×

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सरसापटी, साना ऋणबाट चलेका थिए ।

Laxmi Bank

यतिखेर सहकारी सञ्चालकहरू बचत रकम अपचलन आरोपसहित पक्राउ र भागाभागको स्थितिमा छन् । बचतकर्ता पनि हैरानीमा देखिन्छन् । संसद्मा ‘सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन समिति’ गठन भएको छ । मूलतः गृहमन्त्री रवि लामिछानेकेन्द्रित विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागअनुसार छानबिन समिति बनेर काम थालनी भइसकेको छ ।


Advertisment

सहकारी समस्या कतिसम्म गहिरिएर गएको छ भन्ने उदाहरणका लागि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार दिएको एउटा अभिव्यक्ति हेर्दा हुन्छ । ‘पछिल्लो समय अर्थतन्त्र स्लो डाउन हुनुमा सहकारीको ठूलो भूमिका छ । राज्यले तीनखम्बे अर्थनीति लिएसँगै सर्वसाधारणको विश्वास सहकारीप्रति थियो’, अधिकारीले भनेका थिए ।


Advertisment

सहकारी सम्बन्धमा पार्टीको नीतिगत अवधारणासहित आउनेमा मुख्यगरी नेकपा (एमाले) सबैभन्दा अगाडि देखिन्छ । अहिले सहकारी समस्या समाधानका लागि बनेको संसदीय छानबिन समितिमा एमाले पोलिटब्युरो सदस्य तथा प्युठानका प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा सभापति छन् । एमालेका कतिपय जनप्रतिनिधि समेत सहकारी बचत रकम अपचलनमा मुछिएका छन् । त्यसको प्रतिनिधि पात्र बाग्लुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली हुन् । नेपाली एमालेबाट विजयी मेयर हुन् । 

सहकारी अभियानमा एमालेको मुख्य भूमिका छ । एमाले सहकारी तथा गरिबी निवारण विभागका प्रमुख एवं स्थायी कमिटी सदस्य खगराज अधिकारीले भनेका छन्, ‘पार्टीले स्पष्ट सहकारी नीति अंगीकार गरेको छ । तीनखम्बे अर्थव्यवस्था पार्टीको नीति हो । २०६३ सालको अन्तरिम संविधानमा तीनखम्बे अर्थनीतिलाई हाम्रो पार्टीले स्थापित गर्‍यो र २०७२ सालको संविधानमा तीनखम्बे अर्थ नीतिलाई अंगीकार गर्दै यसमा टेकेर सामाजिक/आर्थिक रूपान्तरण गर्ने, समाजवादको आधार तयार गर्ने विषय उल्लेख गरी जनताको अर्थतन्त्र विकास र राष्ट्रिय पुँजीको विकास नीति हाम्रो पार्टीको नीतिको अभिन्न अङ्गका रूपमा छ ।’

एमालेले सहकारीलाई कति नजिकबाट हेर्छ ? भन्ने अधिकारीको भनाइले पुष्टि गर्दछ । समाजवादको सपना बाँड्ने तथा त्यसको आधारभूत जग सहकारी मान्ने पार्टीकै सांसदको सभापतित्वमा छानबिन समिति बन्नु एमालेका लागि अवसर र चुनौती दुवै हो ।

छानबिन समितिका सभापति थापाले सहकारी अभियानलाई जरैदेखि केलाएर निष्कर्षमा पुर्‍याउँदै सुझाव दिनेगरी काम गर्ने संकेत गरेका छन् । उनले नेपालको सहकारी अभियानबारे २०१७ सालपछि मुख्य भूमिका खेलेका विश्वबन्धु थापासँगको भेटघाटको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै थापाले लेखेका छन्, ‘साझा सहकारी अभियानमा ऐतिहासिक भूमिका खेल्नुभएका आदरणीय विश्वबन्धु थापा (वर्ष ९७)सँग परिचय भेट ।’

सहकारीको ऐतिहासिक पक्ष 

समाजवादको सपनासँगै तीनखम्बे अर्थतन्त्रको एक खम्बा सहकारी अभियान किन यसरी धरापमा पर्‍यो ? भन्ने विषयमा सैद्धान्तिक बहस देखिन्न, बरु ‘फलानो सहकारीका सञ्चालकले यति रकम, उति रकम अपचलन/हिनामिना गरेको’ र कानूनी कारबाही गर्नुपर्छ/हुनुपर्छ भन्ने हुल मात्रै देखिन्छ । समस्याग्रस्त र चर्चामा आएका सहकारीका बचतकर्ताको बचत फिर्ता कसरी गराउने भन्ने सैद्धान्तिक विषयमा अहिलेसम्म केन्द्रित भएको पाइएको छैन । 

पहिलोपटक ‘सहकारी ऐन– २०१६’ आयो । त्यसपछिका दिनमा सहकारीका लागि प्रशिक्षण केन्द्र, ऐन, नियमावली, विभाग, विकास बोर्ड, सहकारी संघ/संगठन विस्तार भएको पाइन्छ । २०६९ मा सहकारी तथा गरिबी निवारण मन्त्रालय स्थापना भएपछि ‘सहकारी ऐन–२०७४’ जारी भई कार्यान्वयनमा आयो । सहकारीको झण्डै ६ दशकको अभियानमा पछिल्लोपटक नराम्रो धक्का लागेको छ ।

सहकारीको अन्तर्राष्ट्रिय अनुभव हेर्दा युरोप तथा एसियाका केही मुलुकमा उल्लेखनीय भूमिका देखिन्छ । खाद्यवस्तु, बिजुली, उपभोग्य वस्तु बिमा, वित्तीय सेवामा सहकारीले उल्लेख्य हिस्सा लिएको देखिन्छ । अन्तर्राष्ट्रिय सहकारी महासंघले केही वर्षअघि सार्वजनिक गरेको प्रतिवेदनले सहकारी अभ्यासबाट के–कति गर्न सकिन्छ भन्ने एउटा गतिलो तथ्यांक दिएको छ ।

जुनसुकै हिसाबले भए पनि सहकारी बचत रकम हिनामिना छानबिन गर्न संसदीय समिति गठन हुनु सकारात्मक पक्ष हो । ठूला भनिएका सहकारी सञ्चालकहरू ६० प्रतिशत बढी पक्राउ परी अनुसन्धानमा छन् । कतिपय सञ्चालकहरू फरार छन् । सहकारीकै रकमबाट सञ्चालित व्यवसायहरू सबै ध्वस्त भएका छन् । बचतकर्ताको हातमा पासबूकबाहेक केही छैन । 

प्रतिवेदनअनुसार नेदरल्यान्डमा आलु उत्पादनको शतप्रतिशत, दक्षिण कोरियामा कृषि उत्पादनको ४० प्रतिशत, फिनल्यान्डमा दैनिक सेवाको ३३ प्रतिशत, अमेरिकामा ऊर्जा उत्पादनको १३ प्रतिशत, माल्टामा माछा आपूर्तिको ९० प्रतिशत, भारतमा कृषि उत्पादनको ३६ प्रतिशत र होन्डुरसमा बिमाको २७ प्रतिशत सेवा सहकारीमार्फत दिइएको छ ।

सहकारीलाई समाजवादको आधार तय गर्न सामाजिक आधार मानेर नेपालका कम्युनिस्ट अर्थात् वामपन्थीहरूले लेनिनको अवधारणालाई अघि सार्छन् । सहकारी सम्बन्धमा लेनिनले भनेका छन्, ‘स–साना मालिकहरूको सहकारिताबाट समाजवादमा संक्रमण नै लघु उत्पादनबाट वृहत् उत्पादनमा संक्रमण हो, अर्थात् यो संक्रमण बढी जटिल भए पनि यसले बढी व्यापक जनसमुदायलाई समेटेको हुन्छ । हामी सफल भएको खण्डमा सहकारिताको नीतिले हामीलाई लघु उत्पादन प्रणालीको विकास गर्ने सम्भावना प्रदान गर्नेछ र अनिश्चित कालपछि यसले स्वैच्छिक संगठनको आधारमा वृहत् उत्पादनतर्फ संक्रमणलाई सहज तुल्याउनेछ’, ८(भ्ला.इ. लेनिन, पूर्ण रचना संग्रह, खण्ड ४३, पृ. २२६–२२७) ।

एमालेले प्रथम विधान महाधिवेशनबाट ‘सहकारीमार्फत छरिएको पुँजी एकत्रित गर्दै अर्थतन्त्रमा जनताको सहभागिता वृद्धि गर्नुपर्छ र उत्पादन वितरणमा विचौलियाको प्रभाव अन्त्य गर्दै अर्थतन्त्रमा जनताको हिस्सा बढाउनुपर्छ,’ भन्ने नीति तय गर्‍यो । 

त्यस्तै घोषणापत्र–२०७९ मा ‘सहकारी संस्थाका सदस्यहरू १ करोड र सहकारीबाट परिचालन गर्ने बचत १० खर्ब पुर्‍याउने,’ उल्लेख गरियो, जसका लागि पार्टीले सहकारी अभियानलाई राजनीतिक र वैचारिक रूपमा प्राथमिकतामा राख्ने नीति लियो । जुन बहस चौंथो महाधिवेशनबाटै शुरू गरिएको थियो । 

सामाजिक एकताका लागि अर्थनीतिलाई तीनखम्बे बनाइएको हो । तीनखम्बे अर्थनीतिका लागि सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रबाट समानुपातिक वृद्धि/विकास गर्नुपर्छ भन्ने हो । जुन अभियान शोषणरहित समाज निर्माणका गर्नु हो । तर, यो उद्देश्यबाट थालिएको सहकारी अभियान अहिले सर्वसाधारणको बचत रकम चुसिखाने अभियानका रूपमा चित्रित भएको छ ।

कहाँ चुक्यो सहकारी अभियान ?

सहकारी अभियानका क्रममा गाउँ, टोल, शहर छपक्कै छोप्नेगरी सहकारीको संख्यात्मक वृद्धि भयो, जसबाट केहीले रोजगारी पाए । संस्थामा बचत संकलन, कर्जा लगानी, नाफा बाँडफाँड भयो, तर सञ्चालक तथा टाठाबाठा मात्र लाभान्वित भए, जसको परिणामतः समस्या एक्कासि सतहमा आयो । सोही कारण सामाजिक एकताको अर्थतन्त्र र राष्ट्रिय पुँजी ध्वस्त बन्दै गयो । अहिले सामाजिक–आर्थिक प्रणाली अवरुद्ध बनेर सीमित दलालहरूको हातमा पुग्दा अर्थतन्त्र ठप्प भएको छ, जसका कारण सहकारीप्रतिको नागरिक विश्वास खण्डित बन्दै गएको छ ।

सहकारीमा देखिएको अहिलेको समस्याले संविधानले परिकल्पना गरेको समाजवादको आधारलाई समेत गिज्यााइरहेको छ । सहकारी ऐनको प्रबर्द्धनात्मक व्यवस्थाको स्वविवेकी र स्वेच्छाचारी प्रवृत्ति बढ्दै गयो । उत्पादकत्व क्षेत्रमा लगानीतर्फ ध्यान नदिई सजिलो मानिएको घरजग्गा, शेयर बजारजस्ता क्षेत्रमा पुँजी परिचालन गरिनुले सहकारीमा थप समस्या निम्त्याएको हो । सहकारी नियमनप्रति राज्यको अस्पष्ट र अदूरदर्शी नीति छ, जसका कारण संघीय, स्थानीय तह र प्रदेशमा सहकारी नियमनको क्षमतामै प्रश्न उठेको छ । 

अर्को पक्ष बचतकर्ता सदस्यहरूको भूमिका गौण रहनु, सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी नदेखिनु, उद्यमशीलता तथा उत्पादनमा जोड नदिनु आदि कारणले सहकारीहरू समस्यामा फसेका छन् । व्यक्ति प्रधान भएर ‘कर्पोरेट’ शैलीबाट व्यवसाय सञ्चालन गर्नु, सहकारी अभियानको वैधानिकता र विधिको सर्वोच्चता अवज्ञा गर्नु आदि बचत रकम अनियमितताका मुख्य जड हुन् ।
 
जुनसुकै हिसाबले भए पनि सहकारी बचत रकम हिनामिना छानबिन गर्न संसदीय समिति गठन हुनु सकारात्मक पक्ष हो । ठूला भनिएका सहकारी सञ्चालकहरू ६० प्रतिशत बढी पक्राउ परी अनुसन्धानमा छन् । कतिपय सञ्चालकहरू फरार छन् । सहकारीकै रकमबाट सञ्चालित व्यवसायहरू सबै ध्वस्त भएका छन् । बचतकर्ताको हातमा पासबूकबाहेक केही छैन । 

समस्याग्रस्त भएका सहकारी सञ्चालकको सबै व्यवसाय, बैंक खाता सरकारी अनुसन्धान र बैंकबाट रोक्का छन् । जटिल बन्दै गएको यो समस्या फुकाउने सुझाव सांसद थापाको नेतृत्वमा बनेको संसदीय छानबिन समितिले कसरी दिन्छ, त्यो हेर्न बाँकी छ । संसदीय छानबिन समितिले समस्याग्रस्त र प्रश्न उठेका करिब २ दर्जन सहकारीको मात्रै छानबिन गरेर पुग्दैन । सहकारी नियमनका लागि भविष्यमा गर्न सक्ने बाटो पहिल्याउने गरी सरकारलाई सुझाव दिनुपर्छ, जुन सुझावलाई सरकारले विद्यमान ऐन/कानून परिमार्जन गरी कार्यान्वयनमा ल्याउन सकोस्, जसले सहकारीप्रति आमनागरिकको खण्डित विश्वासलाई ब्युँताउने छ ।

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

साउन १६, २०८१

यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

कात्तिक १६, २०८१

गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...

दीपावली र लक्ष्मीपूजाको अन्तर्य

दीपावली र लक्ष्मीपूजाको अन्तर्य

कात्तिक १५, २०८१

आज लक्ष्मीपूजा तथा दीपावली, नेपाली नाम दीपमालिका, तिहार पर्वको दोस्रो दिन । यद्यपि यी काम तिहार पर्वको तेस्रो दिन पर्ने गर्छ तर, भोलि साँझ औँसी तिथिले नभेट्ने भएकाले यस वर्ष दोस्रो दिन पर्न गएको हो ।  य...

'सस्तो लोकप्रियताका लागि रविसँग सती जाँदै गरेका प्रचण्ड'

'सस्तो लोकप्रियताका लागि रविसँग सती जाँदै गरेका प्रचण्ड'

कात्तिक ११, २०८१

प्रचण्ड (पुष्पकमल दाहाल)लाई केपी ओलीसँग मरे पनि सँगै, बाँचे पनि सँगै यात्रा गर्ने रहर रहेछ । तर, भगवानको कृपाले यिनका सम्बन्धमा बिछोडको घडी आयो । बिछोडको पीडामा तड्पिनुको पनि एउटा सीमा हुन्छ । प्रचण्डको तड्पाइ...

x