×

NIC ASIA

महिला सेलमा अनौठा उजुरी

१० कक्षामा पढ्ने विद्यार्थीसँग 'म्याम'को 'अफेयर', प्रहरीमा पुगेपछि १२ लाखको ‘बार्गेनिङ’

इन्सपेक्टर केसी भन्छिन्– पत्याउनै नसक्ने घटना आउँछन्

काठमाडाैं | जेठ ५, २०८१

Prabhu Bank
NTC
एआई जेनेरेटेड प्रतिकात्मक तस्वीर ।
Premier Steels
Marvel

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन) ट्युसन पढ्न पुगे । ३४ वर्षीया लक्ष्मी ख्यालठट्टा गर्न मनपराउँथिन् । उनको विवाह भएको थिएन । ट्युसन पढाउने बेलामै लक्ष्मी र राजु नजिकिए । उनीहरूबीच माया प्रेमका कुरा हुन थाले । एक दिन लक्ष्मीले राजुलाई आफ्नै कोठामा बस्न भनिन् । राजु लक्ष्मीकै कोठामा बस्न थाले । उनीहरूबीच शारीरिक सम्पर्क पनि भयो । उनीहरू ल्यापटप र मोबाइलमा अश्लील भिडियोसमेत हेर्थे । उनले त्यहाँ १२ कक्षासम्म पढे । 

१२ पछि उनी थापाथली इन्जिनियरिङ कलेजमा पढ्न काठमाडौं आए । लक्ष्मीले ल्यापटप, किताबदेखि कोठा भाडासमेत तिरिदिन्थन् । लक्ष्मीको सिन्धुपाल्चोकबाट ललितपुर भट्टेडाँडामा सरुवा भयो । पढाइसकेपछि लक्ष्मी र राजुबीच विवाह गर्ने सल्लाह भएको थियो । तर, लक्ष्मीले अर्कै केटासँग विवाह गरिन् । राजुले आफू र लक्ष्मीको सम्बन्धबाहिर ल्याउने धम्की दिएपछि लक्ष्मीका श्रीमानले अफेयरबारे थाहा पाए । उनी प्रहरीमा पुगे । कालिमाटीस्थित महिला सेलमा उजुरी पुगेपछि राजुलाई पनि डाकियो । राजुले पुराना सबै अतीत खोले । विवाह गर्ने आशा देखाएर अर्कै केटासँग भागी भन्दै लक्ष्मीमाथि राजु खनिए । उनले कलेजमा १२ लाख रुपैयाँ तिर्नुपर्छ भन्दै महिला सेलमै बार्गेनिङ गर्न थाले । सेलले प्रहरी कार्यालयमा लेनदेन हुँदैन भनेपछि ५० हजार भए पनि पुग्छ भन्दै राजुले लक्ष्मीसँग मागे । प्रहरीले बाहिरै मिलाउनु भन्दै कागज गराएर छाड्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छोरा–बुहारीले आमालाई पाटन पुर्‍याए
गत चैतमा महिला सेलमा एउटा उजुरी आयो । उजुरीको व्यहोरा हेरेर प्रहरी चकित खाए । सेलकी प्रमुख प्रहरी निरीक्षक रञ्जु केसी भन्छिन्, ‘काठमाडौंमै बाबु–आमामाथि छोरा बुहारीले यसो गर्लान् भन्ने मैले कल्पना पनि गरेकी थिइनँ ।'


Advertisment
Rupse Holidays
Nabil box

प्रहरीका अनुसार असनको रैथाने एक परिवार त्यहाँको जग्गा बेचेर धुम्बाराही पुगे । अढाइ तलाको घर बनाए । दुई वृद्ध दम्पतीलाई छोरा बुहारीले ‘एटेचरुम’मा बस्न दिए । ७४ वर्षीया वृद्ध आमाबाबु छुट्टै कोठामा पकाएर खाँदै आएका थिए । समय बित्दै गयो । श्रीमान् बितेपछि ती वृद्धालाई झन् हेलला गर्न थालियो । छोरा बुहारीले कोठाभित्रै थुनेर जाने, दिउँसो खाजाको व्यवस्था नगर्ने र भनेको समयमा खान पनि दिन छाडे । छिमेकीले थाहा पाएपछि माथिल्लो ढलानमा खाना पोको पारेर फालिदिन्थे । त्यो पनि छोराबुहारीले थाहा पाएपछि छिमेकीसँग भनाभन पर्यो । खाना दिनेक्रम रोकियो । आमा शारीरिक एवं मानसिक रूपमा विक्षिप्त हुँदै गइन् । छोरीले थाहा पाएपछि आमा भेट्न माइत पुगिन् । आफ्नो घर लगेर पालनपोषण गर्छुभन्दा पनि दाइभाउजूले मानेनन् । आमाले वृद्ध भत्ताको कार्ड बनाइदेऊ भन्दा पनि छोरा बुहारीले बनाइदिएनन् । 

Vianet communication

छोरा बुहारीलाई थाहै नदिई आमा एकाएक महाराजगंज प्रहरी वृत्तमा पुगिन् । उनी शारीरिक एवं मानसिक रूपमा विक्षिप्त देखेपछि प्रहरीले वृद्धाश्रममा पठाइदियो । छोराबुहारीले वृद्धाश्रमबाट आमालाई लिएर घर गए । कुटपिट गरे । खान दिएनन् । निन्द्रा लाग्ने औषधि सेवन गर्न दिए । शौचालयमा थुने । त्यो जानकारी भदाबुहारी नाता पर्ने एक महिलाले थाहा पाएपछि उनले प्रहरीमा उजुरी दिइन् । महिला सेलको प्रहरी टोली पुगेर उनलाई उपचारका लागि पाटन अस्पताल पुर्याए । सात दिनको उपचारपछि छोरीले आमा आफ्नै घरमा लगिन् । ‘पढेलेखेका परिवारबाटै आफ्नी वृद्ध आमालाई गरेको व्यवहार देखेर म छक्क परेँ,’ प्रहरी निरीक्षक केसीले भनिन्, ‘हामीले ती वृद्ध आमालाई रेस्क्यू गरेर ल्याउँदा स्वास्थ्य र मानसिक रूपमा धेरै कमजोर अवस्थामा थिइन् ।’ 

एउटा छोरा तपाईंलाई, अर्को मलाई !
कञ्चनपुरबाट छोरा र श्रीमती हराइन् भन्दै एक पुरुष उजुरी लिएर काठमाडौं आए । काठमाडौं प्रहरीले सबै कुरा सुनेपछि महिला सेलमा उजुरी फरवार्ड गरिदियो । सेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेष्टिक तर्फको सीसीटीभी हेर्दा ती पुरुषले भने अनुसार उनको श्रीमती र छोरा क्यामेरामा कैद भएको देखियो । एक जना युवाले मोटरसाइकलमा हालेर लगेको देखेपछि प्रहरीले बाइक नम्बरको आधारमा पत्ता लगायो । जब बाइक चलाउने फेला परे । उनले दिएको जवाफ देखेर प्रहरी छक्क परे । उनले सेलमा भनेका थिए, ‘मलाई दाइले भाउजू र भतिजलाई लिएर आइज भन्नुभयो । मैले ल्याइदिए । दाजु भनिएका व्यक्ति सरकारी स्कुलमा शिक्षक थिए । उनी कञ्चनपुरमा रहँदा ती महिलासँग अफेयरमा थिए । अहिले पनि उनीहरू अफेयरमा रहेको रहस्य खुल्यो । 

अचम्मको कुरा त ती महिलाले श्रीमानलाई भनेकी थिइन्– तपाईं मेरो सबै कुरालाई मनपराउँनुहुन्छ तर, के चाहिँ मनपराउनु हुँदैन ? श्रीमानले जवाफ दिएका थिए, ‘अर्को केटासँग लागेको वा शारीरिक सम्पर्क राखेको ।’ राति सुतिरहेका बेला ती महिलाले श्रीमानलाई आफ्नो कुनै केटासँग अफेयर चलेको विगतका बारेमा बताएकी थिइन् । तर, श्रीमानले पुरानो कुरा जे भए पनि अब पछि नलाग्नू भनेर टारेका थिए । महिला जुन दिन कञ्चनपुरबाट जहाज चढेर आएकी थिइन्, त्यही दिन पत्रै लेखेर भागेकी थिइन् । पत्रमा एउटा छोरा तपार्ईंलाई अर्को मलाई भनेर उल्लेख गरेकी थिइन् । 

महिला सेलमा प्रहरीले ती महिला, उनको श्रीमान र अफेयर चलेको युवालाई सँगै राख्यो । सँगै राख्दा महिलाले कान्छो छोरा अफेयर चलेको युवाको भएको दाबी गरेकी थिइन् । त्यति हुँदा पनि श्रीमान घर लैजान तयार भएका थिए । ‘कति मनपराउने रहेछन्, श्रीमानले श्रीमतीलाई, अँगालो हालेर रोएका थिए,’ सेलकी एक अनुसन्धान अधिकृतले भनिन्, ‘त्यति माया गर्ने लोग्ने छाड्न किन तयार भएकी होलिन् भनेर हामी छक्क पर्यौं ।’ महिलाले आफू श्रीमानलाई डिभोर्स दिने बताएकी थिइन् । प्रहरीले कञ्चनपुर पुगेरै जे–जे गर्नु छ गर्नुस् भन्दै कागज गराएर छाडेको सेलकी निरीक्षक केसीले बताइन् । 

३७० वटा उजुरीमा मिलापत्र 
माथीका यी घटना केही प्रतिनिधिमूलक मात्रै हुन् । महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कालिमाटी (महिला सेल)मा आएका उजुरी हेर्दा काठमाडौंभित्रै पनि     बहुविवाह, घरेलु हिंसा, लैङ्गिक हिंसा, घरायसी विवादका धेरै उजुरी आउने गरेका छन् । यो आर्थिक वर्षको चैतसम्म ५ सय ४९ वटा घरासयी विवाद (रक्सी सेवन गरेर कुटपिट, घर झगडा, खान लगाउन नदिएकोलगायत)का उजुरी आएका थिए । जसमध्ये ३७० वटा उजुरीमा मिलापत्र गराएर छाडेको र बाँकी मुद्दामा पठाइएको सेलकी निरीक्षक केसीले बताइन् । सोही अवधिमा लैङ्गिक हिंसाका एक सय ९ वटा उजुरी परेका थिए । 

प्रहरीले ७७ वटा उजुरीमा मिलापत्र गराएर बाँकी मुद्दामा पठाएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले विशेषगरी बाहिर जिल्लाबाट काठमाडौंमा काम गर्न आएका डेरावालमा धेरै समस्या छ । ‘मजदुर गरेर बस्ने दम्पती, श्रीमान विदेश गएका बेला श्रीमती अर्कैसँग लाग्ने र भएभरको सम्पत्ति लिएर जानेजस्ता समस्या छन्,’ अधिकारीले लोकान्तरसँग भने, ‘हामीले उजुरी हेरेर दुवै पक्षलाई बोलाएर सकेसम्म मिल्न र नभए मुद्दामा जान सुझाव दिँदै आएका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १३, २०८१

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।  एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x