×

NIC ASIA

सन्दर्भ : जसपा विभाजन

पार्टी कसले फुटायो देखिएकै छ, सर्वोच्च जान्छौं– उपेन्द्र यादव [अन्तर्वार्ता]

काठमाडाैं | बैशाख २५, २०८१

Prabhu Bank
NTC
Premier Steels

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउनेहरू अरू कसैको स्वार्थको गोटी बनेको बताएका छन् ।

Muktinath Bank

अमेरिका भ्रमण सकेर सोमबार फर्किएका यादवले  देश र जनताको हितका लागि नभएर अरू कसैको हितका लागि पार्टी फुटाएको आरोप लगाए । निर्वाचन आयोगले गरेको दल दर्ताको निर्णयविरुद्ध आफूहरू सर्वोच्च अदालत जाने उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्तमान सरकारमा रहने कि नरहने भन्ने विषयमा पार्टीको बैठक बसेर निर्णय गर्ने उनको भनाइ छ । प्रस्तुत छ, जसपा नेपालका अध्यक्ष यादवसँग लोकान्तरकर्मी अजय अनुरागीले गरेको छोटो कुराकानीको सम्पादित अंश:​


Advertisment
Nabil box
Kumari

तपाईं देशबाहिर रहेका बेला पार्टी विभाजन भयो,यसलाई कसरी लिनुभएको छ?

Vianet communication

उहाँहरूले आफैं केही गर्नुभएको होइन, अरू कसैले गराएको हो । देश, जनता र आदिवासीको हितमा होइन । उहाँहरू अरू कसैको खेलौना बनेको मात्र हो । अरू कसैको 'गेम प्लान'को गोटी बन्नुभएको छ । पार्टी फुटेकै होइन । केही व्यक्तिहरू गएका हुन् । ३९० केन्द्रीय सदस्यमा १२/१३ जना गएका छन् । सबै संगठन यथावत नै छ । केही व्यक्ति अरू कसैको स्वार्थको गोटी बनेका हुन् ।

कसको स्वार्थको गोटी बनेको हो ?

त्यो समयले बताउँछ । सबैले बुझेकै छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड'र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मिलेर तपाईंको पार्टी फुटाएको भन्न खोज्नुभएको हो ?

त्यो उजागर भइसक्यो नि ! अशोक राईले कसको हितमा काम गर्नुभयो भन्ने कुरा त्यसबाटै देखिन्छ । आफ्नो हितभन्दा अरूको हितका लागि काम गरेको देखियो ।

प्रधानमन्त्री नै लाग्नु भएको हो वा ओलीजी मात्र लाग्नु भएको हो भन्ने विषयमा हामीले छानबिन गरिरहेका छौं ।

विभाजित दलले निर्वाचन आयोगबाट मान्यता पाइसक्यो,अब तपाईंको'मुभ'के हुन्छ ?

निर्वाचन आयोगले जसरी हतार गरेर दल दर्ताको प्रमाण पत्र दिएको छ, त्यसले पनि यो काम कसले गराएको हो भन्ने कुरा बुझिन्छ । निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध हामी रिट लिएर सर्वोच्च अदालत जान्छौं ।

तपाईं अहिलेको सरकारमा बस्ने कि समर्थन फिर्ता लिने ?

त्यस विषयमा पार्टीमा छलफल हुन्छ । पार्टीमा छलफल गरेर निर्णय लिन्छौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र तपाईं कांग्रेससँग मिलेर आलोपालो प्रधानमन्त्री बन्ने खेलमा लागेकाले पार्टी फुटेको भनिएको छ । त्यस विषयमा के भन्नुहुन्छ ?

त्यो सबै गलत हो । अफबाह हो ।

वैकल्पिक गठबन्धन बनाउन तपाईंले प्रयास गरेको होइन ?

त्यो केही पनि होइन । त्यो सबै अफबाह हो ।

नेकपा एकीकृत समाजवादीसँग एकता गर्न लाग्नुभएको हो?

एकता होइन, समाजवादी मोर्चामा सहकार्य गरि नै रहेका छौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x