×

अवैध सट्टेबाजीमा कनेक्ट आईपीएसको खुल्लमखुला प्रयोग, अनुसन्धान गर्दै प्रहरी

काठमाडाैं | असार १३, २०८१

गत सालको चैत २९ गते वान एक्स बेटिङ कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गर्‍यो ।

उनीहरूले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आईपीएस एकाउन्ट खोली ९८ वटा बैंक खाता लिंकअप गरेर ५७ करोड भन्दा बढी बराबरको कारोबार गरेका थिए ।


Advertisment

सर्लाहीको मलंगवा नगरपालिका– ९ बस्ने ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र सोही नगरपालिका–१० बस्ने ३० वर्षीय राकेश चौधरीले आफ्नो अपराध कर्ममा नेपाल क्लियरिङ हाउसअन्तर्गत सञ्चालित कनेक्ट आईपीएस प्रयोग गरेका थिए ।


Advertisment

विश्वभरि सञ्चालित हुने विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ एप्लिकेसन वान एक्स बेटमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने/गराउने कार्य गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्ने सक्रिय एजेन्टहरू रहेको सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

कनेक्ट आईपीएसको कमजोर प्रणाली प्रयोग गरेर छोटो समयमा करोडौं कमाउने यी तीनजना मात्र छैनन् ।

वान एक्स बेटको वेबसाइटमा कनेक्ट आईपीएसमार्फत सजिलो गरेर भुक्तानी गर्न र निकाल्न सहज हुने भएपछि अहिले सट्टेबाजीको कुलतमा फस्नेहरूको संख्या दिनानुदिन बढिरहेको छ ।

लोकान्तरले यसअघि 'अवैध क्रिप्टो कारोबार र अनलाइन बेटिङमा इसेवा, उजुरी कुर्दै राष्ट्र बैंक' शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

समाचार प्रकाशित भएपछि प्रहरी प्रशासन र अन्य नियामक निकाय सक्रिय बनेका थिए भने वान एक्स बेटको वेबसाइटबाट इसेवालाई निष्क्रिय पारिएको थियो । अहिले पनि इसेवा कहिले सक्रिय कहिले निष्क्रिय देखिन्छ ।

भुक्तानीका लागि अहिले कनेक्ट आईपीएस सक्रिय रहेको देख्न सकिन्छ । सट्टेबाजीलाई कनेक्ट आईपीएसले सहज गरिदिएपछि थप नेपाली युवा यसको कुलतमा फस्ने जोखिम रहेको छ ।

कनेक्ट आईपीएसमार्फत नै २ अर्बको अर्को अवैध कारोबार !

कनेक्ट आईपीएसकै प्रयोग गरेर भक्तपुर सूर्यविनायक नगरपालिका– २ बस्ने २४ वर्षीय अनिल ढुंगानाले अनलाइन जुवामार्फत ठगी गरेको अर्को रोचक प्रसंग छ ।

वान एक्स बेट, जुवा ३६५ र क्रिप्टोमार्फत सट्टेबाजी लगाएर रकम संकलन गर्ने ढुंगानाले हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

ढुंगानाको ११ वटा कनेक्ट आईपीएस अकाउन्ट, १५ वटा इसेवा वालेट अकाउन्ट, ५६ वटा बैंक खाता फेला परेका थिए । कनेक्ट आईपीएसलाई बैंक खातामा लिंक गरेर उनले ४८ करोड ८० लाख रुपैयाँको कारोबार गरेका थिए ।

ढुंगानाले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरूमा मानिसहरूलाई अनलाइनमार्फत जुवा खेलाउँथे । 

त्यस्तै, उनले कनेक्ट आईपीएपमार्फत ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख रुपैयाँ बराबरको क्रिप्टो करेन्सी पनि कारोबार गरे ।

‘ढुंगानाले बाइनान्समार्फत दुईवटा खाता प्रयोग गरी २४३ प्रकारका क्रिप्टो करेन्सीमा १ अर्ब ३४ करोड ५२ लाख ९१ हजार २०० रुपैयाँ बराबरको कारोबार गरेको देखियो,’ अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले भने, ‘यो घटनाको चिरफार गर्दा धरै नेपाली युवा अनलाइन जुवाको लतमा फसेको पुष्टि हुन्छ ।’ 

यसको जालो ठूलो रहेको अनुसन्धान कार्यालयले जनाएको छ ।

कनेक्ट आईपीएसमार्फत कसरी हुन्छ पैसा डिपोजिट र विथड्र ?

वान एक्स बेटले नेपाली युवालाई फसाउन नेपाली वेबसाइट नै चलाएको छ ।

प्रयोगकर्ताले 1exbetnp.com खोलेर सहजै आफ्नो एकाउन्ट बनाउन सक्छन् । त्यसका लागि मोबाइल नम्बर र इमेल आवश्यक पर्छ ।

एकाउन्ट खोलिसकेपछि दायाँतिर माथि 'मेक अ डिपोजिट' भन्ने अप्सन छ । त्यहाँ क्लिक गर्दा कनेक्ट आईपीएससँगै अन्य धेरै विकल्पहरू देखिन्छन् । त्यहाँ क्रिप्टोकरेन्सीबाट पैसा तिर्न मिल्ने सुविधाहरू पनि दिइएको छ ।

हेर्नुहोस् भुक्तानी गर्ने विकल्पहरू :

null

भुक्तानीका लागि 'कनेक्ट इजी ट्रान्सफर' लेखिएको अप्सनमा क्लिक गर्दा नयाँ प अप विन्डो खुल्छ ।

उक्त विन्डोमा आफ्नो कनेक्ट आईपीएस एकाउन्ट भएको फोन नम्बर, वान एक्स बेटमा खोलेको खाता नम्बर, ट्रान्जेक्सन आईडी र रकम भरेपछि पैसा ट्रान्सफर हुन्छ ।

त्यहाँ ९७०६६०७२५६ फोन नम्बर र चन्द्र बिन्द्रे नामको एकाउन्ट पहिल्यै रहेको हुन्छ । सट्टेबाजीका लागि पैसा ट्रान्सफर गर्दा शुरूमा जाने उनीहरूलाई नै हो ।

यो फोन नम्बर र नाम दिनमै कैयौंपटक परिवर्तन भइरहेको हुन्छ ।

हेर्नुहोस् नयाँ विन्डो :

null

अझ कनेक्ट आईपीएसमार्फत पैसा पठाउने तरिकासमेत त्यहाँ राम्रोसँग भनिएको छ ।

'हाउ टु मेक अ डिपोजिट' मा क्लिक गर्दा यस्तो खुल्छ ।

null

पैसा तिर्दा ९ डिजिटको कोडलाई कैफियतमा लेख्नुपर्नेजस्ता निर्देशनहरू यहाँ दिइएको छ ।

के गर्दैछ नियामक निकाय ?

कनेक्ट आईपीएस प्रयोग गरेर सजिलो गरी सट्टेबाजी गर्न मिल्ने देखिएपछि लोकान्तर टीम काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा यसबारे प्रहरीले कसरी अनुसन्धान गरिरहेको छ भनेर जान्न पुगेको थियो ।

नाम उल्लेख नगर्ने शर्तमा एक अनुसन्धान अधिकारीले सयौं अवैधानिक कनेक्ट आईपीएस एकाउन्टबारे आफूले रिसर्च गरिरहेको बताए ।

'मुख्यतः कनेक्ट आईपीएसको दुरुपयोग भएको देखिन्छ,' उनले भने, 'तर, यसरी भइरहेको ठगीलाई कनेक्ट आईपीएसले नजरअन्दाज गरेकाले अनुसन्धान थप कठिन भएको छ । आफ्नो प्लेटफर्म दुरुपयोग हुँदा संस्था यसरी टुलुटुलु हेर्न मिल्दैन ।'

उनले कनेक्ट आईपीएसले चाहेमा यस्तो समस्या नआउने बताए ।

'ग्राहक संख्या, कारोबार संख्या र रकम बढी देखाउने होडमा कनेक्ट आईपीएसले प्रशस्तै नक्कली एकाउन्ट खोल्न दिएको पाइएको छ,' उनले भने, 'त्यत्रो ठूलो फिनटेक कम्पनीले यस्ता साना कमजोरीहरू पनि सच्याउन प्रयास गरेको छैन । हामीले पटक-पटक ताकेता भने गरिरहेका छौं ।'

के भन्छ कनेक्ट आईपीएस ?

नेपाल क्लियरिङ हाउसकी सूचना अधिकारी मुन्नी राजभण्डारीले कनेक्ट आईपीएसको दुरुपयोग भएको दाबी गरिन् । लोकान्तरसँग कुरा गर्दै उनले भनिन्, 'हाम्रो प्लेटफर्म मिसयुज भएको छ । यसबारे हामीले प्रहरी र राष्ट्र बैंकमा पनि उजुरी दिएका छौं ।'

उनले सट्टेबाजीका लागि कनेक्ट आईपीएसमा लिंक गरिएका विभिन्न बैंकका खातामा भएका कारोबार शंकास्पद लागेमा बैंकहरूलाई नै भन्ने गरेको बताइन् ।

'हाम्रो प्लेटफर्ममा जोडिएका विभिन्न बैंकमा भएका शंकास्पद कारोबारका बारेमा तत्कालै सम्बन्धित बैंकलाई रिपोर्ट गर्ने गरेका छौं,' उनले भनिन् । आफूले अनुसन्धानका लागि प्रहरीलाई पूर्णरूपमा सहयोग गरेको उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकले पनि पटक-पटक सूचना निकालेरै यस्तो अनलाइन सट्टेबाजी नगराउन पटक-पटक चेतावनी दिएको छ । तर, पनि नेपालमा अनलाइन जुवाको कुलतमा फस्ने युवाको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x