बैशाख २४, २०८०
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
नेपालको सडकलाई ‘सुरुङ युग’मा प्रवेश गराउने महत्त्वाकांक्षी आयोजनाका रूपमा हेरिएको नागढुंगा सुरुङमार्ग सोमबार छिचोलियो । सुरुङको ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्री, मन्त्रीसहितका सरकारी अधिकारी लर्को लागेर गएबाटै यसको महत्त्व बुझ्न सकिन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्विच थिचे पछि धादिङ र काठमाडौं दुवैतर्फबाट खनिएको सुरुङ छिचोलिएको हो ।
धादिङको सिस्नेखोला र काठमाडौंको चन्द्रागिरि नगरपालिका– १ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ । नागढुंगाको घुमाउरो सडक र जामबाट आजित भएका नागरिकलाई सुरुङमार्ग निर्माण भएपछि थप सहज हुनेछ । सोमबार छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरूपमा सवारी आवागमन हुने आयोजनाले जनाएको छ ।
मात्र २ दशमलव ८ किमी लामो भएपनि यो सुरुङमार्ग नेपाली इन्जिनियरका लागि सिकाइको समेत कोशेढुंगा ठानिएको छ ।
सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका काम बाँकी रहेकाले सञ्चालनमा आउन झण्डै एक वर्ष लाग्नेछ । जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले ठेक्का पाएको सो सुरुङमार्ग निर्माणको कुल लागत झण्डै २२ अर्ब रुपैयाँ छ ।
सुरुङ ‘ब्रेक–थ्रु’ गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको भौगोलिक बनोटका आधारमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए ।
सुरुङमार्ग निर्माण भएपछि राजधानी काठमाडौं जोड्ने लाइफलाइन नागढुंगाको जामबाट यात्रुले मुक्ति पाउने छन् । दशकौं पहिलेको सवारी चापलाई मध्यनजर गरेर बनाइएको साँधुरो सडकले अहिलेको सवारी चाप धान्न सकेको थिएन ।
नागढुंगामा बनेको छोटो सुरुङमार्गले मुलुकको पूर्वाधार विकासमा नयाँ आशा दिएको छ । यसको प्रशंसा गरिराख्नेभन्दा यस्ता सुरुङमार्ग देशमा अन्य भागमा विस्तार गरेर पहाडी सडकलाई सुरक्षित र छोटो बनाउनु अहिलेको आवश्यकता हो ।
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...