
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले आफ्नो देशले अब धेरै युद्ध नसहने भन्दै छिट्टै दोस्रो शान्ति शिखर सम्मेलन आयोजना गर्नुपर्ने बताएका छन् ।
युक्रेनी सञ्चारमाध्यम युक्रेनफर्मका अनुसार राष्ट्रपति जेलेन्स्कीले बेल्जियमको ब्रसेल्समा पत्रकारहरूसँग छोटो कुरा गर्दै विस्तृत कार्ययोजना बनाएर दोस्रो सम्मेलनमा जान ढिलाई गर्न नहुने बताएका हुन् ।
आफू कमजोर बनेको राष्ट्रपति जेलेन्स्कीले स्वीकारेका छन् ।
'हामीसँग धेरै समय छैन । हामीसँग धेरै घाइते, मृतक सेना र नागरिक छन् । त्यसैले हामी यो युद्ध वर्षौंसम्म चलोस् भन्ने चाहँदैनौं,' उनले भने, 'त्यसैले, हामीले अर्को शान्ति शिखर सम्मेलनको योजना तयार गर्नुपर्छ र यसलाई टेबुलमा राख्नुपर्छ ।'
पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्की नयाँ शिखर सम्मेलनले रुसले गरेको सबै आक्रमणलाई निरस्त पार्ने खालको योजना नयाँ शिखर सम्मेलनले पारित गर्नुपर्ने बताएका हुन् ।
'रुसको आक्रमणका कारणले निम्तिएका सबै संकटहरूसँग जुध्न सकिने गरी कार्ययोजना पास हुनुपर्छ,' उनको भनाइ छ ।
दोस्रो शान्ति शिखर सम्मेलन २०२४ को अन्त्यसम्म आयोजना हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । पहिलो शिखर सम्मेलन स्विजरल्यान्डमा आयोजना गरिएको थियो, जसमा ९० भन्दा बढी देशहरू सहभागी थिए ।
स्विट्जरल्यान्डले गत जुन १५ र १६ मा युक्रेनको विश्व शान्ति शिखर सम्मेलनको आयोजना गरेको थियो । जुन १६ मा भएको शान्ति सम्मेलनको अन्तिम संयुक्त विज्ञप्तिमा ७८ राज्य र चार संस्थाले हस्ताक्षर गरेका थिए । कार्यक्रमपछि थप नौ वटा राज्यले उक्त दस्तावेजमा हस्ताक्षर गरेका थिए ।
युक्रेनले यही वर्षको अन्त्यमा दोस्रो विश्व शान्ति शिखर सम्मेलनको प्रबन्ध गर्ने योजना बनाइरहेको छ । युक्रेनले जेलेन्स्कीको १० बुँदे शान्ति प्रस्तावमा आधारित नयाँ संयुक्त शान्ति योजना विकास गर्ने आशा अरू देशहरूबाट राखेको छ ।
अमेरिका लगायत पश्चिमा देशहरूले हातहतियार र सैन्य सहयोग कम गर्दै लगेपछि युक्रेन यतिबेला कमजोर देखिएको छ । राष्ट्रपति जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायसँग शान्तिको लागि अपिल गरिरहेका छन् ।
#WATCH: Vladimir Zelensky is now calling for peace because there's 'too many dead bodies'. Many have been saying this for years!
— govt.exe is corrupt (@govt_corrupt) June 27, 2024
Blood is on the hands of all the WARMONGERS who demanded continual funding of this UNWINNABLE WAR!
I hope you're happy Liberals! 🇺🇦🇺🇦🇺🇦 pic.twitter.com/PzobKnsEd8