तेस्रो छोरो थियो । जन्मेको सबै गन्ने हो भने चौथोमा पथ्र्यो । छोरीसहित हिसाब गर्दा छैटौंमा ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आमा जानुकाले यसअघि नै ५ सन्तान जन्माइसकेकी थिइन्, ३ छोरा, २ छोरी तर एउटा दाजु र एउटी दिदीले बाल्यकालमै बिदा लिएका थिए । मरेर जानेलाई कसले गणना गर्छ र ? गणनामा पर्ने बाँचेकाहरू नै हुन्, जसमा उही तेस्रो छोरो हो ।


Advertisment
Nabil box
Kumari

त्यसैले हुनुपर्छ प्रायः सबै साइँला भन्थे उसलाई । मायाले बोलाउनेहरू गोपे साइँलो भन्न रुचाउँथे । गोपे मात्रै भन्नेहरू पनि उत्तिकै थिए । 

Vianet communication

गोपाल अति निम्न मध्यम वर्गीय परिवारको सदस्यमा पथ्र्यो । यसको अर्थ गए–गुज्रेकै भन्ने पनि होइन । दुःखजिलो गरेर जेनतेन खान पुग्थ्यो । यदाकदा एकाध महिना बेसाउन पनि पथ्र्यो ।

परिवार धेरै, जग्गा–जमिन कम, खान नपुगेपछि बेसाउनै पर्‍यो । बेसाउनुपर्दा छिमेकीले नदेखून् भनेर लुकीलुकी पल्लो गाउँबाट उधारो ल्याउने गर्थिन् आमा जानुका ।

यदाकदा आफैंले पनि त्यसैगरी ल्याएको सम्झना छ ऊसँग । बेसाएर खाएको कसैले देखे भने इज्जत जान्छ भन्ने मान्यता थियो त्यतिबेला । बुवा हरिदास खेती किसानी गर्थे । न हलमा गोरु थिए, न गोठमा भैंसी । जीवनशैली गए–गुज्रेकै थियो भन्दा हुन्छ ।  

हरिदास गाउँले उत्पादन छालाको जुत्ता लगाएर गाउँबेशी गर्थे । भोटो, सुरुवाल र पटुका उनको प्रिय पोशाक थियो । चाडपर्वमा इन्डियन लाहुरेहरूले दिएका पुराना कोट, जुत्ता लगाउन छुटाउँदैनथे तर परिवारले भने हिउँदे र वर्षे २ जोर लुगाले नै वर्ष बिताउनुपथ्र्यो । 

हिउँदे लुगा दशैंमा सिलाइन्थ्यो, वर्षे लुगा वैशाखतिर । जाडोयाम पनि त्यस्तै एकसरो लुगाले बिताउनुपथ्र्यो । जुत्ता–मोजाको त के कुरा गर्ने ? देखेकै थिएनन् । के हिउँद के वर्षा ? खाली खुट्टाले नै गाउँबेशी गर्नुपथ्र्यो । 

गोपालको काम गोठालो जानु हुन्थ्यो । एकाध गाईबाख्रा लिएर कहिले खोलाको किनारतिर जान्थ्यो, कहिले जंगल त कहिले बाँजो खेतबारीतिर । खोला किनारतिर गएको बेला पौडी खेल्न र पाएसम्म माछा मार्न औंधी रुचाउँथ्यो । जेठ–वैशाखको महिनाले भने निकै सताउँथ्यो उसलाई । एक किसिमले शत्रु नै भन्दा पनि हुन्छ उसका लागि । कारण त्यस मौसममा गाउँमा पानीको अभाव हुन्थ्यो ।

गाई, बाख्रालाई पानी खुवाउन र पानी लिनकै लागि पनि झण्डै आधाकोश टाढा खोलामा पुग्नुपथ्र्यो तर बाटो राम्रो थिएन । ढुंगेन र गग्रेन हुँदै ओरालो झर्नुपथ्र्यो । यसै पनि वैशाख, जेठको घामले तातेर आगोको बनेको गग्रेन त्यसैमाथि खाली खुट्टा कस्तो भयो होला उही जानोस् । त्यसैले हुनुपर्छ वैशाख, जेठ जस्तो महिना कहिल्यै नआओस् भन्थ्यो तर भनेको भरमा प्रकृतिले कहाँ सुन्छ र ?

भनाइको पछि लाग्न थाले उसको गति नै रोकिन्छ । भनसुन चल्ने मानव राज्यमा हो, प्राकृतिक साम्राज्यमा होइन । 

एक पटक उसको दाजु रामे नून लिन त्रिशूली बजार गएको थियो बुवाको साथमा । फर्कंदा सेतो गन्जी लगाएर आएको रहेछ । त्यसलाई देखाउन दाजु बेसी खेतमै पुगेको थियो, जहाँ ऊ गाई–बाख्रा लिएर गएको थियो । त्यति राम्रो सेतो गन्जी उसले कहिल्यै देखेको थिएन । देख्नु के थियो उसलाई पनि लगाउन मन लाग्यो तर लाग्दैमा कहाँ पाइन्थ्यो र ? दाजु त साथमा नून लिन गएका थिए र पो बुवाले किनिदिएका थिए । घरमै बस्नेलाई किन सम्झन्थे र ?

दाजुबाट गन्जी किन्न २ रुपैयाँ पर्छ भन्ने थाहा पाएपछि उसको ध्यान कसरी २ रुपैयाँ कमाउने भन्नेतिर गयो तर यहाँ पनि उसका लागि भनेजस्तो भएन । हो, एकपटक उसलाई पल्ला घरे हजुर आमाले एक रुपैयाँको नोट दिएकी थिइन् । उसले सोचेकोे थियो हजुरआमाले माया गरेर गन्जी किन्न दिएकी होलिन् । यसैगरी अर्को रुपैयाँ पनि भेटिए त गन्जी लगाउन पाइन्थ्यो तर उसको सपना त्यतिबेला चकनाचूर भयो जतिबेला त्यो पैसा उसका लागि नभई बुवाले मागेका सापटी रहेछ भन्ने थाहा पायो । त्यसपछि बिस्तारै सेतो गन्जी लगाउने धोको धोकोमै सीमित भयो । 

एकपटक उसले बुवाको साथमा गोदावरी नुहाउन काठमाडौं जाने अवसर पायो । त्रिशूली बजारमा चप्पल देखेर उसलाई पनि लगाउन मन नलागेको होइन तर देख्दैमा कहाँ पाइन्छ र ? देखेको पाइने धनीमानीका लागि हो, गरीबका लागि होइन । एकपटक हिम्मत गरेर बुवालाई किनिदिन भनेको पनि थियो तर बुवाले भोलि बस चढ्नुपर्छ किन चाहियो भनेर टारिदिए । त्यतिबेला त्रिशूली–काठमाडौं भर्खर बस चलेको थियो । भारत सरकारले त्रिशूली पावर हाउस निर्माण गर्न बनाएको बाटो सानो, कच्ची र उबडखाबड थियो । वाकवाक गर्दैै त्रिशूलीबाट साँझ काठमाडौं पुग्यो ।

सोह्रखुट्टेतिर कुनै गाउँले सज्जनको घरमा बसेर करीब १ हप्ता काठमाडौंमा बितायो । गोदावरी गयो, पशुपतिको दर्शन गर्‍यो । एयरपोर्ट हेर्न जाँदा हवाइजहाज उडेको र बसेको देखेर आश्चर्य मान्यो । एयरपोर्टबाट चिडियाखान पुगेर गैंडा, हात्ती देख्दा पनि त्यस्तै भयो । धरहरा हेर्‍यो त्यस्तै, घण्टाघर हेर्‍यो त्यस्तै । रन्जना सिनेमा हल देखेर थप आश्चर्यमा पर्‍यो । हेर्दाहेर्दै अनायासै ‘यस्तो घर पनि बन्दो रहेछ बाई’ भन्न पुग्यो । धन्न भित्र गएर सिनेमा हेर्ने छुट पाएन नत्र ‘फोटो पनि हिड्ने, उड्ने र बोल्ने गर्दो रहेछ बाई’ भन्न पनि भ्याउँथ्यो होला ।

जे होस् १ हप्तासम्म काठमाडौंको रङ्गीचङ्गी दृश्य हेरेर घर फक्र्यो, त्रिशूली बजारबाट एकपाथी नून बोकेर तर उसको खुट्टा भने जाँदा जस्तै फर्कंदा पनि खाली नै थियो ।
 
उसको खुट्टामा सर्वप्रथम चप्पल परेको चितवन जाँदा हो, जुन दाजुले टाँडी बजारमा किनिदिएका थिए । त्यतिबेला उसको उमेर त्यस्तै १०–१२ वर्षको थियो होला । चप्पल लगाउन पाउँदा ऊ यति खुशी थियो कि मानौं स्वर्गको नन्दन वन नै प्राप्त गरेको होस् ।

गोपालको बाल्यजीवन यस्तैयस्तै अभाव र गरीबीमा बित्यो । तैपनि उसले न कुनै गुनासो गर्‍यो न कतै असन्तुष्टि पोखेकै पाइयो । हमेशा हँसमुख देखिन्थ्यो । सधैं खुशी, सधैं आनन्दित ।

गरीबी नै संसार, गरीबी नै सर्वस्व । तैपनि न दिक्क, न हैरानी, न गुनासो, न ईश्र्या । धनीमानीको रहनसहन देखेर उसलाई पनि त्यस्तै हुने रहर थियो होला तर त्यसलाई कहिल्यै व्यक्त गरेन, हुन दिएन । उसको बाल्यकालीन अवस्था सम्झँदा कहिले हाँसो उठ्छ, कहिले दिक्क लाग्छ । थाहा छैन ऊ अहिले कहाँ होला, कस्तो भयो होला । जीवित पनि छ कि छैन ? भए के गर्दै होला । भेट पनि हुने हो कि होइन, भए के भन्थ्यो होला ? हुन सक्छ ठक्कर खाएर खारिएको हुँदा राम्रै जीवन बिताइरहेको पो छ कि ! हवस् त अहिलेलाई यति नै, बाँकी गोपाल भेटिएछ भने भनौंला है !

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x