२४ जेठ २०८३, आइतबार

कर्मचारीले घुस मागे खबर गर्न मन्त्रीको अनुरोध

असार १४, २०८१
सर्लाही
कर्मचारीले घुस मागे खबर गर्न मन्त्रीको अनुरोध

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले मालपोत तथा नापीका कर्मचारी घुस मागे आफूलाई खबर गर्न अनुरोध गरेका छन्। 

आज सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत र नापी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले गल्ती गर्नेलाई माफी दिन सकिने तर, अपराध गर्नेलाई छुट दिन नसकिने बताए । नागरिकको सेवा सुविधाको लागि खटिने कर्मचारीले गरेका सामान्य गल्ती कमजोरीलाई लिएर उनीहरुको मनोबल गिराउने काम नगर्न पनि उनले आग्रह गरे । 
मन्त्री अधिकारीले केही दिनदेखि पूर्वी नेपालको विभिन्न कार्यालय अनुगमन गरेको बताए। अनुगमनको क्रममा कर्मचारीलाई आफू अनुकूल काम नभएको निहुँमा फसाइ दिने धम्की दिने गरेको गुनासो आएकाले त्यस्तो गतिविधि नगर्न जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्