×

धरानका मेयरलाई अदालतमा भेट्दा...

मुद्दा हालेर हैरान बनाए, अब सिंगल–सिंगल भिडौँ भन्न थालेको छु– हर्क साम्पाङ [अन्तर्वार्ता]

विराटनगर | असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् ।

Laxmi Bank

धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै साम्पाङविरुद्ध मुद्दा परेको हो । अदालत परिसरमै लोकान्तरकर्मी उत्तम पोखरेलले साम्पाङसँग छोटो कुराकानी गरेका छन् ।


Advertisment

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :


Advertisment

आज अदालतमा भेटिनुभयो, किन आउनुभएको ?

– यहाँ एउटा मुद्दा छ, त्यसैका लागि आएको हुँ । खानेपानी विकास बोर्डको बैठक बोलाएन भनेर मुद्दा लगाएका रहेछन् । 

बोर्डमा अरू कसैलाई अध्यक्ष बनाउनु भएन, आफैँ अध्यक्ष भइरहनुभएको छ भन्ने रहेछ नि !

– अध्यक्ष मैँ हुँ । पहिलाका निर्णयहरू छन् नि त ! पहिला नगर प्रमुख नै खानेपानी बोर्डको अध्यक्ष हुने भन्ने रहेछ । स्थानीय तहको चुनाव हुनुभन्दा अगाडि कार्यकारी प्रमुख हुँदादेखि नै नगर प्रमुख अध्यक्ष हुने व्यवस्था रहेछ । पछि गएर स्वर्गीय तारा सुब्बा अध्यक्ष हुनुभयो । उहाँ पनि नगर प्रमुख हो ।

त्यसपछाडि कार्यबाहक प्रमुख मञ्जु भण्डारी हुनुभयो । मभन्दा अगाडिका मेयर तिलक राई पनि अध्यक्ष बन्नुभयो । नगर प्रमुख जो हुन्छ, त्यो अध्यक्ष बन्ने भन्ने निर्णय छ । 

वर्षमा ६ पटक बैठक बोलाउनुपर्छ भन्ने व्यवस्था छ हैन ? 

– हो । तर, कस्तो छ भने त्यहाँका ती सदस्यहरू बोर्डका वास्तविक सदस्य नै होइनन् । फर्जी कागजात राखेर बोर्ड सदस्य भनेर बसिरहेका छन् । मुद्दा नै परेपछि हामीले सबै खुलेर नै भन्नुपर्छ, जिब्रो चपाएर कुरा गर्ने होइन । सूर्यबहादुर भट्टराईको कार्यालय तथा संस्था नै छैन ।

null

राष्ट्रिय उपभोक्ता मञ्च सुनसरी भन्ने संस्थाको प्रतिनिधि श्याम पोख्रेल बोर्डको सदस्य हुनुहुन्छ । त्यो संस्था सुनसरीमा दर्ता वा सूचीकृत केही भएको भेटिएको छैन । फर्जी डकुमेन्ट बनाएर उनीहरू आएका छन् । उनीहरूलाई मैले कसरी सदस्य मान्ने ? दलीय भागबन्डा गरेर आएका रहेछन् ।

जलस्रोत तथा संरक्षण संस्थाको तर्फबाट धरान १७ का वडाध्यक्ष सदस्य भएर आउनुभएको रहेछ, त्यो संस्था नै छैन धरानमा  । त्यसको अफिस पनि छैन । फर्जी कागज लिएर सदस्य बन्नुभएको रहेछ । देवराज श्रेष्ठ भन्ने हुनुहुन्छ, उहाँको कार्यकाल सकिएको रहेछ ।

बोर्डकै सदस्य विजय श्रेष्ठ हुनुहुन्छ । विजय उद्योग वाणिज्य संघको अध्यक्ष हुँ भन्ने तर कहिले निर्वाचित भएको केही रेकर्ड छैन । उद्योग वाणिज्य संघ पनि बोर्डको सदस्य हुने व्यवस्था रहेछ । तर, विजयले म अध्यक्ष भएँ भनेर लिखित दिएको भए मैले शपथ गराउँथें, त्यो पनि छैन ।

विजय श्रेष्ठ र मेघराज श्रेष्ठको कार्यकाल गुज्रिएको छ, श्याम पोख्रेल र सूर्यबहादुर भट्टराईको संस्था नै अस्तित्वमा छैन, अनि कोसँग बैठक बस्नु ? मलाई हाँसो उठ्छ । कति हाँस्नु ? श्रमदानमा पनि हाँस्छु । विराटनगर आउँदा पनि हाँस्दै आएँ । यही कुरा उच्च अदालतका श्रीमान्लाई जनाउनुपर्‍यो भनेको, मुद्दाको पेशी नै सर्‍यो । 

तपाईं आफैं पनि बहस गर्नुहुन्छ ? 

– गर्छु म त । पहिला पनि बहस गरेर आएको हो । मसँग लाइसेन्स छैन, आफूलाई परेको कुरा बोलेर आएको हुँ । म त बोलेर आएको हँु नि !  

तपाईं कोकाहाको पानी ल्याउँदा आफैं पनि भावुक बन्नुभयो । अहिले के छ पानीको स्थिति ?

– धरानमा पानीका दुईवटा स्रोत छन्, एउटा खोला खोल्सी र अर्काे जमिनमुनिको सतह । इटहरीबाट धरान जाँदा दाहिने/देब्रेपट्टि घरहरू देख्नुहुन्छ नि, तीचाहिँ हाम्रा इनार हुन् । त्यहाँबाट पानी तान्छौं र माथि संकलन केन्द्रमा राखेर लिफ्टमार्फत वितरण गर्छाैं । अन्य केही खोलाखोल्सीबाट बगेको पानी संकलन गरेर खुवाउँछौ ।

अहिले हामीसँग भएका पूर्वधार पनि पुराना छन् । बजार विस्तार भइरहेको छ । मैले कोशिश गरिरहेको छु । पाइप नपुगेको कुनै खोलाखोल्सी छैन । कोकाहाबाट पनि ल्यायौं । त्यो कहिल्यै नसुक्ने स्रोत रहेछ । सुख्खायाममा अरू खोलाखोल्सी सुक्दा रहेछन् । कोकाहाको पानीले ठूलो 'प्लस पोइन्ट'को काम गर्छ ।

nullकति मान्छे श्रमदानमा सहभागी भए ? 

– त्यो त तथ्यांक राखिएको छैन । कुनै सरकारी योजना होइन । कुनै स्टिमेट पनि थिएन । पालिकाको खर्च पनि भएको छैन । 

कोकाहाबाट कति पानी आउँछ ?

– त्यो त मैले नापेको छैन, भर्खर मात्रै ल्याइएको छ । त्यसमा एयर लीक गराउन अझै बाँकी छ । कर्मचारीहरू पठाएको छु ।

पाइपमा भएको हावा पूर्णरूपमा बाहिर निकालेपछि मात्रै पानी फूल आउने रहेछ । हामीले सुधार गरिरहेका छौं । पूरै समस्या समाधान गर्नचाहिँ कोशीबाट पानी ल्याउनुपर्छ । कोकाहाको पानीले ३० प्रतिशत आवश्यकता धान्छ जस्तो लाग्छ । सेउती, सर्दु खोलाचाहिँ सुख्खायाममा सुक्छन् । कोकाहा सुक्दैन, पानी आइरहन्छ ।

भूमिगत स्रोतबाट अलि सहज हुन्थ्यो हैन र ?

– पैसा धेरै लाग्छ । बिजुली नभएको बेला पानी आउँदैन । पम्प गर्दा बिजुलीको थुप्रो बिल  उठ्छ । वर्षको ६ करोड त बिजुलीको बिल नै तिर्नुपर्छ । 

अबको योजना के छ ?

– वृक्षारोपण गर्ने हो । मैले २५ लाख बिरुवा रोप्ने भनेको छु । म बोलेको पुर्‍याउँछु पनि । जेष्ठ नागरिक अस्पताल बनाउँछु । आर्थिक अवस्था राम्रो हुनेले कहाँ–कहाँ पुर्‍याउँछन्, विदेशतिर लगेर पनि उपचार गर्छन् । जसको आर्थिक अवस्था नाजुक छ, त्यसको अवस्था दयनीय छ ।

हरेक मानिसमा आ–आफ्नो दुःख त छँदैछ, तर बुढेसकालमा झन् धेरै दुःख हुँदोरहेछ । रोग पनि लाग्दोरहेछ । ज्येष्ठ नागरिक उपचार केन्द्र श्रमदानबाटै बनाउने घोषणा गरेको छु । कति बेडको बनाउने भन्ने टुंगो लाग्न बाँकी छ ।

श्रमदानको डीपीआर हुँदैन । श्रमदान भनेको अर्कै चिज हो । एक हजार आउँछन् भनेको ५ हजार आउने, कहिले ५ सय मात्रै पनि आउँछन् श्रमदाता । 

स्वास्थ्यकर्मीको व्यवस्थापन कसरी गर्नुहुन्छ ? 

– त्यो बनाएपछि थाहा हुन्छ । स्वास्थ्यकर्मीले पनि श्रमदान गर्नुपर्छ भन्छु म त । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भद्रगोल छ, त्यसैलाई व्यवस्थित गर्दा हुँदैन ? 

त्यो फरक कुरा हो । श्रमदान फरक हो । श्रमदान भनेको देशभक्ति हो । यसको डीपीआर पनि हुँदैन । कोकाहाको पनि डीपीआर छैन । डीपीआर बनाएको भए यति वर्ष, यति करोड भन्ने हुन्थ्यो । मैले ड्याम कि ड्याम गरेँ, काम भइसक्यो । पानी आइसक्यो । अब कसले डीपीआर खोज्छ ? धरानको श्रमदानमा धरानका मात्रै होइन, बाहिरका मान्छे पनि आउनुभएको छ ।

डीपीआर चाहिन्न भन्नुहुन्छ, तर प्रक्रियागत र दिगो विकासको पनि कुरा होला नि !

– तपाईंहरूले कुरा बुझ्नुभएन । यसो भन्दा मुद्दा त लगाउनुहुन्न नि ? (हाँसो) । धरानमा दुईखालको काम हुन्छ, एउटा रेड बूकको, अर्कोचाहिँ श्रमदानको । म रेड बूकको कामको चर्चा एउटा पनि गर्दिनँ । कत्रो बाटो बनाइयो, कुन ठेकेदारले बनायो, यस्तो चर्चा म गर्दिनँ, किनभने त्यो जहाँ पनि भइरहेको हुन्छ ।

मैले अरूभन्दा नयाँ के गर्न सक्छु भनेर खोज्ने हो । नयाँ कामको खोजी गर्ने हो । रेड बूकको काम नगर्ने भन्ने होइन, कोशीको पानी ल्याउनुपर्छ भनिरहेका छौं । त्यो श्रमदानबाट हुँदैन, ठेकेदारले गर्छ । ठेकेदारले गर्ने कामको मैले किन चर्चा गर्ने ? 

null

मुद्दाको धेरै चर्चा गर्नुभयो, तपाईंमाथि अरू पनि छन् र मुद्दा ?

– धेरै छन् । अख्तियारकै तीन/चारवटा होलान्, जवाफ लेख्दैछु । खै के–के हो, के–के ।

मुद्दाले धेरै झमेला दिएको छ उसो भए ? 

– धेरै छ नि ! सेवाग्राहीका गुनासो सुन्ने बेला अदालत धाउनुपरेको छ । चित्त बुझ्दैन भने फाइट खेलौं पनि भनेको छु । ओपन–ओपन एकपटक भिडिदिऊँ क्या ! ग्याङफाइट हैन, सिंगल–सिंगलचाहिँ भिड्छु दुई–तीनजनासँग । त्यता जाऊँ न, के मुद्दा लगाइराख्नु ?

हप्तामा दुई–तीनवटा मुद्दा लाग्छ ।​ कार्यकालभरी मुद्दै लडेर बस्ने म ? म कसैलाई पनि मुद्दा लगाउँदिनँ । तर, मलाई नै हैरान बनाए । म त आममाफी दिनुपर्छ भन्ने खालको मानिस हुँ । दिक्कै लगाए अनि अब भिडौं भन्न थालेको छु । देशको बारेमा सोच्दा मुद्दा लगाएका छन् । काँडैकाँडाले घेरेका छन् ।

तपाईंको भनाइ कानूनको बर्खिलाप भएन र ?

– कानूनविपरीत ? कानूनविपरीत नै हो त । साह्रै चित बुझ्दैन । कति मुद्दा लगाउनु त लुकेर ? साहस हुने मान्छे पाखुरा देखाएर आउनुपर्छ ।

तपाईंलाई भिड्न रहर लागेको त हैन ?

– कहाँ हुनु, म त मोटिभेसन गर्न चाहने मान्छे हो । कति मान्छेलाई पाइप तनाएँ, तनाएँ । त्यसरी मोटिभेसन गर्ने हो । 

मुद्दा लगाउनेसँग धरानमै छलफल गर्दा हुन्थ्यो कि ? 

हुन्थ्यो नि, उहाँहरू आउनुहुन्न । कि उहाँहरूलाई धरान उप–महानगरपालिका कार्यालयको ठेगाना थाहा छैन ? थाहा छैन भने गूगल मैं राखदिऊँ कि जस्तो लागिरहेको छ । हाँस्दै । 

हेर्नुहोस्, भिडियो :

बैशाख २५, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउनेहरू अरू कसैको स्वार्थको गोटी बनेको बताएका छन् । अमेरिका भ्रमण सकेर सोमबार फर्किएका यादवले  देश र जनताको हितका लागि नभएर अरू कस...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ १६, २०८१

कैलाश सिरोहियालाई पक्राउ गरिएको छ । एउटा व्यक्ति सिरोहिया हाम्रा लागि महत्वपूर्ण हुन पनि सक्छन्, नहुन पनि सक्छन् । तर, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष भएको नाताले नै सिरोहियालाई ’नन–इस्यू’मा पक्...

भदौ ३१, २०८१

सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न नेकपा एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा गठित संसदीय छानबिन विशेष समितिले निकै मेहनतपछि आफ्नो प्रतिवेदन सोमबार प्रतिनिधि सभामा पेश गरेको छ । प्रतिनिध...

जेठ २७, २०८१

राजनीतिक स्थिरताका लागि निर्वाचन कानून सुधार गर्नेगरि दलहरूबीच अनौपचारिक छलफल चलिरहेको समयमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान पुनरवलोकन जरुरी भएको बताएका छन् ।  संविधानमा आवश्यक संशोधन र...

बैशाख ३०, २०८१

मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता साझेदार प्रमुख घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आइतवार मन्त्री फिर्ता बोलाउँदै सरकारलाई...

मानसिक अशान्तिका कारण र असर

मानसिक अशान्तिका कारण र असर

कात्तिक २४, २०८१

मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्व

कात्तिक २१, २०८१

 धर्मेन्द्र झा  ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

'इतिहासका पाना पल्टाउन ढिला नगरौं, नत्र अरू कसैले हामीलाई नै पल्टाउने छ'

कात्तिक २०, २०८१

३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...

x