पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चैत २३, २०७८
स्थानीय तहको निर्वाचन जति नजिकिँदै गएको छ त्यति नै राजनीतिक दलहरूले प्रचार अभियानलाई तीव्र बनाएका छन् ।
राजनीतिक कार्यकर्ता पनि आफ्नो र प्रतिस्पर्धी दुवै दलमा अवसरको चर्को बार्गेनिङ गरिरहेका छन् । त्यो भन्दा रोचक तर कर्कश छ राजनीतिक दलका शीर्ष नेताहरूको दन्त बझान ।
मुख्यगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गठबन्धनमा रहेका दलहरूप्रति छुद्र अभिव्यक्ति ओकलिरहेका छन् ।
गठबन्धनमा रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि ओलीलाई जवाफ फर्काउन कम सुनिएका छैनन् ।
एमाले अध्यक्ष ओलीले सत्तारूढ गठबन्धनमा रहेका पार्टी, विशेषगरी माधव नेपाल र प्रचण्डलाई व्यक्तिगतरूपमा इंगित गरेर सार्वजनिक समारोहमा गाली गरिरहेका छन् ।
सोमवार काठमाडौंमा आयोजित प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड कम्युनिस्ट नै हुन नसक्ने अभिव्यक्ति दिएका थिए ।
उनले भनेका थिए, ‘नबुझेर मान्छेहरूले म त वामपन्थी हुन सक्दिन भन्छन् । वामपन्थी भनेको उसले बुझेकै छैन । अलिकति के भो भने वामपन्थी भनेको मान्छेहरूले प्रचण्ड सम्झन्छन् । अनि कसरी हुन्छ ? हुने कुरै रहेन नि !’
त्यतिमात्रै होइन, प्रचण्ड कम्युनिस्ट भए आफू कम्युनिस्ट हुन नसक्ने ओलीले बताएका थिए । ‘मैले एकपटक भनेको थिएँ, पोहोर परार । यदि प्रचण्ड भन्ने मान्छे कम्युनिस्ट हुन् भने म कम्युनिस्ट होइन । म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन् । त्यो सम्भव नै छैन नि दुईवटा एउटै कुरो कसरी सम्भव हुन्छ ?’, ओलीले भने ।
आफू र प्रचण्डमा फरक देखाउने प्रयास गर्दै उनले भने, ‘उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ, म शान्तिको पक्षमा छु । उहाँ जातजातमा भिडाउन खोज्नुहुन्छ, मान्छेलाई म मिलाउन खोज्छु । उहाँ मधेश र पहाडको लडाईं गराउन खोज्नुहुन्छ म शान्ति कायम गरेर मेलमिलापसँग अघि बढ्नुपर्छ, सबैलाई समान अधिकार दिनुपर्छ भन्छु ।’
प्रचण्डलाई मात्रै होइन, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि ओलीले सार्वजनिक समारोहमा उत्तिकै हमला गर्ने गरेका छन् ।
नेकपा एमालेमा रहँदा महाकाली सन्धिका बेला औधी मिलेर काम गरेका नेपाल र ओलीबीच पछिल्लो समय बेमेल थियो । नेपालले हारेर ओली अध्यक्ष भएपछि ओली र नेपालबीचको दूरी झन् बढ्यो । गत भदौमा नेपालले एमालेबाट छुट्टिएर अलग पार्टी बनाएपछि उनीहरूबीच शत्रुतापूर्ण सम्बन्ध छ ।
नेकपामा प्रचण्ड–नेपाल र ओलीको कित्ताकाट भएपछि ओली माधव नेपालसँग आक्रोशित थिए । नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र फरक पार्टी बन्दा पनि नेपाल र प्रचण्डको सहकार्य जारी रहेपछि ओलीले नेपाललाई गद्दार र देशद्रोहीको आरोप लगाएका थिए ।
अहिले पछिल्लो समयमा भने ओलीले माधव नेपाललाई राजतन्त्रसँग जोडेर आलोचना गर्दै आएका छन् ।
चैत ५ गते मदन भण्डारी फाउन्डेसनको राष्ट्रिय भेलाबाट ओलीले माधव नेपाललाई राजतन्त्रको पक्षपातीको रूपमा स्थापित गर्न थालेका थिए ।
उक्त कार्यक्रममा ओलीले राजदरबार हत्याकाण्डका बेला माधव नेपाल छानबिन समितिमा बसेर दीपेन्द्र शाहलाई हत्यारा साविन गर्ने नाटकको साक्षी बस्न खोजेको आरोप लगाएका थिए ।
त्यसदिन ओलीले भनेका थिए, ‘छानबिन आयोगको सदस्य बसेर दीपेन्द्रलाई हत्यारा सावित गर्न एमालेलाई साक्षी राख्ने माधव नेपालको रहर थियो । तर, उनलाई सदस्य बन्न नदिएर उनको रहर पूरा हुन दिएनौं ।’
२०५८ मा राजा वीरेन्द्र शाहको वंशनास हुनेगरी भएको दरबार हत्याकाण्डको बेला ज्ञानेन्द्र शाहले बनाएको छानबिन समितिमा प्रतिपक्षी दलको नेताहरूको हैसियतमा नेपाल सदस्य बनाइएका थिए । तर, उनले पछि समितिमा बस्न अस्वीकार गरेका थिए ।
त्यतिमात्रै होइन, माधव नेपाल राजाको पाउमा दाम चढाउन गएको भनेर ओलीले नेपालमाथि हमला गरेका छन् ।
चैत १८ गते अनेरास्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘एउटा गठबन्धनवालाले राजासँग मिल्छ भनेको सुनेँ, कहाँ छ र राजा ? पाउमा दाम राखेर ढोग्ने मान्छे होइन केपी ओली । मेरा विद्यार्थीको पाउमा राख्न तयार छु । गाउँका मजदुर किसानको पाउमा दाम राखेर ढोग्न तयार हुन्छु । राजा महाराजालाई परिक्रमा गरीगरी दाम राख्दिनँ ।’
त्यतिमात्रै होइन, नेपालले प्रधानमन्त्री पद मागेर तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई बिन्तिपत्र हालेको ओलीले बताए ।
‘जनताको अभिमतबाट प्रधानमन्त्री भएको हो, दर्ता चलानी फाँटमा निवेदन चढाएर प्रधानमन्त्री माग्न जाँदिनँ । जेल बस्न तयार हुन्छु, प्रतिक्रियावादीको अगाडि लम्पसार हुन तयार हुँदिनँ ।’
नेपालको प्रतिवाद
स्थानीय तहको चुनावलाई लक्षित गरेर आयोजना हुने सभा सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि उत्तिकै आक्रमक र छुद्र टिप्पणीमा उत्रिने गरेका छन् ।
चैत १२ गते नेकपा (एस) गुल्मीको कार्यकर्ता भेलालाई तम्घासमा सम्बोधन गर्दै उनले केपी ओलीको पार्टी र उनको प्रवृत्तिलाई उठ्नै नसक्ने गरी धूलो चटाउने दाबी गरेका थिए । सत्तारूढ गठबन्धनले तालमेल गरेर एमालेलाई पत्तासाफ गराउने नेपालको अभिव्यक्ति थियो ।
उक्त सभामा नेपालले कहिल्यै, कसैले पराजित गर्न नसक्ने घमन्ड बोकेका ओली र ओली प्रवृत्ति अदालत, संसद् तथा प्रदेशबाट अन्त्य हुँदै आएको र अब तीनै तहका चुनावको माध्यमबाट एमालेलाई नामेट बनाउने दाबी गरेका थिए ।
त्यति मात्रै होइन, नेपालले केपी ओलीले विधि, पद्धतिसँगै राष्ट्र र राष्ट्रियता बिर्सेर गुटका आधारमा विदेशी शक्तिसँग साँठगाँठ गरेको आरोप लगाउँदै आफूहरूले पार्टीभित्रबाट चुनौतीपूर्ण विद्रोह गरेको जिकिर गरे ।
चैत १९ गते अखिल नेपाल महिला संघ (समाजवादी) जिल्ला कार्यसमिति काठमाडौंले आयोजना गरेको बृहत् महिला भेला तथा प्रशिक्षण कार्यक्रममा पनि नेपाल एमाले अध्यक्ष ओलीमाथि खनिए ।
‘एमाले दक्षिणपन्थी भासमा भासिएको छ, हामी क्रान्तिकारी अडानमा उभिएका छौं । एमाले व्यक्तिवादमा चुर्लुम्म डुबेको छ, व्यक्तिवादमा डुबेपछि नेताहरू अहंकारमा डुबेका छन्, हामी व्यक्ति पूजामा लाग्दैनौँ । असल विचार, संस्कार र संस्कृतिलाई सम्मान गर्छौं’, नेपालले भने ।
त्यसअघि फागुन २८ मा धादिङको गल्छी गाउँपालिकामा आयोजना गरिएको नेकपा (एस)को अधिवेशनलाई सम्बोधन गर्दै नेपालले भनेका थिए, ‘राष्ट्रिय सभा निर्वाचनमा केपी ओलीको पार्टीलाई धूलो चटाइदियौं । त्यो पार्टीको भविष्य छैन । विचराहरूको अनुहार चाउरिएको छ, बर्बराउन थालेका छन् । गालीगलौज गर्न थालेका छन्, उनीहरूसँग कुनै तर्क छैन, आँट पनि छैन ।’
चैत ३ गते एकीकृत समाजवादीले आयोजना गरेको फागु पूर्णिमा विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले होलिका दहन भएजस्तै त्यस्तो प्रवृत्तिको नाश हुने बताए ।
‘स्थानीय तहको निर्वाचनमा हाम्रो सामर्थ्य देखिनेछ । हाम्रो खिस्सीट्युरी गर्ने तत्त्वहरूको हरिबिजोग त्यही बेलामा थाहा हुनेछ । घमण्डको पोको भएको रावणको नास भएजस्तै, होलिका दहन भएजस्तै त्यस्ताहरूको नास र दहन होस्,’ नेपालले भनेका थिए ।
त्यतिमात्रै होइन, एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहेको बेला बालुवाटारमा बंकर बनाएर प्रधानसेनापति र प्रधानन्यायाधीशसँग साँठगाँठ र गोप्य संवाद गर्ने गरेको गम्भीर आरोप नेपालले ओलीमाथि लगाएका छन् ।
चैत १३ गते समाजवादी प्रेस संगठनको विस्तारित बैठक समापन कार्यक्रममा बोल्दै नेपालले ओलीको कटू आलोचना गरेका थिए ।
त्यसदिन नेपालले भनेका थिए, ‘संसद् विघटन गर्छु, भन्ने ओलीको दिमागमा पहिलेदेखि थियो, बालुवाटारमा बंकर बनाएर ओली चोलेन्द्रसँग बारम्बार भेट गर्थे । कुन न्यायाधीशलाई कहा–कहाँ पुर्याउने, कोही बोल्यो भने अदालत आफ्नै छ, निर्वाचन आयोग आफ्नै छ । सम्पत्ति शुद्धीकरण लगाउँछु, साइबर स्याल लगाउँछु भन्ने उनको योजना थियो ।’
उनले ओलीलाई रावण र हिटलरसँग तुलना गर्दै भनेका थिए, ‘ठ्याक्कै रावणको प्रवृत्ति केपी ओलीमा देखिएको छ । पौराणिक साहित्यको अध्ययन पनि गर्नुपर्छ । रावण, कंश, शिशुपालदेखि हिटलरसम्मले के–के गरे ? हिटलरले कतिवटा कुकृत्य थिए ? ठ्याक्कै तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस् ।’
पछिल्लो एक महिनायता प्रचण्ड चुपचाप, कांग्रेस पनि शान्त
नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्रमा छुट्टिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हरेकजसो कार्यक्रममा एमाले अध्यक्ष ओलीको नाम लिएर कटु आलोचना गर्दै आएका थिए ।
तर, पछिल्लो एक महिनायता प्रचण्डले सार्वजनिक समारोहमा एमाले अध्यक्ष ओलीको चर्को आलोचनामा शब्द खर्चिएको सुनिएको छैन ।
नेपाली कांग्रेसका केही नेताहरूले प्रचण्ड, माधव नेपाल र केपी ओलीको आलोचना गर्न थालेका थिए । तर, पार्टी सभापति देउवाले गठबन्धनमा रहेका र प्रतिपक्षी दललाई नभड्काउन निर्देशन दिएपछि कांग्रेसका नेताहरूले प्रतिस्पर्धी दलका नेताहरूको खासै आलोचना गरेका छैनन् ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...