पुस ३, २०८०
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
काठमाडाैं | चैत ३, २०८०
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष’ उनका सुपरहिट फिल्महरू हुन् । यतिबेला उनको लेखन एवं निर्देशन रहेको फिल्म ‘महाजात्रा’ प्रदर्शनको तयारीमा छ । चैत ९ गतेबाट विश्वभर एकसाथ प्रदर्शनमा आउने फिल्मलाई लिएर पनि ठूलै अपेक्षा गरिएको छ । फिल्मले यतिबेला राम्रो हाइप बनाएको छ । लोकान्तरसँगको कुराकानीमा निर्देशक भट्टराईले फिल्मको पहिलो सर्त नै इन्टरटेन्मेन्ट रहेको र ‘महाजात्रा’ले दर्शकलाई साढे २ घण्टासम्म बाँधेर राख्न सफल हुने विश्वास व्यक्त गरे । ‘जात्रा’देखि ‘महाजात्रा’सम्म आउँदा फिल्मलाई लिएर आफूमा आएको परिवर्तनबारे समेत उनले धारणा राखे । ‘फिल्मको भ्यालुलाई राम्रोसँग युज गर्नुपर्छ भन्ने अवस्थामा पुगेको छु जस्तो लाग्छ,’ उनले भने ।
दर्शकले जे सोचेर ‘महाजात्रा’ हेर्न हलसम्म पुग्छन् त्योभन्दा बढी पाउनेसमेत दाबी उनले गरे । प्रस्तुत छ, सफल फिल्म लेखक एवं निर्देशक भट्टराईसँग लोकान्तरका सुशील नेपालले गरेको कुराकानीः
‘जात्रा’को अघिल्ला श्रृङ्खला र ‘महाजात्रा’मा के समानता छ, भिन्नता के छ ?
‘महाजात्रा’ पनि ‘जात्रा’ र ‘जात्रै जात्रा’जस्तै रमाइलो फिल्म हो । त्यो फिल्मको मुख्य समानता हो । ‘महाजात्रा’मा पनि विपिन कार्की, रविन्द्र झा, वर्षा राउत, रविन्द्रसिंह बानियाँ हुनुहुन्छ । लेखन, निर्देशक म भएँ, त्यो अघिल्ला श्रृङ्खला र अहिलेकोमा समानता भयो । फरक भनेको चाहिँ ‘जात्रा’ एउटा सानो परिवारभित्र परेको समस्यामा थियो । उक्त फिल्ममा एउटा सानो समस्यामा जात्रा भएको थियो । तीन जना पुरुषको परिवार अस्तव्यस्त हुने कुरा मात्रै थियो । अहिले ‘महाजात्रा’ नामअनुसार त्यतिले पुग्दैन । यसमा लथालिङ्ग धेरै ठूलो कुरा हुन्छ । त्यसले नै रमाइलो जात्रा गर्छ । र, पात्रहरूलाई धेरै कुराहरूसँग, ठूला–ठूला समस्याहरूसँग लड्न पर्ने हुन्छ । त्यो चाहिँ पछिल्लो फिल्मको फरक भयो । ‘जात्रा’जस्तै भए त किन ‘महाजात्रा’ बनाउनुपथ्र्यो र ?
‘महाजात्रा’ किन हेर्ने ?
माथि पनि भनेँ, यो एउटा रमाइलो फिल्म हो । जसरी ‘जात्रा’, ‘जात्रै जात्रा’मा जुन रमाइलो थियो । फिल्म हेरुन्जेल दर्शकलाई कहीँ बोर हुँदैनथ्यो । हाम्रो आफ्नै कथा, हाम्रो आफ्नै पात्रहरूजस्तो व्यक्तिको कथा व्यथामा दर्शकले रमाइलो फिल्म हेर्नुभएको थियो ‘जात्रा’ र ‘जात्रै जात्रा’ । ‘महाजात्रा’मा पनि त्यस्तै, अझ त्योभन्दा बढी मजा आउँछ होला जस्तो लाग्छ । हलमा बसुन्जेल साढे २ घण्टा सबैकुरा बिर्साएर फिल्मले हँसाउँछ जस्तो लाग्छ । बोनसमा त दर्शकले थुप्रै कुरा पाउनुहुन्छ ।
फिल्ममार्फत् यसपटक केही राजनीतिक सन्देश पनि दिन खोज्नुभएको देखिन्छ ! कस्तो खालको सन्देश दिन खोज्नुभएको छ ?
फिल्मको धर्म सन्देश दिने होइन । सन्देशकै लागि फिल्म बनाउने भन्ने होइन । फिल्मको पहिलो सर्त नै ‘इन्टरटेन्मेन्ट’ हो । अडियन्सको ध्यान बाहिर जान नदिनु हो । त्यो सँगसँगै एउटा राम्रो सन्देश पनि दिन सकियोस् भन्ने चाहिँ लाग्छ । फिल्म मेकर एउटा सामाजिक व्यक्ति पनि हो । समाजका लागि मनोरञ्जन दिँदादिँदै केही सन्देश दिन सकियो भने एकदमै राम्रो हुन्छ भन्ने लाग्छ । हाम्रो फिल्ममा एउटा मात्र नभई थुप्रै सन्देशहरू पाउनुहुनेछ ।
देशको अहिलेको परिस्थिति, युवाहरूको कथा व्यथाहरू, बेरोजगारी, आर्थिक मन्दी, युवाहरूलाई पोलिटिक्स र पावरले कसरी मिसयुज गरिरहेको छ भन्ने कुरा पनि हामीले देखाएका छौं । त्यो कुरा भनेर–शब्दमा होइन कि मज्जाले फिल्म हेरिसक्दा साँच्चिकै युथहरू अति नै पीडित छन् है भन्ने देखिन्छ । त्यो सन्देश चाहिँ जान्छ ।
यस श्रृङ्खलामा वरिष्ठ अभिनेता हरिवंश आचार्य जोडिनुभएको छ । ‘महापुरुष’मा उहाँ गम्भीर खालको भूमिकामा देखिनुभएको थियो । यसपटक भ्रष्ट राजनीतिज्ञको रूपमा देखिँदै हुनुहुन्छ । आदर्श मानिनुभएका व्यक्तिलाई नकारात्मक खालको भूमिकामा दर्शकले कसरी लिनुहुने हो भन्नेमा डर कत्तिको छ ?
‘महापुरुष’मा हरि दाइले गर्नुभएको रोल र ‘महाजात्रा’मा गर्नुभएको रोल एकदमै फरक हो । फरक छ । कलाकार विभिन्न परिस्थितिमा, विभिन्न रूपमा वा विभिन्न रंगमा देखिनुपर्छ, त्यो उहाँहरूको धर्म हो जस्तो लाग्छ । पहिले सकारात्मक भूमिका गरेर अहिले नकारात्मकभन्दा पनि सबै खालको चरित्रमा मन जित्नु ठूलो कुरा हो । हरि दाई ‘महापुरुष’को चरित्रमा पनि राम्रो गर्नुभयो, सोहीकारण माया पाउनुभयो । अहिले ‘महाजात्रा’को यो चरित्रमा पनि अभिनयलगायत सबै हिसाबले त्यत्तिकै राम्रो गर्नुभएको छ । दर्शकलाई साँच्चिकै हो जस्तो लाग्छ । कस्तो छोयो उहाँको अभिनयले भन्ने हुन्छ । नराम्रो पात्रको भूमिका निर्वाह गरिरहँदा दर्शकलाई रिस उठ्दो भयो भने त्यो सफल भएको हो ।
एकदमै राम्रो पात्रलाई एकदमै माया पलायो भने त्यो सफलता हो । मलाई लाग्छ हरि दाइले जसरी ‘महापुरुष’मा दर्शकहरूको, समीक्षकहरूको मन जित्नुभएको थियो, यसमा पनि अवश्य जित्नुहुन्छ जस्तो लाग्छ ।
पहिलो फिल्म ‘जात्रा’बाट अहिलेको फिल्म ‘महाजात्रा’सम्म आइपुग्दा तपाईमा के कति कुरामा परिवर्तन आएको स्व–मूल्यांकन गर्नुभएको छ ?
‘जात्रा’बाट यो ७/८ वर्षको अवधिमा ‘महाजात्रा’सम्म आइपुग्दा पहिला फिल्म बनाउने, फिल्म सोँच्ने तरिकामा आफू र आफ्नो वरपरका साथीभाइहरूलाई मात्र सोँचेर गर्थे जस्तो लाग्छ । तर अब, फिल्मको पावर, फिल्म मेकिङ, फिल्मको भ्यालु त्यो अलिकति बुझिसकेपछि त्यसको भ्यालुलाई चाहिँ राम्रोसँग युज गर्नुपर्छ भन्ने अवस्थामा पुगेको छु जस्तो लाग्छ । त्यो भएरै ‘महाजात्रा’मा रमाइलो गर्दा गर्दै केही यति गम्भीर कुराहरू पनि छोड्दै छौं । हामीले कतिपय गम्भीर कुरालाई रमाइलो तरिकाले पनि भन्न सक्छौं भन्ने लाग्छ । म चाहिँ फिल्ममार्फत् गम्भीर कुराहरू पनि एउटा लेयरबाट भनिनुपर्छ भन्ने ठाउँमा पुगेको छु जस्तो लाग्छ ।
तपाईका सबै फिल्महरू सुपरहिट छन् । त्यसकारण दर्शक मात्र नभएर फिल्म क्षेत्रको अपेक्षा पनि ठूलो छ । आगामी फिल्ममा त्यो अपेक्षा पूरा हुने हो वा होइन् भन्ने जस्ता कुराले आफैलाई चुनौती महशुस चाहिँ कत्तिको भइरहेको छ ?
नेपाली फिल्मको दर्शकहरूको कुरालाई लिएर म चाहिँ कहिल्यै पनि डराउँदिनँ । किनभने अहिलेसम्म हाम्रो कन्टेन्टलाई दर्शकले माया गरिरहनुभएको छ । र, उहाँहरूको हामीप्रतिको विश्वासलाई हामीले पनि कायम गरिरहेका छौं । अहिले पाँचौं फिल्मसम्म आइपुग्दा चारवटा फिल्मलाई अत्याधिक माया गरिदिनुभएको छ । त्यसको जिम्मेवारीस्वरूप हामीले त्योभन्दा बढी माया पाउनुपर्छ्र भनेर ‘महाजात्रा’ बनाएका छौं । मलाई एक प्रतिशत पनि अविश्वास छैन कि दर्शकहरूको माया पाउँदिनँ भन्ने । त्यो भएर चुनौतीभन्दा पनि मलाई विश्वास नै बढी छ ।
‘जात्रा’को तेस्रो श्रृङ्खलाका रूपमा ‘महाजात्रा’ बनाउनुभयो । यसको श्रृङ्खला अझ अघि बढाउने योजना छ कि यही अन्तिम हो ?
त्यो त ठ्याक्कै के हुन्छ थाहा छैन । अहिले पनि हामीले ‘जात्रै जात्रा’को पाँच वर्षपछि ‘महाजात्रा’ बनाएको हौं । पाँच वर्षको ग्यापमा पनि बनाउँछौं भन्ने थिएन । एउटा त्यस्तै खालको आइडिया आएर बनाएको हो ।
आगामी श्रृङ्खला बनाउने अहिले त कुरै छैन । दिमागमा सोँचेकै छैनौं । कुनै दिन भविष्यमा गज्जबको इन्ट्रेस्टिङ आइडिया आयो, यसलाई त बनाउनु पर्छ भन्ने भयो भने ‘जात्रा’ श्रृङ्खलाका पात्र, सेटिङ र कथा भन्ने तरिकालाई लिएर अर्को श्रृङ्खला बन्दै बन्दैन भन्ने पनि होइन । यद्यपि, यो फिल्म राम्रो भयो बनाइहालौं भन्ने खालको सोँच चाहिँ छँदै छैन । र, हुँदै हुँदैन ।
दर्शक प्रतिक्रिया र व्यापारलाई लिएर के कस्तो अपेक्षा गर्नुभएको छ ?
व्यापारको कुरा त त्यति थाहा भएन । यति चाहिँ अपेक्षा छ दर्शकले जे सोचेर आउनुहुन्छ त्योभन्दा बढी पाउनुहुन्छ । हामीलाई अझ बढी हौसला दिनुहुन्छ भन्ने लाग्छ ।
व्यापारको सन्दर्भमा चाहिँ प्रोड्युसरहरूले एकखालको अपेक्षा राख्नुभएको होला । एउटा सर्जकलाई के लाग्छ भने हामीले एकदमै मेहनत गरेर फिल्म बनाउँछौं, पैसाको धेरै अपेक्षा वा अरु कुराभन्दा पनि अर्को एउटा फिल्म बनाउने खर्च चाहिँ उठोस् भन्ने लाग्छ । यसको खर्च उठ्यो भने अर्को एउटा विषयवस्तुमाथि कथा भन्न पाइन्थ्यो भन्ने लोभ हुन्छ जहिले पनि । किनकी हाम्रो फिल्म इण्डष्ट्रीको बजार विशाल भइसकेको छैन । रेभिन्यू आउने ठाउँहरू पनि धेरै छैनन् । नेपाली दर्शकहरूले हामीलाई माया गरिदिनुुहुन्छ । हलमा गएर टिकट काटेर फिल्म हेरिदिनुहन्छ र त्यही मायाका कारणले हामीले जेनतेन गरेर आफ्नो घर चलाइरहेका छौं । र, अलिकति बँचेको पैसाले दर्शकहरूकै लागि अर्को फिल्म बनाउँदै आइरहेका छौं । अहिले पनि लोभ त्यति मात्रै हो, दर्शकहरूले आएर हेरिदिनुभयो भने हामीले अर्को फिल्मका लागि अलिकति खर्च जुटाउन सक्षम हुन्थ्यौं भन्ने लाग्छ ।
यस पछाडिका प्रोजेक्ट के–के छन् ? ‘महाजात्रा’पछि कुन फिल्ममा जोडिनुहुन्छ ?
यस पछिको प्रोजेक्ट यो भन्ने केही छैन । हामी अहिले ‘महाजात्रा’कै रसमा छौं । यसलाई दर्शकसामु ल्याउने अन्तिम तयारीमा छौं । त्यो भएर अरु कुनै प्रोजेक्ट आउने, गर्ने भन्ने केही पनि सोचेको छैन । पहिला यसैलाई सबै दर्शकहरूसम्म पुर्याउँ, हाम्रो काम देखाऔं । उहाँहरूसँग खुशी साटासाट गरौं । भेटघाट गरौं । उहाँहरूलाई हामी फिल्म हलहलमा भेट्न जान्छौं । उहाँहरूको प्रतिक्रिया लिन्छौं । आफ्नो कुराहरू भन्छौं ।
८–१० महिनादेखि दुःख गरेर फिल्म बनाएका छौं, पहिले फिल्म रिलिजसँगै यसको आनन्द लिऔं । त्यसपछि के–के काम गर्ने भनेर सोचौँला भन्ने हो ।
अन्त्यमा, दर्शकलाई के भन्न चाहनुहुन्छ ?
हामीले हाम्रो ‘कन्टेन्ट’हरूबाट दर्शकलाई भन्दै आइरहेका छौं । दर्शकहरूकै लागि हामीले फिल्म बनाउने हो । हाम्रा अगाडिका फिल्मलाई दर्शकले एकदमै मन पराइदिनुभएको छ । अहिले पनि फेरि दर्शकहरूकै लागि फिल्म लिएर आउँदै छौं । हामीकहाँ कति किताबहरू निस्किन्छ, छापिन्छ तर सबै किताबहरू चाहिँ पढेर पनि नभ्याइन सक्छ । सबै किन्न पनि सक्ने अवस्था नहुन सक्छ । र, सकिँदैन पनि । फिल्महरू पनि वर्षमा धेरै बनिरहेका हुन्छन् । सबै फिल्महरू हेर्न समय पनि नहुन सक्छ । त्यही भएर यदि कसैबाट सुन्नुभएको छ – यिनीहरूको टिमले पहिल्यैदेखि राम्रो फिल्म बनाउँदै आइरहेका छन् भन्ने । यिनीहरूको फिल्म हेर्दाखेरी समय, पैसा, विश्वास डगमगाउँदैन भन्ने लाग्छ अथवा खेर जाँदैन भन्ने जस्तो लागेको भने ‘महाजात्रा’ हेर्नुहोला भन्छु ।
हाम्रो फिल्मको टिजर, ट्रेलर वा अगाडिका फिल्मबाट विश्वस्त दर्शकले पक्कै फिल्मलाई माया गरिदिनुहुनेछ भन्ने अपेक्षा छ । चैत्र ९ गतेदेखि देशभरी, संसारभरी रहेका नेपालीमाझ एकसाथ ‘महाजात्रा’ रिलिज हुँदैछ । हामीले यसपटक पनि दर्शकलाई निराश बनाउने छैनौं ।
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...