चैत ६, २०७९
अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...
काठमाडाैं | फागुन २५, २०७८
एक वर्षअघि एउटै घरमा चुल्हो बालिरहेका कम्युनिस्ट नेताहरू अहिले तीनतिर मुख फर्काइरहेका छन् । परिवारभित्र दाजुभाइले अंशवण्डा गरेजस्तै उनीहरूको तीन घरबार छ । उनीहरू छुट्टिएका मात्र छैनन्, एकअर्काप्रति शत्रुवत् व्यवहार गरिरहेका छन् ।
केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले अहिले स–साना खुद्रा पसलको रूपमा पार्टी चलाइरहेका छन् । तर, उनीहरूलाई राजनीतिक पसल धान्नै हम्मेहम्मे परिरहेको छ । कोरोना महामारीले व्यापार सुस्ताएजस्तो अहिले तीनैजना नेताको राजनीतिक पसल पनि सुस्ताइरहेको छ ।
हुन त एकीकृत ‘पसल’ बनाउने योजना सुनाएकै भरमा २०७४ को चुनावमा उनीहरूले राम्रो व्यापार गरेका थिए । त्यसबेला कमाएको नाफाको ब्याज उनीहरूले अहिलेसम्म उपभोग गरिरहेका छन् । जनतामाझ गरेको प्रतिबद्धताअनुसार एमाले र माओवादी केन्द्र गाभेर २०७५ जेठ ३ मा ‘नेपाल कम्युनिस्ट पार्टी’ नामको ‘होलसेल’ बनाएका थिए, तर लामो समय टिकाउन सकेनन् ।
साढे दुई वर्षको सहयात्रामै एकअर्कामा विश्वास हरायो । राजनीतिक व्यापारको हिसाबकिताब मिल्न छाड्यो । एकले अर्कालाई हिसाब बिगारेको आरोप लगाए । सत्तोसराप गरे र फेरि खुद्रे पसलमै फर्किए ।
वैशाख ३० मा आउँदै गरेको चुनावी महोत्सवमा उनीहरू फेरि खुद्रे पसलको स्टल राख्ने तयारी गर्दैछन् । तर, यसपटकको महोत्सवमा उनीहरूले नाफा कमाउने त परको कुरा सावाँ नै जोगाउन धौ–धौ पर्ने अवस्था छ ।
मुख्य तीन नेताले ‘इगो’ व्यवस्थापन गर्न नसक्दा गत चुनावबाट आर्जेको राजनीति शक्ति नै धुलिसात भैसकेको छ । आगामी चुनावबाट राजनीतिक हैसियत थप क्षयीकरण हुने निश्चितप्रायः छ । तर, उनीहरूबीचको शत्रुवत् व्यवहार व्यवस्थापनको संकेत देखिँदैन ।
राजनीतिक विश्लेषक हरि रोका नेताहरूको फरक पृष्ठभूमि र ‘हैकमवादी’ सोचका कारण कम्युनिस्ट नेताहरूमा विग्रह आउने गरेको बताउँछन् ।
‘एउटासँग युद्ध हाँकेर आएको हुँ, म कमाण्ड गर्न सक्छु भन्ने छ । ज-जसले कमाण्ड मानेनन्, उनीहरू छाडेर हिँडे । उनलाई आफैँ सुपर हिरो हुँ भन्ने लाग्थ्यो र लागिरहेको छ । अर्कोसँग, मैले एमाले भन्ने पार्टी बनाएको हो, १५ वर्ष नेतृत्व गरेँ, अहिले अर्काले कब्जा गर्यो, मेरो कुनै भाउ राखेन भन्ने छ । सोही कारण अर्को पार्टी बनाए । अहिले जसले पार्टी (एमाले)मा हालिमुहाली गरिरहेको छ, उसलाई १४ वर्ष जेल बसेर, संघर्ष गरेर जितेर आएको हो, म भन्दा जान्ने बुझ्ने कोही छैन भन्ने लागेको छ’, रोका भन्छन्, ‘तर, उनीहरूको वैचारिक धरातल भने कमजोर छ । त्यसो हुँदा एकअर्कासँग मिल्न सकेनन् ।’
विचारधारात्मक कुरा नभएपछि र राजनीतिक मूल्य मान्यताले प्राथमिकता नपाएपछि यस्तो हुने रोकाको विश्लेषण छ । राजनीतिमा मूल्य मान्यताप्रति तीनवटै पार्टीका मुख्य नेतालाई मतलब नभएका कारण उनीहरू क्रमशः स्खलित हुँदै गएको रोका बताउँछन् ।
‘भएको मूल्य मान्यतालाई तिलाञ्जली दिने र नयाँ बनाउन पनि नलाग्ने भएपछि हुने बेमेल नै हो’, रोकाले भने ।
एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमा कुनै वैचारिक भिन्नता छैन, न त समसामयिक विषयवस्तुलाई हेर्ने दृष्टिकोण नै फरक छ ।
जस्तै, अमेरिकी आर्थिक सहयोगसम्बन्धी सम्झौता एमसीसीमा तीनवटै दल एउटै बिन्दुमा छन् । एमसीसी अनुमोदन गर्ने र कार्यान्वयन गर्नेमा तीनवटै दलको प्रतिबद्धता (स्वीकारे पनि, नस्वीकारे पनि) उस्तै छ ।
संसदीय प्रणालीलाई तीनवटै दलले प्रतिस्पर्धीरूपमा अपनाएका छन् । कतिपय संसदीय विकृतिमा पनि उनीहरू उत्तिकै प्रतिस्पर्धी छन् । तर, तीन नेतालाई एउटै छाताको ओत पर्याप्त भएको छैन ।
कम्युनिस्ट नेताहरूमा बरू आफू सिद्धिन, रित्तिन तयार हुने, तर एकअर्काको अस्तित्व स्वीकार नगर्ने अतिवादी सोच र व्यवहार हावी भएको देखिन्छ ।
यति बेला मुख्य कम्युनिस्ट पार्टीका नेताहरू अर्को पार्टीलाई दुश्मनको व्यवहार गरिरहेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका नेताहरू उपस्थित भएको बैठक र कार्यक्रममा समेत उपस्थित हुन इन्कार गरिरहेका छन् ।
उनले एकीकृत समाजवादीप्रति ‘अछुत’ व्यवहार गरिरहेका छन् ।
एकीकृत समाजवादीका सांसदहरू उपस्थित भएको संसद् बैठकमा सहभागी नहुने, माधव नेपाल वा उनको पार्टीका नेताहरू सहभागी सर्वदलीय बैठकमा नबस्ने नीति ओलीको छ ।
एकीकृत समाजवादीको अस्तित्व नै मेटाइदिने प्रयासमा ओली छन्, जसका लागि उनले अदालतमा मुद्दा दर्ता गरेका छन् भने उनीहरूलाई अप्ठ्यारो पार्ने राजनीतिक अवसर खोजिरहेका छन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि निर्वाचनबाट एमालेलाई पत्तासाप गर्ने हुँकार गर्दै हिँडेका छन् । ओलीको व्यक्तिवादी चरित्रकै कारण छुट्टै पार्टी बनाउनुपरेको प्रस्टीकरण नेपालले दोहोर्याइरहन्छन् ।
एकीकृत समाजवादीलाई राजनीतिक रूपमा एमालेसँग जोगिँदै हिँड्नुपरेको छ ।
नेकपा एमाले र माओवादी केन्द्रबीचको सम्बन्ध पनि उत्तिकै तिक्तापूर्ण छ । ओली र प्रचण्डले सार्वजनिक मञ्चबाटै एकअर्कालाई सत्तोसराप गर्छन् ।
बरू एकीकृत समाजवादी र माओवादी केन्द्र बीचमा भने सुमधुर सम्बन्ध छ । सत्तारूढ गठबन्धनमा पनि उनीहरू दुई पार्टीबीच एजेन्डामा मतैक्यता खोज्ने प्रयास गरिरहेका हुन्छन् ।
अहिलेका नेताहरूले प्रदर्शन गरेको व्यवहारले अरू सम्भावित असल नेतृत्वलाई बाटो छेकिरहने रोका बताउँछन् ।
‘पछिल्लो पुस्ताको नेतृत्वले प्रतिस्पर्धा गर्न सक्ने परिस्थिति बन्दैन । स्रोत, साधन, पहुँच सबैमा असहिष्णु नेतृत्वको कब्जा भएपछि पछिल्लो पुस्ता राजनीतिबाट बाहिरिन्छ । हैकम राख्न सक्ने अवस्थासम्म अघिल्लो नेताले नै नेतृत्व गरिरहन्छ । नयाँ नेतृत्व आउँदैन’, रोकाले भने ।
राजनीतिक विश्लेषक प्रा.डा.लोकराज बरालले नेताहरू आफ्नै व्यक्तिवादी सोचका कारण बर्बादीमा पर्ने गरेको बताए ।
‘नेपालमा कम्युनिस्ट पार्टीहरू कहिल्यै मिलेर रहेको इतिहास नै छैन । १५–२० चिरा परेकै छन् । एमाले र माओवादी मिलेपछि नयाँ इतिहास बन्ला कि भनेको त्यो तीन वर्ष पनि टिक्न सकेन । कम्युनिस्ट पार्टीमा नेताहरूको व्यक्तिवादी सोचका कारण यस्तो हुने गरेको छ’, बरालले भने ।
विचारमा स्पष्ट नभएका कारण पनि उनीहरूमा समस्या देखिने गरेको बराल बताउँछन् ।
‘नेपालमा कम्युनिस्टहरूले जीवनभर संसदीय व्यवस्थालाई गाली गरे, अहिले भैँसीले आहाल खेलेजस्तो संसद्मा डुबिरहेका छन् । उनीहरूमा वैचारिक स्पष्टता भएको भए यस्तो हुँदैनथ्यो’, उनले भने ।
विभक्त भएका तीन नेताहरू तत्कालै मिलिहाल्ने अवस्था नदेखेको उनी बताउँछन् ।
‘स्वार्थ नमिल्नेबित्तिकै छुट्टिने र स्वार्थ मिल्नेबित्तिकै एकीकृत हुने भएकाले यसै गर्लान् भन्न सकिन्न, तर उनीहरूको अहिलेको अवस्था हेर्दा मिलिहाल्छन् भन्ने अवस्था छैन’, बरालले भने ।
विश्लेषक रोका पनि तीन ठूला कम्युनिस्ट पार्टीहरूको वैचारिक धरातल कमजोर भएका कारण मिल्ने र छुट्टिने कुराको टुंगो नहुने बताउँछन् ।
‘जब आइडियोलोजीले काम गर्दैन, त्यतिबेला मिल्न केहीले छेक्दैन । अहिले माओवादीलाई कांग्रेससँग मिल्न के कुराले छेकेको छ ?’, रोकाले प्रश्न गरे ।
सगोत्री पार्टीका नेताहरू इगो साँध्न लागेपछि माओवादी केन्द्र र एकीकृत समाजवादीले विचार नै नमिल्ने कांग्रेससँग चुनावी सहकार्यको लोलोपोतो गरिरहेका छन् ।
कांग्रेसका नेताहरूले होच्याउने अभिव्यक्ति सार्वजनिक गरिरहँदा पनि प्रचण्ड र माधव नेपाल पार्टीको अस्तित्व रक्षाकै लागि कांग्रेससँग सहकार्य जारी राख्न बाध्य छन् ।
कांग्रेस उपसभापति धनराज गुरूङले त कांग्रेसलाई हात्ती र प्रचण्ड–माधव नेपाललाई चमेरोको संज्ञा दिएर हात्तीको कानमा चमेरो झुन्डिएर फोहोर गरिरहेको अभिव्यक्ति दिएका थिए ।
गत शनिवार राजधानीमा कांग्रेस निकट कर्मचारीहरूले आयोजना गरेको कार्यक्रममा गुरुङले प्रचण्ड–नेपाललाई होच्याएका थिए ।
आगामी चुनावमा कम्युनिस्ट पार्टीहरूबीचकै टकरावले उनीहरू थप कमजोर हुने र जुट्दा सशक्त शक्ति आर्जन हुने निश्चितप्रायः छ ।
यसमा तीनैजना नेता जानकार छन्, तर उनीहरूको व्यक्तिगत ‘इगो’ व्यवस्थापन हुन नसक्दा ओरालो यात्रा गर्न बाध्य छन् ।
अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...
२०७४ फागुन ३० गते विद्या भण्डारीले दोस्रो कार्यकालको शपथ लिने समयमा शीतलनिवासमा एक प्रकारको सन्नाटा छाएको थियो । राष्ट्रपतिलाई शपथ गराउने व्यक्ति प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्याय परिषदबाट अपर्झट अवकाशको पत्...
नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाउँदै शुक्रवार (१७ मार्च) पक्राउपुर्जी जारी गरेको छ । पुटिनले गैरकानूनी...
अमेरिकामा आर्थिक संकटको संकेत दिने गरी तीनवटा बैंकहरू बन्द भएका छन् । गत शुक्रवार (१० मार्च) अमेरिकाको नियामक निकाय फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआईसी) ले सिलिकन भ्याली बैंकलाई नियन्त्रणमा...
गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जसपा नेता रामसहायप्रसाद यादव विजयी भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनमा यादवले ३० हजार ३२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त...
प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र अर्को दल नेकपा एकीकृत समाजवादीले आफूलाई संसदको सत्तापक्षमा उभ्याएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरू ...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...