भक्तपुरको सानोथिमीमा रहेको बालसुधार गृहमा शुक्रबार झडप भएको छ ।
सुधार गृहमा रहेका आधा दर्जन व्यक्तिलाई अन्यत्र सार्ने क्रममा विवाद भएर झडप भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
थप घटना हुन नदिन शुक्रबार राति पनि ठूलो संख्यामा सुधार गृह परिसरमा प्रहरी परिचालन गरिएको छ ।
गत वर्षपनि पनि सो बालसुधार गृहमा झडप भएको थियो ।