×

वामपन्थी ब्याटल

ओलीको दाउ हैसियत देखाइदिने, प्रचण्ड–नेपाल सके आफू जित्ने, नसके एमाले हराउने !

माघ २७, २०७८

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने गरी सरकारले मिति तोकेपछि राजनीति दलहरू निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् । 

निर्वाचनलाई लक्षित गरेर संगठन विस्तार, आन्तरिक सर्वेक्षण र शक्ति सन्तुलनको विश्लेषणमा दलहरू केन्द्रित छन् ।


Advertisment

पार्टीको बैठक बस्ने, योजना र निर्वाचन रणनीति तय गर्ने तथा पार्टी पंक्तिलाई निर्वाचनमा परिचालनको काममा राजनीति नेतृत्व व्यस्त हुन थालेका छन् । तर, यसपटकको स्थानीय चुनावमा मुख्यगरी तीन कम्युनिस्ट पार्टीको चुनावी प्रतिस्पर्धालाई अहिलेबाटै धेरैले चासोपूर्वक लिएका छन् ।


Advertisment

२०७४ को संसदीय निर्वाचनमा एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गरेर पार्टी एकतासम्म गरेका थिए । दुई पार्टी एक बन्ने नारालाई मतदाताले पनि मन पराए, र मत दिए । तर, अहिले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी तीन टुक्रा बनेको छ । २०७७ फागुन २३ को सर्वोच्च अदालतको फैसलाबाट नेकपा पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्कियो । तर, एमाले पनि सग्लो रहन सकेन । एमालेबाट माधव नेपालको नेतृत्वमा पार्टी विभाजित भएर नेकपा एकीकृत समाजवादी बन्यो । 

अबको स्थानीय तहको निर्वाचनमा यी तीन पार्टीको उपस्थिति र प्रतिस्पर्धा एक–अर्काका लागि चुनौती बन्ने अवस्था छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहकार्यमा छन् । सत्तारूढ गठबन्धनमा भएका यी दुवै पार्टी चुनावमा पनि गठबन्धन कायम गरेर जानुपर्छ भन्ने मान्यतामा छन् । दुवै पार्टी प्रमुख राजनीतिक एजेण्डामा एकमत छन् ।

सत्तारूढ गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस चुनावी गठबन्धनमा सहमत नभए पनि अरू चार दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको चुनावी गठबन्धन बन्ने सम्भावना छ । कांग्रेसको मुख्य नेतृत्व गठबन्धनकै पक्षमा भए पनि यस बीचमा अगाडि आउने राजनीति एजेन्डाले कांग्रेस–कम्युनिष्टको चुनावी गठबन्धन बन्ने वा नबन्ने भन्ने कुराको निर्क्यौल गर्छ । 

मुख्य गरी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)सँगको सम्झौता संसद्मा लैजाने विषयमा उनीहरू कसरी प्रस्तुत हुन्छन् भन्ने कुराले चुनावी गठबन्धनको विषय निर्धारण गर्नेछ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहमा सकेसम्म आफ्नो उम्मेदवार जिताउने र त्यस्तो सम्भावना नभएमा कुनै हालतमा एमालेको उम्मेदवारलाई जित्न नदिने रणनीति अपनाउने ती दलका नेताहरू बताउँछन् । 

यद्यपि, नेकपा एकीकृत समाजवादीले विज्ञप्ति नै प्रकाशन गरेर आगामी चुनावमा सत्तारूढ गठबन्धनमा रहेका दलहरूबीच सहकार्य हुनुपर्ने प्रस्ताव गरेको छ । मंगलबार अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनमा सामेल सबै दलहरूलाई स्थानीय तहको चुनावमा मिलेर जाने प्रस्ताव गरेको थियो । 

कांग्रेस चुनावी गठबन्धनमा रहँदा वा नरहँदा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सके आफू जित्ने, नसकै एमालेलाई हराउने रणनीतिमा लाग्ने देखिएको छ ।

नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेयता माधव नेपाल र प्रचण्ड उनीसँग रुष्ट छन् । ओलीले पार्टीमा एकलौटी व्यवहार गरेको, व्यक्तिवाद हावी भएको, अहंकार देखाएको जस्ता आरोप नेकपामा रहँदा नै उनीहरूले लगाउने गरेका थिए । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सार्वजनिक भाषणमा आगामी चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने बताउने गरेका छन् । 

अहिले उनीहरू एक अर्काको अस्तित्व नै नस्वीकार्ने अवस्थामा छन् । जसरी हुन्छ एकले अर्कालाई कमजोर पार्ने र सिध्याउने रणनीतिमा यी तीन पार्टी लागेका छन् । आगामी चुनावी प्रतिस्पर्धा पनि यही रणनीतिअनुसार हुने सम्भावना छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तहमा सकेसम्म आफ्नो उम्मेदवार जिताउने र त्यस्तो सम्भावना नभएमा कुनै हालतमा एमालेको उम्मेदवारलाई जित्न नदिने रणनीति अपनाउने ती दलका नेताहरू बताउँछन् । 

एमालेको बुझाइ : प्रचण्ड– नेपाल प्रतिस्पर्धी नै होइनन् 

मुख्यगरी माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डकै भूमिकाका कारण केन्द्रदेखि प्रदेशसम्मको सरकारमा प्रतिपक्षमा धकेलिएको एमालेका नेताहरू आगामी चुनावमा माधव नेपाल र प्रचण्डको पार्टीलाई धुलिसात पार्ने योजनामा छन् । 

त्यसका लागि एमाले नेतृत्वले अहिलेको सत्तारूढ गठबन्धन भत्काउन भरमग्दुर प्रयास गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसका नेताहरूसँग संवाद बाक्लो बनाएका छन् । 

गठबन्धन छाड्ने हो भने कांग्रेसलाई एकलौटीरूपमा सरकार चलाउन र एमसीसी समेत संसद्मा अनुमोदन गराउन सघाउने प्रस्ताव एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासमक्ष राखेको चर्चा छ ।

गठबन्धन भत्काउन सके एकीकृत समाजवादी र माओवादी केन्द्रलाई चुनावबाट नामेट गराउन सकिने एमालेको विश्लेषण छ । एमालेका नेताहरू आगामी स्थानीय तहको निर्वाचनमा मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुने दाबी गर्छन् ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आगामी निर्वाचनमा एमाले र कांग्रेसबीचमा प्रतिस्पर्धा हुने बताए । ‘वामपन्थी मत एमालेको पक्षमा आउँछ, वामपन्थीविरोधी मत कांग्रेसमा जान्छ । मतदाता पनि कांग्रेसलाई पराजित गर्न सक्ने शक्ति एमाले नै हो भन्नेमा छन् । त्यसो हुँदा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसको बीचमै हो’, उनले भने । 

आगामी निर्वाचनबाट एमालेले २०७४ को भन्दा राम्रो नतिजा ल्याउने उनले दाबी गरे । ‘स्थानीय तहमा एमालेका जनप्रतिनिधिले गरेको काम र सकारको नेतृत्व गर्दा भएका काम राष्ट्रियता र जनताको पक्षमा छन् । यसले पार्टीको जनमत बढेको विश्लेषण गरेका छौं । आगामी चुनावमा अघिल्लो चुनावको भन्दा बढी स्थानीय तहमा एमालेले जित निकाल्छ’, उनले भने । 

एमाले विभाजनको असरमा चुनावमा नपर्ने उनले बताए । ‘नेताहरू विभाजित भए पनि मतदाता विभाजित छैनन् । फुटको पक्षमा मत जाँदैन । फुटको असर चुनावमा पर्ने ठानेका छैनौं । केही नेताहरू पार्टी छाडेर गए पनि माओवादी केन्द्र र अन्य पार्टीबाट एमालेमा प्रवेश गर्ने त्यो भन्दा बढी संख्यामा छन् । त्यसो हुँदा जनमत बढेकै छ’, ज्ञवालीले भने ।

आगामी चुनावमा एमालेले देशभर एक्लै अरू पार्टीसँग प्रतिस्पर्धा गर्ने उनले बताए । ‘केही निश्चित ठाउँमा त्यहाँको परिस्थितिको आधारमा पार्टी केन्द्रको अनुमति लिएर स्थानीय तहले चुनावी तालमेल गर्न सक्छ । तर, आमरूपमा देशभर एमाले एक्लै चुनावी प्रतिस्पर्धामा जान्छ’, उनले भने । 

गठबन्धनको बलमा एमालेलाई हराउने प्रचण्ड–नेपाल रणनीति

सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका पार्टी भने गठबन्धनको बलमा एमालेको घमण्ड तोड्नुपर्ने पक्षमा छन् ।

मुख्यगरी एमाले नेतृत्वको कारण पार्टी विभाजन भएको, एकीकृत बनेको कम्युनिष्ट आन्दोलन विभाजित भएको, एकलौटी निर्णयको आधारमा संविधान र व्यवस्थालाई खतरामा लैजान खोजेकाले त्यसको नसिहत चुनावबाट दिनुपर्ने ती पार्टीका नेताहरू बताउँछन् । २०७८ जेठ ८ मा गरेको संसद् विघटनपछि एमाले राजनीतिक रूपमा एक्लिएको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूको तर्क छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ आगामी चुनावबाट एमालेको घमण्ड तोडिने दाबी गर्छन् । चुनावमा कांग्रेस, एमाले र माओवादी केन्द्रको त्रिपक्षीय भीडन्त हुने उनको विश्लेषण छ ।

स्थानीय चुनावमा एकअर्कालाई देखाइदिने अभिष्ट पूरा भएपछि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा फेरि कम्युनिस्टहरू एक भएर अगाडि बढ्न सक्ने सम्भावनालाई पनि नेताहरू नकार्दैनन् । ‘सबैको घमण्ड तोडिएपछि आ–आफ्नो कमजोरी रियलाइज गरेर कम्युनिस्टहरू फेरि मिल्न सक्ने सम्भावनालाई समेत नकार्न सकिन्न,’ एक नेताले भने ।

‘एमसीसीका कारण कांग्रेस जनतामा बद्नाम भएको छ । एमाले फूटबाट ग्रसित छ । एमालेलाई सत्ता दिनु बाँदरको हातमा नरिवल हो भन्ने जनताले बुझेका छन् । त्यसो हुँदा जनमत माओवादी केन्द्रको पक्षमा छ’, उनले भने ।

त्यसबाहेक, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको एजेण्डा मिल्ने र राष्ट्रिय सरोकारका विषयमा पनि एक ठाउँमा भएकाले चुनावमा पनि सहकार्य हुने उनले बताए । 

‘हामी एमसीसी पास गर्नुहुन्न र गठबन्धन पनि तोड्नुहुन्न भन्ने पक्षमा छौं । सकेसम्म चुनावमा पाँचै दलको गठबन्धन कायम गरेर एमालेको घमण्ड आगामी चुनावबाट तोडिन्छ’, सापकोटाले भने । 

स्थानीय तहको चुनावमा एमालेलाई पराजित गर्न सके त्यसपछिको समयमा कम्युनिष्ट पार्टीहरूका बीचमा सहकार्यको वातावरण बन्न सक्ने प्रचण्ड र माधव नेपालको आंकलन रहेको उनीहरू निकट नेता बताउँछन् ।

स्थानीय तहको चुनावमा सकेसम्म पाँचै दलको गठबन्धन बनाउन प्रयास गर्ने र त्यो सम्भव नभए कम्तिमा तीन दलको भए पनि गठबन्धन बन्ने एकीकृत समाजवादीका नेताहरू बताउँछन् । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच मात्रै भए पनि चुनावी गठबन्धन बन्ने समाजवादी पार्टीका नेताहरूको विश्लेषण छ । 

‘तीन पार्टीको मात्रै चुनावी गठबन्धन बने पनि पहिलो प्रयास आफ्नो उम्मेदवार जिताउने हुन्छ । त्यस्तो अवस्था नहुने स्थानीय तहमा एमालेको उम्मेदवारलाई कुनै हालतमा जित्न नदिने रणनीति हुन्छ’, समाजवादीका एक नेताले भने । त्यस्तो अवस्थामा बरू कांग्रेस उम्मेदवारको पक्षमा मत जान सक्ने ती नेताले बताए । एकीकृत समाजवादीका नेताहरू चुनावमा एमालेसँग रिस फेर्ने पक्षमा देखिन्छन् ।  

स्थानीय चुनावमा एकअर्कालाई देखाइदिने अभिष्ट पूरा भएपछि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा फेरि कम्युनिस्टहरू एक भएर अगाडि बढ्न सक्ने सम्भावनालाई पनि नेताहरू नकार्दैनन् ।

‘सबैको घमण्ड तोडिएपछि आ–आफ्नो कमजोरी रियलाइज गरेर कम्युनिस्टहरू फेरि मिल्न सक्ने सम्भावनालाई समेत नकार्न सकिन्न,’ एक नेताले भने ।

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

x