बैशाख १९, २०८०
मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भयो । कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२ सीट जिते । नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सीट जित्यो । अर्को नयाँ दलको रूपमा आएको जनमत पार्ट...
चैत २५, २०७९
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ ।
मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन नेपाली कांग्रेस र नेकपा एमाले लागिपरेका छन् ।
एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका सिलसिलामा चितवनमा रहेका एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले चितवन २ को चुनावी अभियानमा कमान्डरको भूमिका निर्वाह गरिरहेका छन् ।
उनी उम्मेदवार मनोनयनदेखि कार्यकर्ता भेटघाटमा सक्रिय छन् ।
मंसिर ४ को चुनावी नतिजा उल्टाएर एमाले उम्मेदवार रामप्रसाद न्यौपानेलाई जिताउन भन्दै चितवनमा सक्रिय बाँस्कोटासँग लोकान्तरका लागि गगन अर्यालले कुराकानी गरेका छन् ।
प्रस्तुत छ कुराकानीको सारः
उपनिर्वाचनको उम्मेदवारी मनोनयनअगावै चितवनमा आउनुभएको थियो । कस्तो पाउनुभयो यहाँको माहोल ?
म चितवनमा ग्रासरुट मिसनका लागि आएको थिएँ । पार्टीले जिम्मा लगाएका ठाउँमा मैले काम गरें । भरतपुर महानरपालिकाका १० वटा वडाहरूमा म सक्रिय भएको थिएँ ।
माडी रत्ननगरलगायत क्षेत्रको काम समेत सकेर चुनावी अभियानमा सक्रिय भएको छु ।
उम्मेदवारी मनोनयनका क्रममा तपाईंले भदौरे हिलो पखालिएर नारायणी कञ्चन बनेको छ । अब फेरि चैते हुरी आउँदैन भन्नुभएको थियो । के भन्न खोज्नुभएको हो ? प्रस्ट भाषामा भन्दिनुस् न ।
अहिले नेपाली समाज निम्नपूँजीवादी अधैर्यताको शिकार भएको छ । त्यसबाट कोही पनि अछुतो छैन । मानिसहरू आफैंसित समेत असन्तुष्ट भएका छन् । उनीहरूसँग कुनै बाटो छैन ।
उनीहरूले समाज विज्ञानका, आर्थिक रूपान्तरणका, नेतृत्व स्थापनाका, क्रान्तिका, आर्थिक समाजिक परिवर्तनका मुद्दालाई बुझेका छैनन् । यो कुरा बुझाउनलाई राजनीतिक दलहरूले पनि कसरत कम गरे । मेनस्ट्रिमका मिडियाहरूले पनि यो दायित्व भुले।
मानिसहरूलाई छिटोछिटो परिवर्तन चाहिएको छ । उदाहरणका लागि यहाँ पेरिसको जुन फेसन भित्रियो, त्यो फेसन माग गरेर बुवाआमालाई सराप्ने र आफू काम नगर्ने स्थिति देखिएको छ । बुवाआमाको हैसियत नभए पनि त्यो फेसन चाहिन्छ । यसले समाजिक अधैर्यता सिर्जना गरेको छ ।
सञ्चार क्षेत्रको स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, मानिसहरूको स्वतन्त्रतालाई आर्थिक रूपान्तरणतर्फ नलगेर निजी दृष्टिकोणतर्फ लगेको देखिन्छ । यसले समाजको उन्नतितर्फ नभएर केही मानिसको हिरोइजमतर्फ विश्वास केन्द्रित गरेको छ । यही बाछिटा नेपाली समाजमा छताछुल्ल भएको छ ।
नेपाली बौद्धिकताले अहिले आएर त्यो बुझेको छ । यहाँ कोही अति विषेश हुन् भन्ने मानक सिर्जना खोजिएको थियो, त्यो अहिले चिरिएको छ । कानूनको सामान्य कुरालाई नबुझेर स्टन्टबाजीबाट समस्याको समाधान खोज्ने, दौडिने पंक्ति प्रभावित भएको थियो । समाजमा ज्ञान हासिल गरेको पुस्ता मौन बसेको थियो । अहिले ठक्कर हन्डर खाएर फेरि राजनीतिको लय ठीक ठाउँमा फर्किन थालेको छ । चितवनमा पनि बदलिएको मनोविज्ञान पाएको छु ।
तपाईंले चितवन- २ मा मंसिरको नतिजा उल्टिने बताइरहनुभएको छ । त्यसको आधार के हो ?
सत्य कुरा के हो भने हिजो एमाले एमाले थिएन । माओवादी माओवादी थिएन । कांग्रेस कांग्रेस भएन । सबै अलमलमा थिए । त्यो समयमा एउटा कथित भाष्य निर्माण गर्न खोजिएको रहेछ । पुराना पुस्ताले केही गर्न सकेनन्, अब नयाँलाई भन्ने थियो । राजनीतिकको जगविना सिर्जित त्यो भाष्यविरुद्ध दलहरूले हिजो प्रश्न गरेनन् ।
विश्वमा जति नै भए पनि मुख्य २ वटा विचारधारा छन् । एउटा समाजवाद र अर्को उच्च पूँजीवादको प्रवर्द्धन हो ।
नेपालमा केही संवैधानिक छिद्रहरू, राजनीतिक छिद्रहरू, लघुताभाषी मानसिकताको उपयोग पनि भयो । परिवर्तनको आशा गर्ने तर निर्णय गर्ने बेलामा आफ्नो 'सोसियो इकोनिमक' धरातललाई बिर्सने अवस्था देखिएको छ- जस्तै स्थिरताको पक्षमा मतदान नगर्ने र स्थिरता नचाहने ।
अहिले देशमा मुख्य २ वटा दल छन् । एउटा समाजवादी केन्द्र, जुन एमाले नै हो । जसले लोकतन्त्रसहितको वैज्ञानिक समाजवादको परिकल्पना गरेको छ । अर्को नव उदारवादको संरक्षण गर्ने पार्टी नेपाली कांग्रेस हो । त्योबाहेक बाँकी दलको नयाँ समाजिक आर्थिक भाष्य के छ त ? पूँजीवादी हुन् भने नेपाली कांग्रेसको छत्रछायाँमा जाने हुन्, समाजवादको विचारधारा बोक्नेहरू एमालेको छत्रछायाँमा नै आउने हुन् ।
त्यसकारण अहिले देखिएका नयाँ दलको 'भेरियन्ट'को असर नेपाली कांग्रेसलाई हो, एमालेलाई कुनै पनि असर पर्दैन् ।
अस्ति तपाईंले चितवन टुरिस्ट उम्मेदवारबाट पीडित जिल्ला भन्नुभएको थियो । यसपटक रैथाने उम्मेदवार पनि छन् । यसले तात्त्विक फरक के पार्छ ?
नेपाली समाज युरोपेली समाज होइन, जहाँ एजेन्डाको आधारमा मतदान होस् । एजेन्डाको आधारमा मतदान हुने हो भने नयाँ आएका दलले यो गर्छु भनेर नयाँ एजेन्डा दिन सक्नुपर्यो नि त !
अहिले त अरू दलका नेताहरूले जान्दै जान्दैनन् भन्ने भाष्य निर्माण भएको हो । इतिहासको पुस्ता र अहिलेको पुस्ता मात्रै जान्ने छ भन्ने होइन, भविष्यको पुस्ता पनि जान्ने आउँछ भन्ने बुझ्नुपर्छ ।
समाजको क्रमिक विकास एउटा छ, सुविचारित ढंगले आउने विकास अर्को छ । हाट्टहुट्ट गरेर आउनेले हल्ला गर्ने मात्र हो, सिस्टममा तात्त्विक फरक पार्दैनन् ।
चुनाव जित्न एजेन्डा चाहिन्छ कि उम्मेदवार ?
एजेन्डा चाहिन्छ । मैले एजेन्डाले चुनाव जितेको हुँ । हामीले सुख र समृद्धि भनेका थियौं । त्यसभित्र अरू ६-७ वटा विषय छन्, तिनीहरूलाई देखाएर मैले जितेको हुँ ।
अर्को कुरा जनतालाई दिएको वचन पूरा गर्नुपर्छ । मेरो नागरिकता नेपाली हो भने त मैले नेपाली जनताको सेवा गर्नुपर्छ नि त ! मेरो निर्वाचन क्षेत्रमा मैले जान नपाएको ठाउँमा गाडी चढेर आउँछु भनेको थिएँ । बाटो थिएन, बनाएँ अनि गाडी चढेर गएँ । यसले पुष्टि भयो नि !
मंसिर ४ को चुनावपछि रास्वपालाई एमालेको स्याटेलाइट पार्टीको रूपमा विश्लेषण गरिएको थियो । अस्ति त तपाईंले पिँध नभएको र टेक्ने आधार नभएको भनेर टिप्पणी गर्नुभयो नि ?
मैले 'सोसियो इकोनोमी'को आधारमा भनेको हुँ । उसको (रास्वपाको) वर्ग दृष्टिकोण के हो त ? यस्तो जानिन्न, उस्तो जानिन्न, म नेपालीवादी हुँ भन्न सक्छन् । तर आजसम्म राजनीतिक अर्थशास्त्रले, समाजशास्त्रले गाइड गरेको कुरा अमेरिकी र जाप्निज समाजशास्त्र हो । विकसित, विकाशील र हाम्रोजस्तो तेस्रो विश्व भनिने समाज त एउटै हो । त्यसकारण समाजलाई डोहोर्याउने विचार र विद्वताको कुरा गरेको हुँ ।
पूरै अन्तर्वार्ता हेर्नुहोस्, भिडियोमा :
मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भयो । कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२ सीट जिते । नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सीट जित्यो । अर्को नयाँ दलको रूपमा आएको जनमत पार्ट...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत विगत एक महिनादेखि बारा- २ मा सक्रिय छन् । जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई जिताउन उनको सक्रियता आफैं उम्मेदवार हुँदाको भन्दा कम छैन । यसअघि मंसि...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...