
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बर्दियाको प्रथम जिल्ला अधिवेशनबाट सभापतिमा शान्ता बुढा क्षेत्री निर्वाचित भएकी छन् ।
सभापतिमा बुढाले १५८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उदयबहादुर खत्रीले ४६ मत मात्र प्राप्त गरे ।
उपसभापतिमा १५२ मतसहित दुर्गाप्रसाद थारू विजयी भएका छन् । उनका प्रतिस्पर्धी मुकेशकुमार थारूले ३५ मत मात्र ल्याउन सके ।
सचिवमा १४७ मत प्राप्त गरी दीपकबहादुर बीसी विजयी भएका छन् । उनका प्रतिस्पर्धी लक्ष्मीप्रसाद न्यौपाने ५३ मत मात्र प्राप्त गरे ।
सह–सचिवमा १३१ मत प्राप्त गरी शरषचन्द्र तिवारी विजयी भएका छन् । उनका प्रतिस्पर्धी रविन्द्र उपाध्याय ६२ मत प्राप्त गरे ।
यस्तै, खुल्ला सदस्यमा अर्जुन भण्डारी, हेमराज सुवेदी, अजितकुमार मल्ल, सोमबहादुर गुरुङ, रमेश अर्याल, विष्णुप्रसाद उपाध्याय, गीता खड्का र लिला पनेरु निर्वाचित भएका छन् ।
जिल्लामा जम्मा ३०१ मतदाता रहेकोमा २३१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
जिल्ला कार्यसमिति २१ जनाको बन्ने जनाइएको छ ।